कम्प्युटर शिक्षा कक्षा ७

 पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान तथा सिप (Fundamental Knowledge and Skill of Computer) | कम्प्युटर शिक्षा कक्षा ७


पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान तथा सिप | कम्प्युटर शिक्षा कक्षा ७

परिचय

कम्प्युटर एउटा विद्युतीय उपकरण हो । यसले हामीसँग हाम्रा अप्रशोधित डाटा लिई प्रशोधन (process) गरेर महत्त्वपूर्ण सूचना उपलब्ध गराउँछ । कम्प्युटर शब्द ल्याटिन (Latin) भाषाको कम्प्युटेयर (computare) बाट आएको हो । यसको अर्थ हिसाब (calculate) गर्नु हुन्छ । त्यसैले कम्प्युटरलाई सामान्यतया हिसाब गर्ने आधुनिक विद्युतीय उपकरणका रूपमा लिइन्छ । यसले हरेक किसिमका गणितीय हिसाब (mathematical calculation) लगायत तार्किक (logical) कार्य सम्पादन पनि गर्छ । कम्प्युटरले हाम्रो जीवनमा ठुलो प्रभाव पारेको छ । यसले हाम्रो जीवन शैलीमा परिर्वतन ल्याएको छ । साधारण चिठी पत्र टाइप गर्न र भिडियो गेम खेल्न मात्र नभई वैज्ञानिक खोज, मौसमको अनुमान, मिसाइलहरूको नियन्त्रण, चिकित्सा सम्बन्धी अनुसन्धान र सञ्चार जगतमा पनि कम्प्युटरको प्रयोग भएको छ।

कम्प्युटरको काम गर्ने सिद्धान्त (Working Principle of Computer)

कम्प्युटरले सामान्यतया इन्पुट, प्रोसेस र आउटपुट (input, process and output) को सिद्धान्तमा आधारित भएर काम गर्छ, जसलाई छोटकरीमा (IPO) को सिद्धान्त पनि भनिन्छ । तलको चित्रमा यसको काम गर्ने सिद्धान्त स्पस्ट पारिएको छ ।
Computer Input, Process and Output
इन्पुट (Input) => प्रोसेस (Process) =>आउटपुट (Output)
कम्प्युटरलाई यसको काम गर्ने सिद्धान्तका आधारमा पनि प्रस्तुत गर्न सकिन्छ । कम्प्युटर भनेको अप्रशोधित डाटाहरूलाई प्रशोधन गर्ने विद्युतीय उपकरण हो । जसले अप्रशोधित डाटालाई इन्पुट उपकरण (input device) मार्फत लिने, प्रशोधन उपकरण (processing device) मा प्रशोधन गर्ने र आउटपुट उपकरण (output device) मार्फत प्रशोधन भएको परिणाम (processing result) उपलब्ध गराउने काम गर्छ।

इन्पुट (Input)


किबोर्ड (Keyboard)
किबोर्ड (Keyboard)
इन्पुट भनेको कम्प्युटरले अप्रशोधित डाटा लिने प्रक्रिया हो । यो कार्य कम्प्युटरको इन्पुट उपकरणमार्फत गरिन्छ । किबोर्ड, माउस, माइक्रोफोन, ज्वाइस्टिक (keyboard, mouse, microphone, joystick) हरू कम्प्युटरको इन्पुट उपकरण अन्तर्गत पर्दछन् । यसमध्ये किबोर्ड र माउसचाहिँ सबै कम्प्युटरमा हुने अनिवार्य इन्पुट उपकरण हुन् ।
माउस (Mouse)
माउस (Mouse)

प्रशोधन (Processing)

Core i7 Processor
Processor
प्रशोधन भनेको इन्पुट गरिएका अप्रशोधित डाटालाई हामीले दिएको निर्देशन (instruction) अनुसार प्रशोधन गर्ने प्रक्रिया हो । यो कार्य कम्प्युटरको प्रशोधन उपकरण अन्तर्गत हुन्छ । सिपियु (CPU - Central Processing Unit) कम्प्युटरको प्रशोधन उपकरण हो ।

आउटपुट (Output)

निष्कासन/उत्पादन (Output) भनेको प्रशोधन उपकरणमा प्रशोधन भएको परिणाम (Result) हामीलाई उपलब्ध गराउने प्रक्रिया हो । यो काम कम्प्युटरको आउटपुट उपकरण (Output Device) अन्तर्गत हुन्छ । मोनिटर, प्रिन्टर, स्पिकर (Monitor, Printer, Speaker) आदि कम्प्युटरका आउटपुट उपकरण हुन् ।
Computer Monitor

भन्डारण (Storage)

RAM
कम्प्यटर अरू विद्युतीय उपकरणभन्दा छुट्टै किसिमको शक्तिशाली विद्युतीय उपकरण हो । यसमा नयाँ नयाँ किसिमका विशेषता छन् । तीमध्ये भन्डारण गर्ने विशेषता महत्त्वपूर्ण छ । यसमा हामीले किबोर्डबाट टाइप गरेका डाटा र प्रशोधन उपकरणमा प्रशोधन भाएव परिणामलाई अस्थायी वा स्थायी रूपमा भन्डारण गर्न सकिन्छ । स्थायी रूपमा भन्डारण भएको डाटा वा प्रशोधन भएको परिणाम भविष्यमा पनि हामीले चाहेका बेला आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।
Hard Disk
कम्प्युटरले भन्डारण गर्ने कार्य भन्डारण उपकरणमा गर्छ । उदाहरणका लागि र्‍याम (RAM-Random Access Memory), हार्डडिस्क (Hard Disk), अप्टिकल डिस्क (Optical Disk), फ्ल्यास मेमोरी (Flash Memory/Pen Drive) आदी भन्डारण उपकरण हुन् । र्‍याम र हार्डडिस्क कम्प्युटरका अनिवार्य भन्डारण गर्ने उपकरण हुन् । र्‍याम (RAM) अस्थायी भण्डारण उपकरण हो भने हार्ड डिस्क, अप्टिकल डिस्क, फ्ल्यास मेमोरी स्थायी भन्डारण गर्ने उपकरण हुन् ।

क्रियाकलाप

कम्प्यूटर र यसमा प्रयोग भएका उपकरणका बारेमा छलफल गरेर कम्प्युटरका विभिन्न भाग बनाई कक्षा कोठामा टाँस ।
उत्तर: आफ्नो कम्प्युटर ल्याबमा भएका कम्प्युटरहरुमा प्रयोग भएका विभिन्न डिभाइसहरु स्मरण गर्दै चित्र बनाउने । (उपकरण वा डिभाइसहरुमा मोनिटर, किबोर्ड, माउस, सिपियु, स्पिकर, आदी अनिवार्य समावेश हुनुपर्नेछ । उदाहरणको लागि तलको चित्रलाई लिन सकिन्छ ।)

अभ्यास

१. तलका खाली ठाउँ भर :

(क) कम्प्युटर एक ........... उपकरण हो ।
(ख) कम्प्युटर .................. शब्द .................. बाट आएको हो।
(ग) कम्प्युटरको .............. भागमा अस्थायी रूपमा डाटा भन्डारण हुने गर्दछ।
(घ) किबोर्ड कम्प्युटरको .......... उपकरण हो।
(ङ) Hard disk मा आँकडा ........ रूपमा भन्डारण गरिन्छ।

उत्तर: खाली ठाउँको उत्तर यसप्रकार रहेको छ :

(क) कम्प्युटर एक विद्युतिय उपकरण हो ।
(ख) कम्प्युटर ल्याटिन भाषाको शब्द कम्प्युटेयर बाट आएको हो ।
(ग) कम्प्युटरको अस्थाई भण्डारण (र्‍याम) भागमा अस्थायी रूपमा डाटा भन्डारण हुने गर्दछ ।
(घ) किबोर्ड कम्प्युटरको इन्पुट उपकरण हो ।
(ङ) Hard Disk मा आँकडा स्थायी रूपमा भन्डारण गरिन्छ ।

२. ठिक र बेठिक छुट्याऊ :

(क) कम्प्युटरले तार्किक कार्य गर्छ ।
(ख) हामीले निर्देशन दिएपछि मात्र कम्प्युटरले कार्य गर्छ ।
(ग) प्रिन्टर प्रशोधन उपकरण हो ।
(घ) फ्ल्यास मेमोरी अस्थायी भन्डारण यन्त्र हो ।
(ङ) हार्ड डिस्क भन्डारण उपकरण हो ।

उत्तरठिक र बेठिकको उत्तर यसप्रकार रहेको छ :
(क) कम्प्युटरले तार्किक कार्य गर्छ ।
उत्तर: वेठिक (किनभने हामीले निर्देशन दिएपछि मात्र यसले काम गर्छ र आफ्नै विवेक वा तर्क प्रयोग गरेर काम गर्दैनँ ।)
(ख) हामीले निर्देशन दिएपछि मात्र कम्प्युटरले कार्य गर्छ ।
उत्तर: ठिक (किनभने निर्देशन वा कमाण्ड बिना कम्प्युटर कहिल्यै आफै चल्न सक्दैनँ । तर भाइबहिनीहरु वैज्ञानिकहरु आर्टिफिसियल इन्टिलिजेन्सबाट आफै चल्ने कम्प्युटरहरुको निर्माण गर्न निकै पहल गरिरहेका छन जसलाई पाँचौं पुस्ताको कम्प्युटर भनिन्छ । यन्त्र मानव वा रोबट यसको एउटा उदाहरण हो ।) 
(ग) प्रिन्टर प्रशोधन उपकरण हो।
उत्तर: बेठिक (किनकी प्रिन्टरले कम्प्युटरबाट निर्देशन दिएपछि लेखिएका कुरा वा चित्रहरुलाई प्रिन्ट गरेर बाहिर निकाल्छ ।)
(घ) फ्ल्यास मेमोरी अस्थायी भन्डारण यन्त्र हो ।
उत्तर: बेठिक (किनकी फ्लास मेमोरी अर्थात पेन ड्राइभमा हामीले कुनै पनि डाटा वा फाइल आफैले डिलिट नगर्दासम्म धेरै समयसम्म बसिरहन्छ । यसमा RAM मा जसरी कम्प्युटर बन्द हुनसाथ डाटा आफै मेटिने हुँदैन ।
(ङ) हार्ड डिस्क भन्डारण उपकरण हो ।
उत्तर: ठिक: (किनकी यसमा कम्प्युटरको विभिन्न प्रोगाम, फाइल र डाटाहरु भण्डारण भएर बसेको हुन्छ ।)

३. तलका प्रश्नको उत्तर लेख :

(क) कम्प्युटर भनेको के हो ? यो कहाँ कहाँ प्रयोग हुन्छ ?
उत्तर: कम्प्युटर भनेको अत्याधुनिक विद्युतीय यन्त्र हो । यसले इन्पुटको रुपमा डाटा र निर्देशनहरु लिइ प्रशोधन एकाइमा प्रशोधन गरि आउटपूट डिभाइसहरुबाट अर्थपूर्ण नतिजा दिने गर्छ ।

(ख) कम्प्युटरले कसरी काम गर्छ ?
उत्तर: कम्प्युटरले IPO (Input => Process => Output) सिद्धान्तमा आधारित भएर काम गर्छ । यसले इन्पुट डिभाइसहरु जस्तै: किबोर्ड, माउस, माइक्रोफोन, ज्वाइस्टिक आदि उपकरणहरुबाट निर्देशनहरु (commands) र कच्चा डाटाहरु लिएपछि प्रशोधन एकाइमा सिपियु वा प्रोसेसरमा डाटा प्रशोधन गरि आउटपूट डिभाइसहरु जस्तै: मोनिटर, प्रिन्टर, स्पिकर, प्रोजेक्ट आदिबाट स्वचालित रुपमा निरन्तर, छिटो, बहुउपयोगी र शुद्व तरिकाले अर्थपूर्ण नतिजा दिने गर्छ ।


पाठ - २ कम्प्युटरको इतिहास (History of Computer) | कम्प्युटर शिक्षा कक्षा ७

\
पाठ - २ कम्प्युटरको इतिहास (History of Computer)

परिचय

मानव सभ्यताको सुरुवातदेखि नै मानिसले गणना गर्न आफ्ना हात र खुट्टाका औंला, हातका औंलाका गट्टीहरू (finger knots), ससाना ढुङ्गा, भित्तामा कोरिने धर्साहरू, सङ्केत चिह्नहरू र डोरीका गाँठाहरू प्रयोग गरेको पाइन्छ । यी सबै हिसाब गर्ने विधि हुन् ।
समयसँगै मानिसका कार्य गर्ने तरिका र जीवन शैलीमा पनि सुधार हुँदै गएको देखिन्छ । फलस्वरूप ठुला ठुला आँकडा प्रशोधन गर्नुपर्ने आवश्यकता पर्न थालेको पाइन्छ । जसले गर्दा मानिसलाई छिटो र ठुला हिसाब गर्न सक्ने उपकरणको आविष्कार गर्नका लागि बाध्य बनायो। त्यसैले अब यस पाठमा कम्प्युटरको आविष्कार क्रममा कस्ता मुख्य मुख्य गतिविधि र उपकरणहरूको विकास भए भन्ने बारेमा हामी छलफल गछौं ।

अबाकस (Abacus)

Abacus
Abacus
अबाकस इतिहासमा पहिलो अस्तित्वमा आउने गणक उपकरण (counting device) हो । यो उपकरण पहिलो पटक चाइनिजहरूले प्रयोग गरेको पाइन्छ । यो छुट्टाछुट्टै डोरी वा तार वा काठमा ससाना धातु वा काठका सात सात ओटा डल्ला उनेर एक काठको फ्रेम (frame) मा सेट गरेर बनाइएको हुन्छ। यसलाई दुई ओटा भाग (two-section) मा विभाजन गरिएको हुन्छ । यसलाई लोअर डेक (lower deck) र अपर डेक (upper deck) भनिन्छ । यसमा एउटा लामो काठ वा धातुको डन्डीले लोअर डेक र अपर डेकलाई छुट्याएको हुन्छ । अपर डेकको हरेक डोरीमा दुई दुई ओटा काठ वा धातबाट बनेका डल्ला हुन्छन् भने लोअर डेकको हरेक डोरीमा पाँच पाँच ओटा डल्ला हन्छन् यी डल्लाहरूलाई तल माथि सारेर गणना गर्ने कार्य गरिन्छ । छिटो र छरितोसँग हिसाब गर्न सक्ने उपकरण बनाउन प्रयासरत रहेर अबाकसको विकास भएको पाइन्छ । अबाकस पहिलो हिसाब गर्ने यान्त्रिक उपकरण (mechanical calculating device) हो। अबाकसको विकासभन्दा पहिला गणना गर्ने प्रविधि विकास भएको थिएन तर अबाकसको विकासपछि नै गणना गर्ने प्रविधि (computing technique) प्रयोगमा आएको देखिन्छ । त्यसैले कम्प्युटरको औपचारिक इतिहास पनि अबाकसको विकासदेखि नै सुरु हुन्छ । आजका कम्प्युटरहरू गणना प्रविधि (counting technique) को विकसित रूप हुन् । त्यसैले अबाकसदेखिआजका कम्प्युटरसम्म आइपुग्दा धेरै वैज्ञानिकहरूले विभिन्न समयमा आआफ्ना तर्फबाट निकै ठुलो योगदान पुयाएको देखिन्छ ।

नेपियर्स बोन (Nepiers Bone)

Nepiers Bone
Nepiers Bone
इ.सं. १६१७ मा स्कटिसका गणित विज्ञ (Scottish Mathematician) जोन नेपियर (Joan Napier) ले एउटा सानो हिसाब गर्ने उपकरण बनाएका थिए, जसलाई नेपियरबोन (nepier bone) नामकरण गरिएको थियो । यो उपकरण हात्तीका ११ ओटा हड्डीलाई कुँदेर बनाइएको थियो । यस उपकरणले एक अङ्कको गुणन अति छिटो गर्न सक्थ्यो । यो उपकरण विशेषत: गुणन र भाग गर्नका लागि प्रयोग हुन्थ्यो।

स्लाइड रुल (Slide Rule)

स्लाइड रुल एउटा गणक उपकरण हो। यो उपकरण अङ्ग्रेज गणित विशेषज्ञ (English Mathematician) विलियम अगदर्ड (William Oughtred) ले इ. सं. १६२० मा बनाएका हुन् । यस उपकरणमा लगारिदम (logarithm) को अवधारणा प्रयोग भएको थियो । यो पहिलो अनालग उपकरण थियो जसमा दुई ओटा रुलरहरु (rulers) प्रयोग भएका थिए । जुन एउटा माथि अर्को खप्ट्याएर बनाइएको थियो । यसले जोड घटाउको माध्यमबाट गुणन र भाग गर्न सक्थ्यो ।

पास्कलाइन (Pascaline)

Pascaline
पास्कलाइन (Pascaline)
पास्कललाइन इ.सं. १६४२ मा फ्रेन्च गणितीय विज्ञ तथा दार्शनिक बेलेस पास्कल (Blaise Pascal) ले आविष्कार गरेको गणक उपकरण (Counting Device) हो। यसलाई Mechanical Arithmetic Calculator पनि भनिन्छ । यो उपकरण अत्यन्त जटिल तरिकाले चक्का, गियर र डायल्सहरू मिलाएर बनाइएको थियो ।
यस उपकरणको प्रयोग चक्का घुमाइको सिद्धान्तमा आधारित थियो । यस उपकरणले जोड, घटाउ, गुणन र भाग गर्न सक्थ्यो भने भाग निकाल्न घटाउलाई दोहोर्‍याएर गरिन्थ्यो । त्यसैले पनि यसको प्रयोग जोड र घटाउमा मात्र सीमित थियो ।

डिफरेन्स इन्जिन र एनालाइटिकल इन्जिन (Difference Engine and Analytical Engine)

डिफरेन्स इन्जिन र एनालाइटिकल इन्जिनका आविष्कारक अङ्ग्रेज गणित विज्ञ चार्ल्स ब्याबेज (Charles Babbage) हुन् । उनले इ.सं. १८२२ मा डिफरेन्स इन्जिनको अविष्कार गरी टेबुलहरू तयार पार्न र बीज गणितीय पदावलीको मान निकाल्न प्रयोगमा ल्याएका थिए ।
Analytical and Differential Engine
Analytical and Differential Engine
इ.सं. १८३३ मा फेरि उनले एनालाइटिकल इन्जिन बनाउनका लागि प्रस्ताव ल्याएका थिए । यसका विशेषता निम्न लिखित थिए :
(क) इन्पुट गर्नका लागि पन्चकार्डको प्रयोग गरिन्थ्यो ।
Charlse Babbage
Charlse Babbage
(ख) प्रशोधन गर्नका लागि मिल (mill) को प्रयोग गरिन्थ्यो ।
(ग) भन्डारण गर्नका लागि मेमोरीको प्रयोग गरिन्थ्यो।
(घ) स्वचालित छपाइ विधिको उपयोग भएको थियो ।

आजका आधुनिक कम्प्युटरहरू यिनै चार ओटा विशेषताहरूबाट अभिप्रेरित भई बनाइएका छन् । यस्ता उपकरण बनाएर अङ्कहरूलाई त्यसमा भन्डारण गर्न सकिन्छ भन्ने अवधारणा पनि चार्ल्स ब्याबेजले नै विकास गरेका थिए । त्यसैले चार्ल्स ब्याबेजलाई कम्प्युटरका पिता (Father of Computer) पनि भनिन्छ । अन्तत: आर्थिक र प्राविधिक समस्याका कारण उनले समयमा त्यस उपकरणलाई पूर्णता दिन सकेनन्।

लेडी अगस्ता अडा लभलेस (Lady Augusta Ada Lovelace)

लेडी अगस्ता अडा लभलेस अङ्ग्रेजी कवि लर्ड वाइरन (Lord Byron) की छोरी थिइन् । उनले चार्ल्स ब्याबेजले आविष्कार गरेको उपकरण एनालाइटिकल इन्जिन (Analytical Engine) को प्राविधिक सिद्धान्तका बारेमा राम्रोसँग ज्ञान हाँसिल गरेकी थिइन् । त्यसैले उनले चार्ल्स ब्याबेजको एनालाइटिकल इन्जिनका लागि प्रोग्राम बनाउन मद्दत गरेकी थिइन् । त्यसैले उनलाई कम्प्युटरको पहिलो प्रोग्रामर पनि भनिन्छ । उनकै नाममा USA को रक्षा विभागले इ.सं. १९७९ मा कम्प्युटर प्रोग्रामिङ भाषाको नाम ADA भनेर नामकरण गरेको थियो ।
Lady Augusta Ada Lovelace
Lady Augusta Ada Lovelace

टेबुलेटिङ उपकरण (Tabulating Machine)

Tabulating Machine by Herman Hollerith
Tabulating Machine by Herman Hollerith
संयुक्त राज्य अमेरिका (United State of America) का जनगणना विज्ञ डा. हर्मन होलिरिथ (Dr. Herman Hollerith) ले टेबुलेटिङ उपकरण (Tabulating Machine) को आविष्कार इ.सं. १८८७ मा गरेका थिए । यो विद्युतबाट चल्ने र आँकडा (data) लाई प्रशोधन तथा अभिलेख (record) गर्न र पढ्न सक्ने पहिलो उपकरण थियो । यसले आँकडा अथवा सूचना (information) हरूलाई पन्चकार्ड (punch card) को माध्यमबाट पढ्न सक्ने र प्रशोधन पनि विदयतीय माध्यमबाट गर्न सक्थ्यो । यो उपकरण संयुक्त राज्य अमेरिका (USA) को जनगणना कार्यको जम्मा गरिएको डाटा प्रशोधन गर्ने कार्यमा प्रयोग गरिएको थियो ।

एटनासफ बेरी कम्प्युटर (Atanasoff Berry Computer)

Atanasoff Berry Computer
Atanasoff Berry Computer
अमेरिकाका गणित विज्ञ र रसायन शास्त्र विज्ञ जोन भिनसेन्ट एटनासफ (John Vincent Atanasoff) र उनका स्नातक तहका विद्यार्थी किलिफर्ड बेरी (Clifford Berry) ले इ.सं. १९३७ मा एटनासफबेरी कम्प्युटर (Atanasoff-Berry Computer) को आविष्कार गरेका थिए । यो कम्प्युटरको तौल ३२० किलो ग्रामभन्दा बढी थियो । यस कम्प्युटरमा थुप्रै भ्याकम ट्युब (Vacuum Tube) प्रयोग भएका थिए । यो कम्प्युटरका आविष्कारकले आजका आधुनिक इलेक्ट्रोनिक डिजिटल कम्प्युटर (Electronic Digital Computer) हरूको विकासको आधारशिला तयार पारेको पाइन्छ । यसलाई एबिसी कम्प्युटर (ABC Computer) भनेर पनि चिनिन्छ । यसको बनावटको आकारका कारण ३०/५० फिट ठाउँ ओगट्थ्यो । यो कम्प्युटर मौसम अनुमान (weather forecasting) गरेर डाटा तयार गर्न प्रयोग गरिन्थ्यो ।

मार्क-आई (Mark-I)

Mark-I
Mark-I
मार्क-आई पहिलो इलेक्ट्रो मेकानिकल (Electro-Mechanical) कम्प्युटर हो । यस कम्प्युटरको आविष्कार प्रोफेसर हवार्ड एकिनले सन् १९३७-१९४४ को समय अवधि लगाएर गरेका हुन्। यो कम्प्युटर ७,५०,००० भन्दा बढी पार्टपुर्जाहरू मिलाएर बनाइएको थियो । यसको लम्बाइ ५० फिट, चौडाइ तिन फिट र उचाइ आठ फिट थियो । यसमा १८ हजार भ्याकम ट्युबहरू (Vacuum Tubes) प्रयोग भएका थिए ।

इनाइक (ENIAC - Electronic Numerical Integrator and Calculator)

Electronic Numerical Integrator and Calculator
Electronic Numerical Integrator and Calculator
इनाइक (ENIAC) जोन विलियम मोच्ली (Johan William Mauchly) र जे.पी. इकर्ट (J.P. Eckert) भन्ने वैज्ञानिकहरूले सन् १९४९ मा क्याम्ब्रिज विश्व विद्यालयमा निर्माण गरेका हुन् । यो कम्प्युटर ठुलो परिणाममा काम गर्न सक्ने तर सामान्य प्रयोजनका लागि प्रयोग हुने कम्प्युटर थियो । यसको तौल ३० टन थियो । यसमा १८००० ओटा भ्याकुम ट्युबहरू प्रयोग भएका थिए । यसको आकार पहिलाको भन्दा सानो पनि थियो । यो २०×४० फिटको कोठामा अटाउने आकारको थियो।

इडभ्याक (EDVAC-Electronic Discrete Variable Automatic Computer)

Electronic Discrete Variable Automatic Computer
Electronic Discrete Variable Automatic Computer
जोन भोन न्युमन (John Vonn Neumann), हङ्गेरियन गणित विशेषज्ञले इ.सं. १९५४ मा भण्डार गरिने प्रोग्राम (stored program) का आधारमा इडभ्याक प्रस्तावना गरेका थिए । पछि इ.सं. १९४९ मा Prof. Maurie Wilkes ले यस प्रकारको तथ्य प्रयोग गरी इडस्याक (EDSAC) को विकास गरेका थिए ।

युनिभ्याक (UNIVAC - Universal Automatic Computer)

Universal Automatic Computer I
Universal Automatic Computer I
इनाइक (ENIAC) को विकासपछि डा. जोन मोच्ली (Dr. John Mauchly र जोन प्रेस्सर इक्कर्ट (John Persper Eckert ले आफ्नै कम्पनी स्थापित गरेर इ.सं. १९५१ मा UNIVAC-I भन्ने नयाँ कम्प्यूटर बनाएका थिए । यो कम्प्युटर Census Bureay तथा अरू व्यापारिक संस्थाहरूले प्रयोग गरेका थिए । त्यसैले यसलाई पहिलो व्यापारिक दृष्टिकोणले प्रयोग भएको इलेक्टोनिक कम्प्युटर भनिन्छ ।

क्रियाकलाप

पाठमा दिइएका सम्पूर्ण उपकरणहरूको आविष्कार गर्नेको नाम, समय र उपकरणको नामावलीको सूची बनाऊ ।
(Table updating soon)

अभ्यास

१. तलका खाली ठाउँ भर :

(क) अबाकसमा ................... भाग हुन्छन् ।
(ख) डिफरेन्स इन्जिन ............ ले आविष्कार गरेका हुन् ।
(ग) ................... कम्प्युटरका पिता हुन् ।
(घ) टेबुलेटिङ मेसिन ............... ले आविष्कार गरेका हुन् ।
(ङ) ................... पहिलो इलेक्ट्रो मेकानिकल कम्प्युटर हो ।

उत्तरखाली ठाउँ भरको उत्तरहरु:
(क) अबाकसमा दुई भाग हुन्छन् ।
(ख) डिफरेन्स इन्जिन चार्ल्स बाबेज (Charles Babbage) ले आविष्कार गरेका हुन् ।
(ग) चार्ल्स बाबेज (Charles Babbage) कम्प्युटरका पिता हुन् ।
(घ) टेबुलेटिङ मेसिन डा. हर्मन होलिरिथ (Dr. Herman Hollerith) ले आविष्कार गरेका हुन् ।
(ङ) मार्क आई (Mark I) पहिलो इलेक्ट्रो मेकानिकल कम्प्युटर हो ।

२. ठिक र बेठिक छुट्याऊ :

(क) अबाकसको अपर डेकको एउटा तारमा सात ओटा डल्ला हुन्छन् ।
(ख) आजका कम्प्युटरहरूको भन्डारण गर्ने विधि ज्याकवार्ड लुमबाट अभिप्रेरित छ ।
(ग) जोन नेपियर्स कम्प्युटरको पहिलो प्रोगामर हुन्।
(घ) सुपर कम्प्युटर सामान्य प्रयोजनका लागि प्रयोग गरिने कम्प्युटर हो।
(ङ) टेबुलेटिङ मेसिन चार्ल्स ब्याबेजले आविष्कार गरेका हुन्।

उत्तरठिक बेठिक प्रश्नको उत्तर:
(क) अबाकसको अपर डेकको एउटा तारमा सात ओटा डल्ला हुन्छन् ।
उत्तर: ठिक (किनकी यसको तल ५ र माथी २ गरि जम्मा ७ ओटा डल्ला हुन्छन् ।)
(ख) आजका कम्प्युटरहरूको भन्डारण गर्ने विधि ज्याकवार्ड लुमबाट अभिप्रेरित छ ।
उत्तर: ठिक
(ग) जोन नेपियर्स कम्प्युटरको पहिलो प्रोगामर हुन् ।
उत्तर: बेठिक (किनकी कम्प्युटरको पहिलो प्रोग्रामर लेडि अगस्टा अडा लभलेस हुन् ।)
(घ) सुपर कम्प्युटर सामान्य प्रयोजनका लागि प्रयोग गरिने कम्प्युटर हो ।
उत्तर: बेठिक (किनकी यो विशेष कार्यहरु जस्तै एक्सरे, वैज्ञानिक खोज अनुसन्धान, इन्जिनियरिङ आदीमा प्रयोग हुन्छ ।)
(ङ) टेबुलेटिङ मेसिन चार्ल्स ब्याबेजले आविष्कार गरेका हुन् ।
उत्तर: बेठिक (किनकी यो डाक्टर हर्मन होलरिथले आविष्कार गरेका हुन् ।)

३. तलका प्रश्नको उत्तर लेख :

(क) अबाकस भनेको के हो ?
उत्तर: अबाकस भनेको तीन हजार बर्ष पहिले चिनियाँ व्यापारीहरुले चारपाटे फ्रेमको काठ वा धातुका डन्डीहरुमा  सात सात वटा डल्ला उनेर जडान गरि बनाएको बनाइएको हिसाब गर्ने यान्त्रिक उपकरण हो । यसको फ्रेमलाई तल्लो र माथिल्लो भागमा छुट्याएको हुन्छ । तल्लो भागलाई लोअर डेक वा अर्थ र माथिल्लो भागलाई अपर डेक वा हेभन भनिन्छ ।  तल्लो भागमा ५/५ वटा डल्ला र माथिल्लो भागमा २/२ वटा डल्ला राखिएको हुन्छ, जसलाई तल वा माथि सारेर गणना गर्ने कार्य हुन्छ ।
(ख) बेलेस पास्कलले कम्प्युटरमा कस्तो योगदान गरेका थिए ?
उत्तर: बेलेज पास्कलले कम्प्युटरजन्य उपकरणको इतिहासमा अत्यन्तै जटिल तरिकाले चक्का, गियर र डायल्सहरु मिलाएर जोड, घटाउ, गुणन र भाग हिसाब गर्न सकिने उपयोगी मेसिन बनाएका थिए । उनले यस उपकरणमा आठवटा चक्काहरुमा ० देखि ९ सम्मका अङ्क कोरेर एक अर्कासंग विशेष किसिमले जोडेर बनाएका थिए । एउटा चक्का घुमेर ० देखि ९ सम्म पुग्दा अर्को संगैको चक्का एकपटक घुम्ने र सोही अनुपातमा बाँकी चक्काहरु पनि घुम्ने गर्थ्यो ।  उनले यो उपकरण आफ्ना बुबाको कामलाई सहयोग गर्न बनाएको थिए । यसले आठ अंक सम्मको मात्र हिसाब गर्न सकेपनि त्यो समयमा यो मेसिनले नयाँ प्रविधिको सुरुवात गरेको थियो जसले आधुनिक कम्प्युटरजन्य उपकरण विकास हुन ठूलो मद्दत गर्‍यो ।
(ग) कम्प्युटरका पिता को हुन् ? किन उनलाई कम्प्युटरका पिता भनिएको हो ?
उत्तर: चाल्स बाबेजलाई कम्प्युटरको पिता भनिन्छ । किनकी, उनले कम्प्युटरको इतिहासमा सबभन्दा पहिले वाफबाट चल्ने डिफेन्स इन्जिन र एनालिटिकल इन्जिनको अविस्कार गरेर ठूलो योगदान गरेका थिए । डिफरेन्स इन्जिनबाट टेबुलहरु तयार गर्न र विजगणितीय पदावलीको मान निकाल्न सकिन्थ्यो । उनको जन्म इ.सं. १९७१ मा ब्रिटेनमा भएका थिए । उनी क्याम्ब्रिज विश्व विद्यालयमा प्राध्यापकका रुपमा पनि कार्यरत थिए । 
(घ) कम्प्युटरको पहिलो प्रोग्रामर को हुन् ? किन उनलाई पहिलो प्रोगामर भनेर चिनिएको हो ?
उत्तर: लेडि अगस्टा अडा लबलेस पहिलो कम्प्युटर प्रोग्रामर हुन । उनले कम्प्युटरको इतिहासमा पहिलोपटक ब्याबेजको एनालाइटिकल इन्जिनका लागि प्रोग्राम बनाउन मद्दत गरेकी भएकाले उनलाई पहिलो प्रोगामर भनेर चिनिएको हो ।
[अडा कवि लर्ड बायरन र लेडी बायरनको एक्लो सन्तान थिइन् । बायरनले अडा जन्मेको एक महिनापछि आफ्नो श्रीमतीबाट अलग भएर चार महिनापछि सदाको लागी बेलायत छोडेका थिए । जब अडा आठ वर्षको थिई, उनको बाबु बायरनको मृत्यु भयो । बाबुको मृत्युपछि आमाले उनलाई निकै हेलामा हुर्काए । तर पनि उनको विज्ञान, प्रविधि र गणित प्रतिको लगाव कम हुन सकेनँ । सामाजिक शोषण र दमन खेप्दै आफ्नो अध्यनलाई निरन्तरता दिने क्रममा उनी एन्ड्रिउ क्रस, सर डेबिड ब्रुस्टर, माइकल फराडे र चार्ल्स बाबेज जस्ता महान बैज्ञानिकहरुसंग परिचित भए । उनी किशोरावस्थादेखि नै अति प्रभावशाली थिइन् । काम गर्ने क्रममा उनले चार्ल्स बाबेजले बनाएको एनालिटिकल इन्जिनमा रुचि देखाइन । अन्तिममा उनले बाबेजको मेसिनको लागि पहिलो पटक लगोरिथ्मबाट चल्ने प्रोगाम बनाइन । उनले यसरी कम्प्युटरको इतिहासमा पहिलोपटक ब्याबेजको एनालाइटिकल इन्जिनका लागि प्रोग्राम बनाउन मद्दत गरेकी भएकाले उनलाई पहिलो प्रोगामर भनेर चिनिएको हो ।]
(ङ) स्लाइड रुल भनेको के हो ? यसको आविष्कार कसले गरेका थिए ?
उत्तर: स्लाइट रुल इ.सं. १६२० मा विलियम औगरेट (William Oughtred) ले लगरिदममा आधारित भएर हिसाब गर्नको निम्ति तयार पारिएको एक किसिमको एनालग उपकरण हो । अंकहरु कोरेर बनाएको लामो रुलरमाथि छोटो रुलरलाई खप्ट्याएर चलाउन मिल्ने गरि यो उपकरण बनाएको हुन्छ । यसको प्रयोग गरि जोड, घटाऊको माध्यमबाट गुणन भाग गर्न सकिन्थ्यो ।

पाठ ३ - कम्प्युटरको पुस्ता (Generation of Computer) | कम्प्युटर शिक्षा कक्षा ७

पाठ-३ कम्प्युटरको पुस्ता (Generation of Computer)

परिचय

कम्प्युटरको विकास क्रममा विभिन्न समयमा विभिन्न प्रकारका नयाँ प्रविधिको विकास भएको छ । यसरी कुन कुन समयमा कम्प्युटर प्रविधिमा के कस्ता आविष्कार भए भन्ने देखाउनलाई कम्प्युटरलाई विभिन्न पुस्तामा विभाजन गरिएको छ । कम्प्युटर पुस्तालाई जम्मा पाँच ओटा समय अवधिमा विभाजन गरिएको छ जुन निम्न लिखित छन् :

पहिलो पुस्ताका कम्प्युटर (First Generation of Computer)

इं. सं. १९४७ देखि १९५८ सम्मको समय अवधिमा आविष्कार भएका कम्प्युटरलाई पहिलो पुस्ताको कम्प्युटर भनिन्छ । यो समयमा बनाइएका कम्प्युटरमा मुख्यतया: भ्याकुम ट्युब र भल्ब (valves) हरू प्रयोग भएको पाइन्छ । पहिलो पुस्ताका कम्प्युटरहरू आकारमा धेरै ठुला र काममा कम प्रभावकारी थिए । ENIAC, UNIVAC, EDVAC, EDSAC आदि पहिलो पुस्ताका कम्प्युटरका उदाहरणहरू हुन् ।
Vacuum Tube
Vacuum Tube

 पहिलो पुस्ताका कम्प्युटरका विशेषता

१. यी कम्प्युटरहरू आकारमा ठुला थिए ।
२. यिनीहरूले धेरै मात्रामा ताप उत्पादन गर्दथे ।
३. काम गर्न ढिला थिए ।
४. लो लेभल (low level) प्रोग्रामिङ ल्याङवेजको प्रयोग हुन्थ्यो ।
५. यिनको मूल्य धेरै थियो ।

दोस्रो पुस्ताका कम्प्युटर (Second Generation of Computer)

Transistors
इ.सं. १९५९-१९६५ को समय अवधिमा आविष्कार भएका कम्प्युटरलाई दोस्रो पुस्ताका भनिन्छ । दोस्रो पुस्ताका कम्प्युटरमा मुख्यत: ट्रान्जिस्टर (Transistors) हरूको प्रयोग भएको पाइन्छ । पहिलो पुस्तामा प्रयोग भएको भ्याकुम ट्युबहरूलाई दोस्रो पुस्तामा ट्रान्जिरहरूले प्रतिस्थापन गरेका छन् । दोस्रो पुस्ताका कम्प्युटरहरू पहिलो पुस्ताका तुलनाका आकारमा साना थिए ।

दोसो पुस्ताका कम्प्युटरको विशेषता

१. मुख्य मेमोरी यन्त्रका रूपमा ट्रान्जिस्टर प्रयोग भएका थिए ।
२. पहिलो पुस्ताको तुलनामा आकारमा साना थिए ।
३. काम गर्ने गतिलाई माइक्रो सेकेन्ड मापन गरिन्थ्यो ।
४. पहिलो पुस्ताको तुलनामा यिनले कम ताप उत्पादन गर्थे र बिजुलीको पनि कम खपत हुन्थ्यो ।
५. एसेम्ब्ली ल्याङवेजको प्रयोग भएको थियो ।

तेस्रो पुस्ताका कम्प्युटर (Third Generation of Computer)

इ.सं. १९६५-१९७१ को समय अवधिमा आविष्कार भई प्रयोगमा आएका कम्प्युटरलाई तेस्रो पुस्ताका कम्प्युटर भनिन्छ । तेस्रो पुस्ताको कम्प्युटरमा मुख्य यन्त्रका रूपमा इन्टिग्रेटेड सर्किट (IC - Integrated Circuit) को प्रयोग भएको पाइन्छ । यी आकारमा धेरै साना र काममा धेरै प्रभावकारी थिए।
Integrated Circuit
Integrated Circuit

तेस्रो पुस्ताका कम्प्युटरका विशेषता

१. इन्टिग्रेटेड सर्किट मुख्य यन्त्रका रूपमा प्रयोग भएको पाइन्छ ।
२. आकारमा सानो र छिटो काम गर्न सक्ने भएको पाइन्छ ।
३. यी कम्प्युटरहरूले ताप कमै मात्रामा उत्पादन गर्थे ।
४. काम गर्ने गति नानो सेकेन्ड (Nano second) मा वृद्धि भएकाे पाइन्छ ।
५. हाइलेभल ल्याङ्वेज (High level language) को प्रयोग भएको पाइन्छ ।
६. किबोर्ड र मनिटरको प्रयोग भएको थियो ।

चौथो पुस्ताका कम्प्युटर (Fourth Generation of Computer)

Fourth Generation Computer - VLSI
इ.सं. १९७१ देखि आजसम्मको समयमा आविष्कार भई प्रयोगमा आएका कम्प्युटरहरूलाई चौथो पुस्ताका कम्प्युटर भनिन्छ । यस पुस्तामा मुख्य यन्त्रका रूपमा लार्ज स्केल इन्टिग्रेटेड सर्किट (LSIC - Large Scale Integrated Circuit) र भेरी लार्ज स्केल इन्टिग्रेटेड सर्किट (VLSIC - Very Large Scale Integrated Circuit) प्रयोग भएको पाइन्छ । परिणामस्वरूप आकार धेरै साना भई काम गर्ने क्षमतामा धेरै वृद्धि भएको पाइन्छ ।

चौथो पुस्ताका कम्प्युटरका विशेषता

१. म्याग्नेटिक डिस्कहरूको प्रयोग हुन थाले ।
२. यी कम्प्युटरहरू छिटो र साना आकारका थिए ।
३. काम गर्ने गति पिको सेकेन्ड (Pico second) मा थियो ।
४. धेरै क्षमता भएका बाह्य भन्डारण यन्त्रहरूको प्रयोग भयो ।

कम्प्युटरको पाँचौं पुस्ता (Fifth Generation of Computer)

कम्प्युटरको पाँचौं पुस्ताका लागि प्रशस्त मात्रामा खोजहरू भइरहेका छन् । अहिले यो पुस्ता पुरा भएको छैन । पहिलो पुस्ताका कम्प्युटरहरूमा सोच्न सक्ने शक्तिको कमी भएको देखिन्छ । यस पुस्ताका कम्प्युटरहरूमा प्राविधिकहरू कम्प्युटरले आफै सोच्न सक्ने शक्तिको विकासमा लागि परेका छन् । यसमा बायो चिप्स (Bio-Chips) र आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence) जस्ता यन्त्र प्रयोग गर्न खोजिएको छ । यसमा नेचुरल ल्याङ्वेज (natural language) को प्रयोग गरिने छ, जसले गर्दा हामी आफ्नै मातृभाषा प्रयोग गरेर कम्प्युटरका प्रोग्रामहरू बनाउन सक्छौं ।

क्रियाकलाप

कम्प्युटरको पुस्ताका बारेमा छलफल गरी समय, प्रयोग भएको प्रविधि तथा विशेषताहरूलाई तालिकामा लेख ।
उत्तर: 
(Table will be available very soon.)

अभ्यास

१. तलका खाली ठाउँ भर

(क) पहिलो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग अवधि ..................... हो ।
(ख) दोस्रो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग ..................... हो ।
(ग) तेस्रो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग अवधि ..................... हो ।
(घ) ट्रान्जिस्टर ....................... पुस्तामा आविष्कार भई प्रयोग भएको थियो ।
(ङ) आइसी (IC) ....................... पुस्तामा आविष्कार भई प्रयोग भएको थियो ।

उत्तर: खाली ठाउँ भरको उत्तर:
(क) पहिलो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग अवधि इ.सं. १९४७ देखि १९५८ हो ।
(ख) दोस्रो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग इ.सं. १९५९ देखि १९६५ हो ।
(ग) तेस्रो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग अवधि इ.सं. १९६५ देखि १९७१ हो ।
(घ) ट्रान्जिस्टर दोस्रो पुस्तामा आविष्कार भई प्रयोग भएको थियो ।
(ङ) आइसी (IC) तेस्रो पुस्तामा आविष्कार भई प्रयोग भएको थियो ।

२. ठिक र बेठिक छुट्याऊ :

(क) पहिलो पुस्तामा भ्याकुम ट्युबको प्रयोग भएको थियो ।
उत्तर: ठिक
(ख) दोस्रो पुस्तामा आइसीको प्रयोग भएको थियो ।
उत्तर: बेठिक (किनकी दोस्रो पुस्ताको कम्प्युटरमा ट्रान्जिस्टरको प्रयोग भएको थियो ।)
(ग) तेस्रो पुस्तामा ट्रान्जिस्टरको प्रयोग भएको थियो ।
उत्तर: बेठिक (किनकी तेस्रो पुस्ताको कम्प्युटरमा आइसी प्रयोग भएको थियो ।)
(घ) पहिलो पुस्तामा Machine language को प्रयोग भएको थियो।
उत्तर: ठिक (किनकी पहिलो पुस्ताको कम्प्युटरमा लो लेभल प्रोगामिङ भाषा (Low Level Programming Language) को प्रयोग भएको थियो, जुन मेसिन ल्याङ्ग्वेज अन्तर्गत पर्छ ।)
(ङ) तेस्रो पुस्तामा Assembly language भाषाका रूपमा प्रयोग भएको थियो ।
उत्तर: बेठिक (तेस्रो पुस्तामा High level language) को प्रयोग भएको थियो।

३. तलका प्रश्नको उत्तर लेख :

(क) कम्प्युटर पुस्ता भनेको के हो ?
उत्तर: कम्प्युटर पुस्ता भनेको कम्प्युटर विकासको क्रममा कुन समयमा कस्ता कम्प्युटर अविस्कार भए, कस्ता प्रविधि प्रयोग गरिएका थिए र तिनका विशेषताहरु कस्ता थिए भनेर अध्यन गर्न गरिएको समयवधिको विभाजन हो ।
(ख) कम्प्युटरका पुस्ताहरूलाई वर्णन गर।
कम्प्युटर विकासको क्रममा कुन समयमा कस्ता कम्प्युटर अविस्कार भए, कस्ता प्रविधि प्रयोग गरिएका थिए र तिनका विशेषताहरु कस्ता थिए भनेर अध्यन गर्न कम्प्युटरका पुस्ताहरुहरुलाई पाँच खण्डमा विभाजन गरिएको छ ।
१. पहिलो पुस्ताको कम्प्युटर: इ.सं. १९४७ देखि १९५८ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर पहिलो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा भ्याकुम ट्युब र भल्बहरुको प्रयोग गरिएको थियो । यो कम्प्युटरको आकारमा ठूला, बढि ताप उत्पादन गर्ने, काम ढिलो र मूल्य बढि थियो ।
२. दोस्रो पुस्ताको कम्प्युटर: इ.सं. १९५९ देखि १९६५ सम्म उत्तर: अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर दोस्रो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा ट्रान्जिस्टरहरुको प्रयोग गरिएको थियो । यो कम्प्युटरले काम माइक्रो सेकेन्डमा र तुलनात्मक रुपमा पहिलो पुस्ताको कम्प्युटर भन्दा कम ताप उत्पादन र कम बिजुली खपत गर्थें ।
३. तेस्रो पुस्ताको कम्प्युटर: इ.सं. १९६५ देखि १९७१ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर तेस्रो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटरमा आइसीको प्रयोग गरिएको थियो । यो कम्प्युटरमा काम गर्ने गति नानो सेकेन्डमा वृद्वि भएको थियो । यो पुस्ताको कम्प्युटर आकारमा सानो, छिटो काम गर्न सक्ने एवं किबोर्ड र मनिटरको प्रयोग भएको थियो ।
४. चौंथो पुस्ताको कम्प्युटर: इ.सं. १९७१ देखि हालसम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर चौंथो पुस्ताको कम्प्युटर हो । यो कम्प्युटर धेरै सानो, धेरै भण्डारण क्षमता भएको र म्याग्नेटिक डिस्कहरुको प्रयोग भएको कम्प्युटर हो । हाल हामीले प्रयोग गर्ने गरेका कम्प्युटर यसै कम्प्युटरमा पर्छन ।
५. पाँचौं पुस्ताको कम्प्युटर: पाँचौ पुस्ताको कम्प्युटर पूर्ण रुपमा विकसित भैसकेका छैनन तर यसको व्यापक खोज अनुसन्धान भैरहेको छ । यस पुस्ताको कम्प्युटरमा बायो चिप्स, नेचुरल ल्याङ्ग्वेज र आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग हुने छ । हाल विकसित रोबोट वा यन्त्रमानव यसको एउटा नमूना हो ।
(ग) कम्प्युटरको पहिलो पुस्ताका विशेषता लेख।
उत्तर: इ.सं. १९४७ देखि १९५८ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर पहिलो पुस्ताको कम्प्युटर हो । यसका विशेषताहरुलाई निम्नानुसार देखाउन सकिन्छ:
१. भ्याकुम ट्युबहरुको प्रयोग भएको थियो ।
२. धेरै मात्रामा ताप उत्पादन र इन्धन खपत गर्थ्यो ।
३. काम ढिलो तर मुल्य बढि थियो ।
४. आकार ठूला र लो लेभल प्रोग्रामिङ भाषाको प्रयोग गरिएको थियो ।
(घ) कम्प्युटरको दोस्रो र तेस्रो पुस्ताका बिचका भिन्नताहरू लेख।
उत्तर: इ.सं. १९५९ देखि १९६५ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर दोस्रो पुस्ताको कम्प्युटर हो भने, इ.सं. १९६५ देखि १९७१ सम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर तेस्रो पुस्ताको कम्प्युटर हो । यिनीहरु दुबै पहिलो पुस्ताको कम्प्युटर भन्दा एडभान्स टेक्नोलोजी प्रयोग गरेर बनाएको कम्प्युटर हो । यिनीहरू बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।

दोस्रो पुस्ता

तेस्रो पुस्ता

१. यस पुस्ताको कम्प्युटरमा ट्रान्जिस्टर प्रयोग गरिएको थियो ।

१. यस पुस्ताको कम्प्युटरमा आइसी प्रयोग गरिएका थिए ।

२. काम गर्ने गति माइक्रो सेकेन्डमा मापन गरिन्थ्यो ।

२. काम गर्ने गति नानो सेकेन्डमा मापन गरिन्थ्यो ।

३. एसेम्ब्ली   ल्याङ्ग्वेजको प्रयोग भएको थियो ।

३. हाइ लेभल ल्याङ्ग्वेजको प्रयोग भएको थियो ।

४. किबोर्ड र मोनिटरको बिकास भएको थिएन ।

४. किबोर्ड र मोनिटरको बिकास भएर प्रयोग भएको थियो ।

५. फेराइड कोर मेमोरीको रुपमा प्रयोग गरिएको थियो ।

५. म्याग्नेटिक डिस्क मेमोरीको रुपमा प्रयोग गरिएको थियो ।


(ङ) कम्प्युटरको चौथो र पाँचौं पुस्ताबिचका भिन्नता लेख ।
उत्तर: इ.सं. १९७१ देखि हालसम्म अविस्कार भएका प्रविधिहरुको प्रयोग गरि बनाइएको कम्प्युटर चौंथो पुस्ताको कम्प्युटर हो भने हाल खोज अनुसन्धानको क्रममा रहेको र पूर्ण रुपमा विकसित नभएको कम्प्युटर पाँचौ पुस्ताको कम्प्युटर हो । यिनीहरू बिचको फरकलाई तलको तालिकामा देखाइएको छ । 

चौँथो पुस्ता

पाँचौं पुस्ता

१. चौँथो पुस्ताको कम्प्युटरमा LSIC र VLSIC बाट बनेको माइक्रोप्रोसेसर प्रयोग गरिएको छ ।

१. पाँचौं पुस्ताको कम्प्युटरमा बायो चिप्स र ग्यालियम आइसेनाइड प्रयोग हुने छ ।

२. यसमा आधुनिक हाई लेभल प्रोग्रामिङ भाषा प्रयोग गरिएको छ ।

२. यसमा नेचुरल ल्याङ्ग्वेज र प्रोलग नामक प्रोग्रामिङ भाषा प्रयोग हुने छ ।

३. यसमा आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग भएको छैन । जसले गर्दा कम्प्युटर आफैले सोँच्न सक्दैन ।

३. यसमा पूर्ण आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग हुने छ । जसले गर्दा कम्प्युटर आफैले सोँच्न सक्ने छ ।

४. यसको काम गर्ने गति विको सेकेन्ड रहेको छ ।

4. यो हालसम्मकै सर्वाधिक छिटो चल्ने कम्प्युटर हुने छ ।

५. आधुनिक डिजिटल कम्प्युटरप्याप्टपमोबाइल आदि यसको उदाहरण हो ।

५. आर्टिफिसियल इन्टिलिजेन्सबाट चल्ने रोबोट यसको एउटा उदाहरण हो ।


पाठ ४ - कम्प्युटरका प्रकार (Types of Computer) | कम्प्युटर शिक्षा कक्षा ७

 6 minute read
4
 
पाठ - ४ कम्प्युटरका प्रकार (Types of Computer)
पाठ - ४ कम्प्युटरका प्रकार (Types of Computer)

परिचय

हिजो आज थुप्रै प्रकारका कम्प्युटरहरू आविष्कार भएको पाइन्छ । विषेश गरी यसको गणक विधिका आधारमा तिन ओटा समूहमा विभाजन गरिएको छ, जुन यस प्रकार छन् :

एनालग कम्प्युटर (Analog Computer)

Analog Computers
Analog Computers
गणनाको सट्टामा कुनै पनि एकाइ नापेर काम गर्ने यन्त्रलाई एनालग कम्प्युटर भनिन्छ । एनालग कम्प्युटर भनेको विशेष काम र प्रयोजनका लागि बनाइएको कम्प्युटर हो । यी कम्प्युटरहरू शरीरको प्रेसर, तापक्रम, गाडीहरूको गति भौतिक परिमाण (Physical Quantities) लाई मापन गर्नका लागि प्रयोग हुन्छन् । विशेष गरी यी कम्प्युटरहरू वैज्ञानिक र इन्जिनियरिङ (Engineering) कार्यमा सघाउ पुर्‍याउन प्रयोग गरिन्छ । यी उपकरणहरूले निरन्तर रूपमा (Continuous scale) काम गर्छन् । थर्मोमिटर (Thermometer), स्पिडोमिटर (Speedometer) हरू एनालग उपकरणका उदाहरण हुन्।

डिजिटल कम्प्युटर (Digital Computer)

बाइनरी कोड (binary code - 0 र 1) लाई प्रयोग गरी सबै किसिमका गणना गर्ने, लेख्ने, छाप्ने आदि कार्यहरू गर्ने यन्त्रलाई डिजिटल कम्प्युटर भनिन्छ । यी कम्प्युटर अत्यन्तै लोकप्रिय र जहाँसुकै पनि बढी मात्रामा प्रयोग हुने कम्प्युटर हुन् । डिजिटल कम्प्युटरलाई यसको आकार र काम गर्ने क्षमताका आधारमा चार समूहमा विभाजन गरिएको छ, जुन यस प्रकार छन :

(क) सुपर कम्प्युटर (Super Computer)

First Supercomputer of Nepa
First Supercomputer of Nepal
साधारण कम्प्युटरभन्दा बढी कार्यक्षमता भएको कम्प्युटरलाई सुपर कम्प्युटर भनिन्छ । यस कम्प्युटरले छिटो गतिमा कार्य गर्न सक्छ । यसलाई विशेष कार्यका लागि प्रयोग गरिन्छ । यसको आकार सबैभन्दा ठुलो र महँगो हुन्छ । यसको प्रयोग वैज्ञानिक (Scientific) र इन्जिनियरिङ (Engineering) क्षेत्रमा हुन्छ । यसमा धेरै सिपियु (CPU) हरू राखिएका हुन्छन् । CRAY-XMP, NEC-500 आदि सुपर कम्प्युटरका उदाहरण हुन् ।

(ख) मेनफ्रेम कम्प्युटर (Mainframe Computer)

Mainframe Computer
Mainframe Computer
हजारौं अरू ससाना कम्प्युटरलाई सञ्जाल (Network) मा जोड्ने कम्प्युटरलाई मेनफ्रेम कम्प्युटर भनिन्छ । मेनफ्रेम कम्प्युटर दोस्रो ठूलो र शक्तिशाली कम्प्युटर हो । यी कम्प्युटरहरू ठुला ठुला व्यापार व्यवसाय, उद्योग तथा अनुसन्धान केन्द्रहरूमा प्रयोग गरिन्छ । IBM-4381 र ICL 39 मेनफ्रेम कम्प्युटरका उदाहणहरू हुन् ।

(ग) मिनी कम्प्युटर (Mini Computer)

Mini Computer
Mini Computer
सयौं अरू ससाना कम्प्युटरलाई सञ्जाल (network) मा जोड्ने कम्प्युटरलाई मिनी कम्प्युटर भनिन्छ । मिनी कम्प्युटर मध्यम आकारको कम्प्यूटर हो । यी कम्प्युटरहरू मध्यम खालका व्यापार, व्यवसाय तथा कार्यालयहरूमा प्रयोग हुन्छन् । यी कम्प्युटरहरू धेरै प्रयोगकर्तालाई एकै पटक प्रयोग गर्नुपर्ने क्षेत्र उद्योग, विश्व विद्यालय, अनुसन्धान केन्द्र आदिमा प्रयोग गरिन्छन् । स-साना कम्प्युटर सञ्जालमा मुख्य कम्प्युटर सर्भर (server) का रूपमा पनि प्रयोग गरिन्छ । IBM-9375 मिनी कम्प्युटरको उदाहरण हो ।

(घ) माइक्रो कम्प्युटर (Micro Computer)

Micro Computer
Micro Computer
माइक्रो कम्प्युटर आकारमा सबैभन्दा सानो कम्प्यूटर समूहअन्तर्गत पर्दछन् । यी कम्प्युटर सस्तो, बलियो र सजिलैसँग टेबुल (table) मा राख्न सक्ने खालका हुन्छन् । यी कम्प्युटरहरू घर, कार्यालय, विद्यालय, व्यापार र व्यवसाय आदि ठाउँहरूमा चिठी पत्र तयार पार्न, हिसाब गरी भन्डारण गर्न, व्यापार व्यवसायका रूपरेखा तयार पार्न, विज्ञापन सम्बन्धी कार्यको सूचनाहरूको रूपरेखा तयार पार्ने काममा प्रयोग गरिन्छ । IBM PC, IBM Compatible, APPLE Macintosh माइक्रो कम्प्युटरका उदाहरण हुन् । माइक्रो कम्प्युटर पनि विभिन्न आकार र काम गर्ने क्षमतामा आउँछन्, जस्तै: डेस्कटप कम्प्युटर, ल्यापटप, हेन्ड हेल्ड कम्प्युटर ।

हाइब्रिड कम्युटर (Hybrid Computer)

Hybrid Computer
Hybrid Computer
अल्ट्रासाउन्ड मेसिन
अल्ट्रासाउन्ड मेसिन
एनालग र डिजिटल कम्प्युटरका विशेषताहरूलाई एकीकृत गरी बनाइएको कम्प्युटरलाई नै हाइब्रिड कम्प्युटर भनिन्छ । सामान्यतया यी कम्प्युटरहरू वैज्ञानिक क्षेत्र (Scientific Application) र औद्योगिक प्रक्रियामा नियन्त्रण गर्ने कार्यमा प्रयोग गरिन्छन् । हाइब्रिड कम्प्युटर उदाहरणका रूपमा अस्पतालमा प्रयोग हुने, अल्ट्रासाउन्ड मेसिन (Ultra Sound Machine), मुटुको धङ्कन नाप्ने मेसिन (ECG) लाई लिन सकिन्छ ।

क्रियाकलाप

कम्प्युटरहरूको प्रकारका बारेमा छलफल गरी विभिन्न प्रकारका कम्प्युटरहरूको सूची तयार गर ।
उत्तर: डिजिटल कम्प्युटरलाई मुख्यतः उपयोगिता र संरचनाको आधारमा विभाजन गरिएको हुन्छ । उपयोगिताको आधारमा विशेष उद्देश्य र साधारण उद्देश्य गरि २ भागमा बाँड्न सकिन्छ भने संरचनाको आधारमा सुपर, मेनफ्रेम, मिनी र माइक्रो गरि ४ भागमा विभाजन गरिन्छ ।

अभ्यास

१. तलका खाली ठाउँ भर

(क) एनालग कम्प्युटरले ......... स्केलमा काम गर्छ ।
(ख) डिजिटल कम्प्युटरले ........... स्केलमा काम गर्छ ।
(ग) CRAY-XMP ........... कम्प्युटरका उदाहरण हुन् ।
(घ) ........... कम्प्युटर बाइनरी (0 र 1) को प्रयोग गरी कार्य गर्छन् ।
(ङ) ........... कम्प्युटरको अनुसन्धान कार्यका लागि प्रयोग गरिन्छ ।

उत्तर: खाली ठाउँ भरको उत्तर
(क) एनालग कम्प्युटरले निरन्तर स्केलमा काम गर्छ ।
(ख) डिजिटल कम्प्युटरले बाइनरी स्केलमा काम गर्छ।
(ग) CRAY-XMP सुपर कम्प्युटर कम्प्युटरका उदाहरण हुन्।
(घ) डिजिटल कम्प्युटरले बाइनरी (0 र 1) को प्रयोग गरी कार्य गर्छन् ।
(ङ) मेनफ्रेम कम्प्युटरको अनुसन्धान कार्यका लागि प्रयोग गरिन्छ ।

२. ठिक र बेठिक छुट्याऊ

(क) एनालग कम्प्युटर भौतिक परिमाणलाई मापन गर्नका लागि प्रयोग गरिन्छ।
उत्तर: ठिक
(ख) डिजिटल कम्प्युटरले डेसिमल प्रणालीमा मात्र काम गर्छ ।
उत्तर: बेठीक (किनकी डिजिटल कम्प्युटरले बाइनरी स्केल वा ० र १ आधारित भएर काम गर्छ ।)
(ग) सुपर कम्प्युटर मध्यम आकारको कम्प्युटर हो।
सुपर कम्प्युटर मध्यम आकारको कम्प्युटर हो ।
उत्तर: बेठीक (किनकी सुपर कम्प्युटर आकारमा सबैभन्दा ठुलो कम्प्युटर हो ।)
(घ) हाइब्रिड कम्प्युटरमा एनालग र डिजिटल कम्प्युटरका विशेषताहरू पाइन्छन् ।
उत्तर: ठिक
(ङ) माइक्रो कम्प्युटर सामान्य प्रयोजनका लागि प्रयोग हुन्छ ।
उत्तर: ठिक

३. तलका प्रश्नको उत्तर लेख

(क) मेनफ्रेम कम्प्युटर भनेको के हो ?
उत्तर: आकारको दृष्टिकोणले दोस्रो ठूलो र हजारौं अरू ससाना कम्प्युटरलाई एउटा सञ्जालमा जोड्ने कम्प्युटरलाई मेनफ्रेम कम्प्युटर भनिन्छ । जस्तै; IBM-4381, ICL 39 आदी ।

(ख) मिनी र माइक्रो कम्प्युटरबिच फरक छुट्याऊ।
उत्तर: मिनी कम्प्युटर एकपटकमा लगभग ५० जनाले एकसाथ काम गर्न सकिने मध्यम खालको कम्प्युटर हो भने माइक्रो कम्प्युटर आकारको दृष्टिकोणले सबैभन्दा सानो आकारको कम्प्युटर हो माइक्रो कम्प्युटर हो । यिनीहरू बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।

माइक्रो कम्प्युटर

मिनी कम्प्युटर

१. यसमा एकचोटिमा एक जनाले मात्र काम गर्न सकिन्छ ।

१. यसमा एकचोटिमा लगभग ५० जनाले मात्र एकसाथ काम गर्न सकिन्छ ।

२. यसको आकार सानो हुन्छ ।

२. यसको आकार मध्यम खालको हुन्छ ।

३. यो सामान्य व्याक्तिगत वा कार्यालयीय काममा प्रयोग हुन्छ ।

३. यो मध्यम खालका संस्थाहरु प्रवर्द्धन गर्न प्रयोग हुन्छ ।

४. यसको प्रयोग साधारण चिठीपत्र र पत्रपत्रिका लेखनहिसाब-किताब तथा सामान्य घरेलु काममा प्रयोग हुन्छ ।

४. यो साना खालका अनुसन्धानइन्जिनियरिङव्यवसाय लेनदेन र डाटाबेस व्यवस्थापन गर्न प्रयोग हुन्छ ।

५. जस्तै: डेस्कटपल्याबटपनोटबुकपामटपमाइक्रोआई.बी.एम.पी.सी.एप्पल/म्याकिन्टस आदी ।

५. जस्तै: Inspiron 1012, IBM-9375, Honeywell 200, TI-990, आदी ।


(ग) माइक्रो कम्प्युटर भनेको के हो ?
उत्तर: साधारण प्रयोजनको निम्ति तयार पारिएको आकारको दृष्टिकोणले सबैभन्दा सानो आकारको कम्प्युटर हो माइक्रो कम्प्युटर हो । जस्तै; डेस्कटप, ल्याबटप, नोटबुक, पामटप, माइक्रो, आई.बी.एम.पी.सी., एप्पल/म्याकिन्टस आदी ।

(घ) सुपर कम्प्युटरका कुनै चार ओटा विशेषता लेख ।
उत्तर: सुपर कम्प्युटर बनावटको आधारमा सबैभन्दा ठूलो, शक्तिशाली र उच्च भण्डारण क्षमता भएको कम्प्युटर हो । यो विशेषगरी जहाज, विमान, अन्तरिक्ष यान, आणविक अन्वेषण, खानी जस्ता जोखिम र खतरनाक क्षेत्रहरुमा प्रयोग गरिन्छ । यसका विशेषताहरुलाई निम्न बुँदाहरुमा लेख्न सकिन्छ :
१. आकार विशाल र ठूला हिसाबहरु एक सेकेन्डमै गर्न सक्ने क्षमता हुन्छ ।
२. इन्पुट, आउटपुट, प्रशोधन एकाइ र र्‍यामहरूको संख्या धेरै हुन्छ ।
३. नोडहरू बीच उच्च-गति र धेरै अपरेटिङ सिस्टमहरु एउटै कम्प्युटरबाट चलाउन सकिन्छ ।
४. धेरैजनाले एकसाथ एउटै कम्प्युटर चलाउने गरिन्छ ।

(ङ) हाइब्रिड कम्प्युटर भनेको के हो ?
उत्तर: एनालग र डिजिटल कम्प्युटरका राम्रा विशेषताहरूलाई एकीकृत गरी बनाइएको कम्प्युटरलाई नै हाइब्रिड कम्प्युटर भनिन्छ । जस्तै; अल्ट्रासाउण्ड मेसिन, इसिजी मेसिन, आदी ।

पाठ ५ - सफ्टवेयर (Software) | कम्प्युटर शिक्षा कक्षा ७


पाठ - ५ सफ्टवेयर (Software)

परिचय

कम्प्युटरले बुझ्ने भाषामा प्रोग्रामरले क्रमबद्ध रूपमा लेखिएका निर्देशनहरूलाई कम्प्युटर प्रोग्राम (Computer Program) भनिन्छ । कम्प्युटर प्रोग्रामको सङ्कलनलाई सफ्टवेयर भनिन्छ । यसलाई प्रयोग गर्न सकिन्छ तर छुन वा देख्न सकिँदैन । सफ्टवेयरहरू कम्पनी वा व्यक्तिले निर्माण गरी सिडी तथा डिभिडीमा बजारमा उपलब्ध गराउनुका साथै इन्टरनेटमार्फत पनि उपलब्ध हुन्छन् । कम्पनी मार्फत आधिकारिक रूपमा प्राप्त भएका सफ्टवेयरलाई आधिकारिक (Original) सफ्टवेयर भनिन्छ ।
विशेषताहरू
(क) कम्प्युटरमा सफ्टवेयर इन्स्टल (Install) गर्न सकिन्छ।
(ख) फरक फरक सफ्टवेयर फरक फरक कार्यका लागि प्रयोग हुन्छ ।
(ग) सशुल्क र नि:शुल्क सफ्टवेयरहरू उपलब्ध हुन्छ ।
(घ) काम छिटो र छरितो गर्न मद्दत पुग्छ ।
(ङ) एउटै सफ्टवेयर थुप्रै कम्प्युटरमा राख्न सकिन्छ।

सफ्टवेयरका प्रकार (Types of Software)

सफ्टयवेयर मुख्य तिन प्रकारका हुन्छन्, ती निम्न लिखित छन् :
(क) सिस्टम सफ्टवेयर (System Software),
(ख) युटिलिटी सफ्टवेयर (Utility Software),
(ग) एप्लिकेसन सफ्टवेयर (Application Software)

सफ्टवेयरलाई कार्यअनुसार निम्न लिखित रूपमा विभाजन गर्न सकिन्छ ।
Types of Software
सफ्टवेयरका प्रकार (Types of Software)

(क) सिस्टम सफ्टवेयर (System Software)

System Software
System Software
कम्प्युटरका सम्पूर्ण हार्डवेयर (hardware) हरूलाई सञ्चालन वा प्रयोगमा ल्याउन मद्दत पुयाउने सफ्टवेयरलाई सिस्टम सफ्टवेयर भनिन्छ । साथै, यसले कम्प्युटर र प्रयोगकर्ताका बिचमा दोभासेको काम गर्दछ । यसका प्रकार निम्न लिखित छन्:

(अ) अपरेटिङ सिस्टम (Operating System)

कम्प्युटर प्रणालीका सम्पूर्ण हार्डवेयर (Hardware) हरूलाई नियन्त्रण तथा सञ्चालनमा ल्याउन मद्दत गर्ने प्रोग्रामहरूको समूह वा सङ्ग्रहलाई अपरेटिङ सिस्टम (Operating System) भनिन्छ । जस्तै : एम.एस. डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7, 8), Windows Server (2000, 2003, 2008), UNIX, LINUX आदि।

(आ) ल्याङ्वेज प्रोसेसर (Language Processor)

प्रोग्रामरले विकास (Develop) गरेको प्रोग्रामलाई कम्प्युटरले बुझ्ने यान्त्रिक भाषा (Machine Language) मा अनुवाद (Translate) गर्ने प्रोग्रामलाई ल्याङ्वेज प्रोसेसर भनिन्छ । यी तिन प्रकारका हुन्छन् ।
i. एसेम्बलर (Assembler)प्रोग्रामरले लेखिएको स्क्रिप्ट (Script) मा निमोनिक कोड (Nemonic codes) तथा सिम्बोलिक एड्रेस (Symbolic address) हरूलाई यान्त्रिक भाषा (Machine language) मा अनुवाद गर्ने प्रोग्रामलाई एसेम्बलर भनिन्छ ।
(ii) इन्टरप्रेटर (Interpreter): प्रोग्रामरले प्रोग्रामिङ भाषाको माध्यममा लेखिएको स्क्रिप्ट (script) लाई एउटा वाक्य एक पटकमा यान्त्रिक भाषा (machine language) मा अनुवाद गर्ने प्रोग्रामलाई इन्टरप्रेटर भनिन्छ।
(iii) कम्पाइलर (Compiler): प्रोग्रामरले प्रोग्रामिङ भाषाको माध्यममा लेखिएको स्क्रिप्टलाई एकै पटकमा सम्पूर्ण प्रोग्रामलाई यान्त्रिक भाषा (Machine language) मा अनुवाद गर्ने प्रोग्रामलाई कम्पाइलर भनिन्छ ।

(ख) युटिलिटी सफ्टवेयर (Utility Software)

Utility Software
Utility Software
फाइल (file), फोल्डर (folder) र प्रोग्रामहरूको व्यवस्थापन गर्ने सफ्टवेयरलाई युटिलिटी सफ्टवेयर भनिन्छ । यी दुई प्रकारका हुन्छन् :
(i) फाइल म्यानेजमेन्ट युटिलिटी सफ्टवेयर: कम्प्युटरमा भण्डारण गरिएको दस्तावेज अर्थात् फाइलहरूलाई कपी (copy), कट (cut), डिलिट (delete), रिनेम (rename) र प्रिन्ट (print) गर्न प्रयोग गरिने प्रोग्रामलाई फाइल म्यानेजमेन्ट युटिलिटी सफ्टवेयर भनिन्छ ।
(ii) प्रोग्राम डेभेलपमेन्ट युटिलिटी सफ्टवेयर: कम्प्युटरको प्रोग्राममा लेखिएको शब्द वा वाक्यहरू टाइप (type) गर्न, सच्चाउने (correction), मेट्न (erase), फन्टहरू (fonts) मिलाउन र कम्पाइल (compile) गर्नका लागि प्रयोग हुने प्रोग्रामलाई प्रोग्राम डेभेलपमेन्ट युटिलिटी सफ्टवेयर भनिन्छ ।

(ग) एप्लिकेसन सफ्टवेयर (Application Software)

Application Software
Application Software
प्रयोगकर्ताले आवश्यकताअनुसार विभिन्न किसिमका कार्य गर्न प्रयोग गरिने सफ्टवेयर कम्पनीहरू (software company) बाट निर्माण (developed) गरिएका सफ्टवेयर (software) लाई एप्लिकेसन सफ्टवेयर भनिन्छ । उदाहरणका लागि चिठीपत्र, पुस्तक, कार्डहरू बनाउन, गणितीय कार्य गर्न, प्रिजेन्टेसन तयार गर्न, खेल खेल्न, नक्सा बनाउनका साथै अन्य क्षेत्रमा यसको प्रयोग गरिन्छ । एप्लिकेसन सफ्टवेयरलाई दुई भागमा विभाजन गरिएको छ:

(१) प्याकेज सफ्टवेयर (Package Software)

प्याकेज सफ्टवेयर सम्पूर्ण प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हुन्छ । यस्ता सफ्टवेयरहरू सामान्य प्रयोजनका लागि सबै प्रयोगकर्तालाई अनुकूल हुने गरी निर्माण गरिएका हुन्छन् । जस्तै: एमएस अफिस (MS-Office), डाटावेस म्यानेजमेन्ट सिस्टम (Database Management System), ग्राफिक्स डिजाइनिङ प्याकेज (Graphics Designing Package) आदि । यसका प्रोग्रामहरू निम्न लिखित छन्:

(क) बर्ड प्रोसेसिङ प्रोग्राम (Word Processing Program)
अक्षर, शब्द र वाक्यका समूहका रूपमा प्रस्तुत हुने चिठीपत्र, कार्ड, लेखचरना, विज्ञापन, पत्रपत्रिका, किताब, ब्रोसर, डिजाइन, भन्डारण तथा छपाइमा प्रयोग हुने प्रोग्रामलाई वर्ड प्रोसेसिङ प्रोग्राम भनिन्छ । उदाहरणका लागि MS-Word, Open Office Writer आदि ।
(ख) स्प्रेडसिट प्रोग्राम (Spreadsheet Program)
सानोदेखि ठुलो गणितीय हिसाब गर्नका लागि प्रयोग हुनेलाई स्प्रेडसिट प्रोग्राम भनिन्छ । डाटालाई चार्टका रूपमा पनि प्रस्तुत गर्न सकिन्छ । उदाहरणका लागि MS-Excel, Open Office Calc आदि।
(ग) डाटाबेस प्रोग्राम (database program)
डाटाहरू इन्ट्री गर्न, सच्याउन, हटाउन, भन्डारण गर्न र आवश्यकताअनुसार प्रिन्ट गर्न प्रयोग गरिने प्याकेजलाई डाटाबेस प्रोग्राम भनिन्छ । यसको प्रयोग विशेष गरी तथ्याङ्कलाई व्यवस्थित गर्न र चाहेको समयमा सजिलै प्राप्त गर्नमा गरिन्छ । जनगणनाको तथ्याङ्क इन्ट्री गरी प्रशोधन गर्ने र रिपोर्ट निकाल्ने, विद्यार्थीले परीक्षामा प्राप्त गरेको अङ्क इन्ट्री गरी नतिजा निकाल्ने र लेजर तथा मार्कसिट प्रिन्ट गर्ने जस्ता कार्य यसको प्रयोगका उदाहरण हुन् । उदाहरणका लागि MS-Access, FoxPro, Oracle आदि ।
(घ) ग्राफिक्स प्रोग्राम (Graphic Program)
चित्र, तस्बिर वा अक्षरहरू काँटछाँट, सम्पादन तथा परिवर्तन (Modify) गर्न सक्ने सफ्टवेयरको प्याकेजलाई ग्राफिक्स प्रोग्राम भनिन्छ । किताब, पत्रपत्रिका, ब्रोसर, समाचार, पत्र, इन्टरनेट जस्ता प्रकाशित हुने विषय वस्तुहरूमा चित्र बनाउन प्रयोग गरिन्छ । फोटाहरूलाई भन्डारण गर्दा JPEG, TIFF, BMP जस्ता विभिन्न फर्मेटमा गर्न सकिन्छ । उदाहरणका लागि Photoshop, Corel Draw, InDesign, Illustrator, FreeHand, Qxpress आदि।

२. कस्टमाइज सफ्टवेयर (Customized Software)

कस्टमाइज सफ्टवेयर एक निश्चित प्रयोगकर्ताका लागि लक्षित गरी निर्माण गरिएको हुन्छ । जस्तै: रिजल्ट प्रोसेसिङ सफ्टवेयर (Result Processing Software), एयरलाइन्स टिकट रिजर्भेसन सफ्टवेयर (Airline Ticket Reservation Software), टेलिफोन बिल प्रोसेसिङ सफ्टवेयर (Telephone Bill Processing Software) आदि ।

क्रियाकलाप

तिम्रो कम्प्युटर ल्याबमा कुन-कुन प्रकारका सफटवेयर प्रयोग भएका छन्, आपसमा छलफल गरी सोको सूची तयार गर ।
उत्तर: यसमा आफ्नो विद्यालयको कम्प्युटर कक्षमा प्रयोग भइरहेको सफ्टवेयरहरुको खोजी गरेर लेख्नुपर्छ । जस्तै:
क. सिस्टम सफ्टवेयर: एम एस डस (MS-DOS), विन्डोज एक्स पी (Windows XP, विन्डोज नाइन्टी एट (Windows 98), विन्डोज सेभेन (Windows 7), विन्डोज एट (Windows 8), विन्डोज टेन (Windows 8), लिनक्स (Linux), म्याक ओएस (Mac OS), एन्ड्रोइड (Android), गन लिनक्स (GUN LINUX), युनिक्स (UNIX), युबुन्टु (Ubuntu), आदी ।
ख. एप्लिकेसन सफ्टवेयर: पेज मेकर (Page Maker), फोटोसप (Photoshop), फ्रि-ह्याण्ड (Free Hand), ड्रिम वेभर (Dream Weaver), कोरल ड्रो (CarolDraw), एम एस अफिस (MS Office), ओपन अफिस (Open Source Office), क्रोम ब्राउजर (Chome Browser), वर्डप्याड (Wordpad) आदी ।
ग. युटिलिटी सफ्टवेयर: एन्टी भाइरस (Antivirus), डिक्स क्लिनर (Disk Cleaner), फर्मेटिङ डिक्स (Formating Disk), डिक्स डिफेन्मेन्टर (Disk Defragmenter), फाइल म्यानेजर (File Manager), टेक्स्ट इडिटर (Text Editor), ब्याकप युटिलिटी (Backup Utility) आदी ।

अभ्यास

१. खाली ठाउँ भर

(क) क्रमबद्ध रूपमा लेखिएका निर्देशनहरूलाई .......... सफ्टवेयर भनिन्छ ।
(ख) एउटै सफ्टवेयर थुप्रै ............. कम्प्युटरमा राख्न सकिन्छ ।
(ग) लेख लेख्नलाई ................ प्रोग्रामको प्रयोग हुन्छ ।
(घ) ................ बनाउन फोटोसप प्रोग्रामको प्रयोग हुन्छ ।
(ङ) घरहरूको नक्सा बनाउन ................. प्रोग्रामको प्रयोग हुन्छ ।

उत्तर: खाली ठाउँ भरको उत्तर:
(क) क्रमबद्ध रूपमा लेखिएका निर्देशनहरूलाई कम्प्युटर सफ्टवेयर भनिन्छ ।
(ख) एउटै सफ्टवेयर थुप्रै फरक फरक कम्प्युटरमा राख्न सकिन्छ ।
(ग) लेख लेख्नलाई वर्ड प्रोसेसिङ प्रोग्रामको प्रयोग हुन्छ ।
(घ) चित्र वा इमेज बनाउन फोटोसप प्रोग्रामको प्रयोग हुन्छ ।
(ङ) घरहरूको नक्सा बनाउन ग्राफिक्स प्रोग्रामको प्रयोग हुन्छ ।

२. ठिक र बेठिक छुट्याऊ

(क) सफ्टवेयरलाई छुन सकिन्छ।
उत्तर: बेठीक
(ख) अपरेटिङ सिस्टम सफ्टवेयरले कम्प्यूटर र प्रयोगकर्ताका बिचमा दोभासेको काम गर्दछ ।
उत्तर: ठिक
(ग) लेख लेख्नलाई एक्सेल प्रोग्रामको प्रयोग हुन्छ ।
उत्तर: बेठीक
(घ) चित्र बनाउन फोटोसप प्रोग्रामको प्रयोग हुन्छ ।
उत्तर: ठिक
(ङ) एमएस एक्सेस डाटाबेस प्रोग्राम हो । 
उत्तर: ठिक

३. तल दिएका प्रश्नको उत्तर लेख

(क) सफ्टवेयर भनेको के हो ? यसका विशेषताहरू लेख ।
उत्तर: सफ्टवेयर भनेको कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निर्देशनहरुको समुह हो, जुन प्रोगामरले कम्प्युटरले बुझ्ने भाषामा क्रमबद्ध रुपमा लेखिएका हुन्छन् ।
(ख) सफ्टवेयर कति प्रकारका हुन्छन् ? वर्णन गर।
उत्तर: सफट्वेयर ३ किसिमका हुन्छ, तिनीहरुको बारेमा तल छोटकरीमा दिइएको छ:
१. सिस्टम सफ्टवेयर: सिस्टम सफ्टवेयर भनेको कप्युटरका हार्डवेयर र सम्पूर्ण कामहरु सञ्चालन तथा नियन्त्रण गरी कम्प्युटर र प्रयोगकर्ता बिच दोभाषेको भूमिका निर्वाह गर्ने अत्यन्तै महत्त्वपूर्ण सफ्टवेयर हो । यसले कम्प्युटरको फाइल, सुरक्षा, मेमोरी, भण्डारण, इन्पुट, प्रोसेर र आउटपुट आदी व्यवस्थापन गर्ने काम गर्छ । जस्तै; एम एस डस (MS-DOS), विन्डोज एक्स पी (Windows XP, विन्डोज नाइन्टी एट (Windows 98), विन्डोज सेभेन (Windows 7), विन्डोज एट (Windows 8), विन्डोज टेन (Windows 10), लिनक्स (Linux), म्याक ओएस (Mac OS), एन्ड्रोइड (Android), गन लिनक्स (GUN LINUX), युनिक्स (UNIX), युबुन्टु (Ubuntu), आदी ।
२. एप्लिकेसन सफ्टवेयर: प्रयोग कर्ताले आफ्नो इच्छा अनुसार कम्प्युटरलाई सञ्चालन गर्नका लागि बनाएका सफ्टवेयरहरू नै एप्लिकेसन सफ्टवेयर भनिन्छ । जस्तै: पेज मेकर (Page Maker), फोटोसप (Photoshop), फ्रि-ह्याण्ड (Free Hand), ड्रिम वेभर (Dream Weaver), कोरल ड्रो (CarolDraw), एम एस अफिस (MS Office), ओपन अफिस (Open Source Office), क्रोम ब्राउजर (Chrome Browser), वर्डप्याड (WordPad) आदी ।
३. युटिलिटी सफ्टवेयर: युटिलिटी सफ्टवेयर भनेको कम्प्युटरका फाइल फोल्डर र सुरक्षा व्यवस्थापन गर्ने सफ्टवेयर हो । जस्तै: एन्टी भाइरस (Antivirus), डिक्स क्लिनर (Disk Cleaner), फर्मेटिङ डिक्स (Formating Disk), डिक्स डिफेन्मेन्टर (Disk Defragmenter), फाइल म्यानेजर (File Manager), टेक्स्ट इडिटर (Text Editor), ब्याकप युटिलिटी (Backup Utility) आदी ।
(ग) सिस्टम सफ्टवेयर र एप्लिकेसन सफ्टवेयरबिचको भिन्नता लेख ।
उत्तर: सिस्टम सफ्टवेयर भनेको कप्युटरका हार्डवेयर र सम्पूर्ण कामहरु सञ्चालन तथा नियन्त्रणमा ल्याउने सफ्टवेयर हो भने एप्लिकेसन सफ्टवेयर भनेको प्रयोग कर्ताले आफ्नो इच्छा अनुसार कम्प्युटरलाई सञ्चालन गर्नका लागि बनाएका सफ्टवेयरहरू हुन । यिनीहरू बिचको भिन्नतालाई तलको तालिकामा देखाइएको छ ।

सिस्टम सफ्टवेयर

एप्लिकेसन सफ्टवेयर

सिस्टम सफ्टवेयरहरुले कम्प्युटरको सम्पूर्ण काम कार्वाहीहरुलाई नियन्त्रण गर्छ 

एप्लिकेसन सफ्टवेयरले प्रयोगकर्ताको आवश्यकता अनुसारको निश्चित काम मात्र गर्छ 

यसले हार्डवेयर  सफ्टवेयरबिच सम्बन्ध प्रतिस्थापन गर्छ 

यसले प्रयोगकर्ताको आवश्यकता अनुसार निश्चित कार्य सम्पन्न गर्छ 

यिनीहरु प्रायः लो लेभल प्रोगामिङ भाषाहरुमा लेखिन्छ 

यो हाइ लेभल प्रोगामिङ भाषाहरुमा लेखिन्छ 

यस्ता सफ्टवेयर अपरेटिङ सिस्टमसंगै इन्स्टल भएर आउँछ 

यस्ता सफ्टवेयरहरु आवश्यकता अनुसार इन्स्टल गर्न  हटाउन सकिन्छ 

यो एप्लिकेसन सफ्टवेयर बिना चल्न सक्छ 

यो सिस्टम सफ्टवेयर बिना चल्न सक्दैनँ 


(घ) युटिलिटी प्रोग्राम भनेको के हो ?
उत्तर: युटिलिटी सफ्टवेयर भनेको कम्प्युटरका फाइल फोल्डर र सुरक्षा व्यवस्थापन गर्ने सफ्टवेयर हो । यसले कम्प्युटर हार्डवेयर र सफ्टवेयर बिच राम्रो वातावरण सिर्जना गर्ने, अनावश्यक, समय नाघेका, हानीकारक फाइल तथा प्रोगामहरु हटाउने, डाटा तथा फाइलहरु व्याकप र रिकभर गर्ने, कम्प्युटर प्रोगाममा लेखिएका कुराहरुलाई सच्याउन, मेट्न, प्रोसेसिङ र कम्पाइल गर्ने काम गर्छ ।
(ड) एप्लिकेसन सफ्टवेयर भनेको के हो, उदाहरणसहित लेख ।
उत्तर: प्रयोग कर्ताले आफ्नो इच्छा अनुसार कम्प्युटरलाई सञ्चालन गर्नका लागि बनाएका सफ्टवेयरहरू नै एप्लिकेसन सफ्टवेयर भनिन्छ । यस्ता सफ्टवेयरहरू प्रयोगकर्ताको आवश्यकताअनुसार निर्माण गरिएको हुन्छ ।जस्तै: पेज मेकर (Page Maker), फोटोसप (Photoshop), फ्रि-ह्याण्ड (Free Hand), ड्रिम वेभर (Dream Weaver), कोरल ड्रो (CarolDraw), एम एस अफिस (MS Office), ओपन अफिस (Open Source Office), क्रोम ब्राउजर (Chome Browser), वर्डप्याड (Wordpad) आदी ।

पाठ - ६ अपरेटिङ सिस्टम (Operating System) | कम्प्युटर शिक्षा कक्षा ७

पाठ - ६ अपरेटिङ सिस्टम (Operating System)
पाठ - ६ अपरेटिङ सिस्टम (Operating System)

परिचय

कम्प्युटर प्रणाली तथा यसका सम्पूर्ण हार्डवेयरहरूलाई नियन्त्रण तथा सञ्चालनमा ल्याउन मद्दत गर्ने प्रोग्रामहरूको समूह वा सङ्ग्रहलाई अपरेटिङ सिस्टम (operating system) भनिन्छ । अपरेटिङ सिस्टमविना कम्प्युटर सिस्टम सञ्चालन गर्न सकिँदैन । एमएस डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7, 8), Windows (2000, 2003, 2008), UNIX, LINUX, Android आदि अपरेटिङ सिस्टम हुन् ।
अपरेटिङ सिस्टम लेयर (Layer of Operating System)

अपरेटिङ सिस्टमले गर्ने मुख्य कार्यहरू (Functions of Operating System)

(क) डिस्क व्यवस्थापन (Disk Management)
(ख) उपकरण व्यवस्थापन (Device Management)
(ग) मेमोरी व्यवस्थापन (Memory Management)
(घ) फाइल र फोल्डर व्यवस्थापन (File and Folder Management)
(ङ) सुरक्षा व्यवस्थापन (Security Management)

अपरेटिङका किसिमहरू (Types of Operating System)

अपरेटिङ सिस्टम दुई प्रकारका हुन्छन् :

(क) सिगल युजर अपरेटिङ सिस्टम (Single User Operating System)

एउटा कम्प्युटर सिस्टममा इन्स्टल (install) गरिएको अपरेटिङ सिस्टमबाट एक पटकमा एउटा प्रयोगकर्ताले मात्र कार्य गर्न सक्ने कम्प्युटरलाई सिङ्गल युजर अपरेटिङ सिस्टम (single user operating system) भनिन्छ। उदाहरण : एमएस डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7) आदि।

(ख) मल्टी युजर अपरेटिङ सिस्टम (Multi User Operating System)

एउटा कम्प्युटर सिस्टममा इन्स्टल (install) गरिएको अपरेटिङ सिस्टमलाई एकै पटकमा धेरै प्रयोगकर्ताहरू (operators) ले कार्य गर्न सक्ने कम्प्युटरलाई मल्टी युजर अपरेटिङ सिस्टम (multi user operating system) भनिन्छ । उदाहरण : युनिक्स (UNIX), लिनक्स (LINUX), विन्डोज (Windows NT, 2000, 2003, 2008) आदि ।

बुटिङ (Booting)

कम्प्युटर सिस्टममा सुरक्षित गरिएको अपरेटिङ सिस्टमका मुख्य मुख्य फाइलहरू मेमोरी (memory-RAM) मा लोड (load) हुनुलाई बुटिङ भनिन्छ।
बुटिङका प्रकारहरू (Types of Booting):

(क) कोल्ड बुट (Cold Booting)

कम्प्युटर सिस्टम (computer system) लाई पावर बटन थिचेर सुचारु गर्नुलाई कोल्ड बुट (cold boot) भनिन्छ।

(ख) वार्म बुटिङ (Warm Booting)

कहिलेकाहीं कम्प्युटरमा काम गर्दा एक्कासि रोकिन्छ (hang), त्यस अवस्थामा कम्प्युटर सिस्टमलाई तिन ओटा संयुक्त कि (CTRL+ALT+DEL) किबोर्डमा थिचेर सुचारु गर्नुलाई वार्म बुट (warm boot) भनिन्छ।

डेस्कटपको परिचय (Introduction to Desktop)

कम्प्युटर बुटिङ (booting) भई कार्यहरू गर्नका लागि सुचारु हुने स्क्रिनलाई डेस्कटप (desktop) भनिन्छ । साथै स्क्रिनमा माउस पोइन्टर (mouse pointer), आइकन (icon), वालपेपर (wallpaper टास्कबार (taskbar) हरू देखिन्छ ।
डेस्कटप (Desktop)
डेस्कटप (Desktop)

डेस्कटपका आइकनहरू (Desktop Icons)

  • कम्प्युटर आइकन (My Computer/My PC) : डेस्कटपमा देखिने एक प्रकारको कम्प्यूटर जस्तो आइकन हो। यसभित्र कम्प्युटरमा भएका ड्राइभहरू (drives), फोल्डर तथा फाइलहरू (folder and files) हरू हेर्न सकिन्छ।
  • रिसाइकल बिन (recycle bin) : यसमा हटाएका (delete) फोल्डर र फाइलहरू। रहन्छन् । यसलाई पुन: आफ्नो ठाउँ (restore) मा ल्याउन सकिन्छ । तर रिसाइकल बिन खाली गरेको हुनु हुँदैन।
  • नेटवर्क (network) : यसभित्र आपसमा जोडिएका कम्प्युटरहरूको नाम हुन्छ । साथै सेयर गरेका फोल्डर र डिभाइसहरू पनि हेर्न सकिन्छ ।
  • सर्टकट (shortcut): यो लिन्क फाइल हो। कुनै पनि फाइल, फोल्डर र प्रोग्रामलाई कम समयमा खोल्न यसको प्रयोग गरिन्छ । कनै पनि आइकनको बायाँतिर देखिने एक प्रकारको वाण (arrow) सङ्केत भएको आइकन सर्टकट हो।

टास्कबार (task-bar):

स्टार्ट (start) बटन, घडी (clock) अवस्थित रेखीय चित्रलाई टास्कबार भनिन्छ । यो बार स्क्रिनको तल्लो भागमा हुन्छ, यसमा खोलेका प्रोग्रामहरू हुन्छन् ।

फाइल र फोल्डर (file & folder)

कम्प्युटरमा प्रोग्राम खोली टाइप गरिसकेपछि भन्डारण गर्ने कार्यलाई फाइल (file) भनिन्छ । भन्डारण गरिएको फाइल भविष्यमा पनि प्रयोग गर्न सकिन्छ । फाइलको नाम टाइप गर्दा बढीमा २५५ ओटा अक्षरहरू लेख्न सकिन्छ।
Files and Folders
विन्डोज (windows) मा फाइलहरूको समूह (group of file) लाई एउटै नामभित्र व्यवस्थित रूपमा भन्डारण गर्नेलाई फोल्डर भनिन्छ । एउटै फोल्डरभित्र थुपै सहायक फोल्डर (sub folder) र फाइलहरू भन्डारण गर्न सकिन्छ ।

फाइलका विशेषताहरू (Features of File)

(क) खोल्न (open) सकिन्छ।
(ख) कपी (copy), कट (cut) गरी पेस्ट (paste) गर्न सकिन्छ ।
(ग) हटाउन (delete) सकिन्छ ।
(घ) नाम परिवर्तन (rename) गर्न सकिन्छ।
(ङ) प्रिन्ट (print) गर्न सकिन्छ।
(च) इमेल (email) गर्न सकिन्छ।
(छ) डिभिडी (DVD) मा कपी गर्न सकिन्छ।

फोल्डर निर्माण विधि

१. स्टार्टमा क्लिक गरी अल प्रोग्रामबाट एमएस वर्डमा क्लिक गर्ने
२. एमएस वर्डको नयाँ फाइलमा आफूले चाहेको कुरा टाइप गर्ने
३. अब टाइप गरिसकेको डकुमेन्टलाई सेभ गर्ने । यसका लागि प्रोग्राम मेनुबाट सेभ गर्ने वा किबोर्डको 'Ctrl+S' थिचेर पनि सेभ गर्न गर्न सकिन्छ । यसरी सेभ गर्दा मोनिटरमा एक प्रकारको
सेभ गर्ने ढाँचा वा फर्मेटको चित्र देखाएको जस्तो देखिन्छ।
फोल्डर निर्माण विधि
फोल्डर निर्माण विधि
४. उक्त सेभ गर्ने ढाँचाको माथिल्लो बायाँतिर एउटा न्यु फोल्डर भन्ने आइकन देखिन्छ । सो फोल्डरमा क्लिक गरेपछि एउटा नयाँ फोल्डर बन्छ । यस्तो फोल्डर केवल नयाँ प्रोग्रामको  नयाँ फाइललाई सेभ गर्दा मात्र देखा पर्दछ अथवा पुरानो फाइललाई सेभ एज गर्दा मात्र आउँछ । तर पुरानो फाइललाई केवल सेभ गर्दा यस्तो अप्सन आउँदैन ।
५. उक्त निर्माण गरिएको नयाँ फोल्डरको नामकरण गरी त्यसभित्र विभिन्न फाइल, डकुमेन्ट वा चित्रहरू राख्न सकिन्छ । यसरी निर्माण गरिएको फोल्डरलाई D: वा C: वा E: ड्राइभ वा डेस्टपमा पनि राख्न सकिन्छ ।

प्रयोगात्मक कार्य (Practical Work)

१. फोल्डर बनाउने तरिका

(अ) कम्प्युटर आइकनमा दुई पटक क्लिक गर्ने
(आ) D: ड्राइभभित्र जाने
(इ) माउसको दाहिने बटन क्लिक गर्ने
(ई) नयाँ (new) मा जाने र फोल्डर (folder) मा क्लिक गर्ने
(उ) फोल्डर (folder) को नाम टाइप गर्ने

२. फाइल वा फोल्डर रिनेम गर्ने तरिका

(अ) फाइल वा फोल्डरलाई क्लिक गर्ने
(आ) माउसको दायाँ (right) बटन क्लिक गर्ने
(इ) रिनेम (rename) option लाई सेलेक्ट गर्ने
(ई) अर्को नाम टाइप गर्ने

३. फाइल वा फोल्डर डिलिट गर्ने तरिका

(अ) फाइल वा फोल्डरलाई क्लिक गर्ने
(आ) माउसको दायाँ (right) बटन क्लिक गर्ने
(इ) डिलिट option मा क्लिक गर्ने

४. फाइल बनाउने तरिका

(अ) स्टार्ट (start) मा क्लिक गर्ने
(आ) अल प्रोग्राम्स (all programs) मा जाने
(इ) प्रोग्राम (program) भित्र कुनै प्रोग्राममा क्लिक गर्ने
(ई) टाइप गर्ने
(उ) सेभ (save) आइकन (icon) मा क्लिक गर्ने
(ऊ) D: वा E: ड्राइभ छान्ने
(ए) फाइलको नाम टाइप गर्ने
(ऐ) सेभ (save) बटन (button) मा क्लिक गर्ने

डाइरेक्टरी तथा फोल्डर (Introduction to Directory and Folder)

एमएस डस (MS-DOS) मा फाइलहरूको समूह (group of file) लाई एउटै नामभित्र व्यवस्थित रूपमा भन्डारण गर्नेलाई डाइरेक्टरी भनिन्छ । एउटै डाइरेक्टरीभित्र थुपै सहायक डाइरेक्टरी (sub-directory) र फाइलहरू भन्डारण गर्न सकिन्छ।
प्रयोगात्मक कार्य (Practical Work)

डाइरेक्टरी बनाउने तरिका

Command on Computer
१. स्टार्ट (start) मा क्लिक गरी रनमा क्लिक गर्ने
Creating Directory with Command
२. उक्त रन कमान्डको बक्सभित्र सिएमडी cmd गरी ओके बटनमा क्लिक गर्ने
Creating Directory with Command Step 2
३. डी ड्राइभ (D:) मा टाइप गरी इन्टर की थिच्ने
४. MD Student (नयाँ डाइरेक्टरी बनाउने)
५. CD Student (डाइरेक्टरीभित्र जाने)
६. COPY CON computer (फाइल बनाउने)
७. Ctrl+Z (सुरक्षित गर्ने
८. TYPE computer.txt (फाइल खोल्ने)

क्रियाकलाप

(क) कम्प्युटरमा प्रयोग हुने अपरेटिङ सिस्टमका बारेमा छलफल गरी त्यसले गर्ने मुख्य कार्य लेखी चाटपेपर तयार पार ।
उत्तर: कम्प्युटर प्रणाली तथा यसका सम्पूर्ण हार्डवेयरहरूलाई नियन्त्रण तथा सञ्चालनमा ल्याउन मद्दत गर्ने प्रोग्रामहरूको समूह वा सङ्ग्रहलाई अपरेटिङ सिस्टम भनिन्छ ।  जस्तै; एमएस डस (MS-DOS), विन्डोज (Windows: 95, 98, ME, VISTA, XP, 7, 8, 10, 11), विन्डोज सर्भर (Windows Server: 2000, 2003), युनिक्स (UNIX), लिनक्स (LINUX), एण्डोराइड (Android), युबुन्टु (Ubuntu), म्याक ओएस (Mac OS), हार्मोनी ओएस (Harmony OS), फेडोरा (Fedora), क्रोम ओएस (Chrome OS), सेन्ट ओएस (CentOS), आदि ।
अपरेटिङ सिस्टमले गर्ने मुख्य कार्यहरूलाई तलको चार्टमा देखाइएको छ:


(ख) एमएस वर्ड खोली आफूलाई आवश्यक हुने डाटाहरू टाइप गरी एउटा फोल्डर बनाई उक्त फोल्डरमा तिमीले तयार गरेको डाटा सेभ गररे देखाऊ ।
उत्तर: शिक्षकको सहयोग लिएर एमएस वर्ड खोली आफूलाई आवश्यक हुने डाटाहरू टाइप गरी एउटा फोल्डर बनाई उक्त फोल्डरमा आफूले तयार गरेको डाटा सेभ गररे देखाउने ।

अभ्यास

१. खाली ठाउँ भर:

१. खाली ठाउँ भर:
(क) ..................... ले कम्प्युटर सिस्टमलाई सुचारु गर्दछ ।
उत्तर: अपरेटिङ सिस्टम
(ख) ..................... सिङ्गल युजर अपरेटिङ सिस्टम भनिन्छ।
उत्तर: एउटा कम्प्युटर सिस्टममा इन्स्टल गरिएको अपरेटिङ सिस्टमबाट एक पटकमा एउटा प्रयोगकर्ताले मात्र कार्य गर्न सक्ने कम्प्युटरलाई
(ग) ..................... मल्टी युजर अपरेटिङ सिस्टम भनिन्छ।
उत्तर: एउटा कम्प्युटर सिस्टममा इन्स्टल गरिएको अपरेटिङ सिस्टमलाई एकै पटकमा धेरै प्रयोगकर्ताहरूले कार्य गर्न सक्ने कम्प्युटरलाई
(घ) हटाएको फाइल र फोल्डर ..................... मा अवस्थित हुन्छ ।
उत्तर: रिसाइकल बिन
(ङ) ..................... कमान्ड एमएसडसमा फाइल निर्माण गर्न प्रयोग गरिन्छ ।
उत्तर: COPY CON

२. ठिक र बेठिक छुट्याऊ :

(क) वर्ड प्रोग्रामले कम्प्युटर सिस्टमलाई सुचारु गर्दछ ।
उत्तर: बेठीक
(ख) एमएस डसलाई सिङ्गल युजर अपरेटिङ सिस्टम भनिन्छ ।
उत्तर: ठिक
(ग) एमएस डस मल्टी युजर अपरेटिङ सिस्टम भनिन्छ ।
उत्तर: बेठीक
(घ) हटाएको फाइल र फोल्डर रिसाइकल बिनमा अवस्थित हुन्छ ।
उत्तर: ठिक
(ङ) माउस पोइन्टर प्रयोग गरी एमएस डसमा फाइल निर्माण गरिन्छ ।
उत्तर: बेठीक

३. तल दिएका प्रश्नको उत्तर लेख :

(क) अपरेटिङ सिस्टम भनेको के हो ?
कम्प्युटर प्रणाली तथा यसका सम्पूर्ण हार्डवेयरहरूलाई नियन्त्रण तथा सञ्चालनमा ल्याउन मद्दत गर्ने प्रोग्रामहरूको समूह वा सङ्ग्रहलाई अपरेटिङ सिस्टम भनिन्छ ।  
(ख) अपरेटिङ सिस्टमले गर्ने मुख्य तिन ओटा कार्य लेख।
उत्तर: अपरेटिङ सिस्टमले गर्ने मुख्य कार्यहरू यसप्रकार छ्न्:
(१) डिस्क व्यवस्थापन
(२) इन्पुट आउटपुट वा उपकरण व्यवस्थापन
(३) मेमोरी व्यवस्थापन
(४) फाइल र फोल्डर व्यवस्थापन
(५) सुरक्षा व्यवस्थापन
(ग) अपरेटिङ सिस्टम कति प्रकारका हुन्छन् ? तीमध्ये कुनै तिन ओटा वर्णन गर ।
उत्तर: अपरेटिङ सिस्टम मुख्यतः प्रयोगकर्ताको आधारमा सिङ्गल र मल्टी युजर गरि दुई प्रकारको हुन्छ भने इन्टरफेसको आधारमा कमाण्ड युजर इन्टरफेस र ग्राफिकल युजर इन्टरफेस गरि दुई प्रकारको हुन्छ । तिनीहरू मध्ये कुनै तिनवटाको बारेमा तल छोटकरीमा दिइएको छ:
१. विन्डोज (Windows): विन्डोज माइक्रोसफ्ट कम्पनीले बनाएको अपरेटिङ सिस्टम हो । यो २३ अक्टोबर २००९ मा सार्वजनिक गरिएको अपरेटिङ सिस्टम हो । यो ग्राफिकल युजर इन्टरफेसमा आधारित हुन्छ । हामीले माउस पोइन्टरले कम्प्युटरको विभिन्न फाइल, आइकन, सर्टकट र टास्कबारहरुमा क्लिक गरि सजिलै यो अपरेटिङ सिस्टम चलाउन सकिन्छ । विन्डोजको धेरै संस्करणहरु भएतापनि Windows XP, Windows 2007, Windows 10 र Windows 11 अती लोकप्रिय संस्करणहरु हुन् ।
२. माइक्रोसफ्ट डिस्क अपरेटिङ सिस्टम (MS-Dos): माइक्रोसफ्ट डिस्क अपरेटिङ सिस्टम कमाण्ड युजर इन्टरफेसमा आधारित अपरेटिङ सिस्टम हो । यसमा माउस आवश्यक पर्दैनँ । किबोर्डको सहायताले विभिन्न कमान्ड तथा निर्देशनहरु दिएर कम्प्युटर चलाउन सकिन्छ । यो कम्प्युटर चलाउन निकै गाह्रो हुन्छ किनकी जुनसुकै काम गर्न सहि कमाण्डहरुको ज्ञान हुनुपर्छ ।
३. एण्डोराइड: एण्डोराइड गुगलको स्वामित्वमा भएको अपरेटिङ सिस्टम हो । यो विभिन्न एण्डोराइड डिभाइसहरु जस्तैः मोबाइल, कम्प्युटर, स्मार्ट टिभी, स्मार्ट होम ग्याजेट वा अन्य उपकरणमा प्रयोग हुने अती नै लोकप्रिय अपरेटिङ सिस्टम हो । यो अपरेटिङ सिस्टम बहुउपयोगी र चलाउन निकै सजिलो हुन्छ ।
(घ) बुटिङ भनेको के हो र कति प्रकारका हुन्छन् ?
उत्तर: उत्तर: बन्द अवस्थामा रहेको वा राम्रोसँग कार्य सञ्चालन गर्न नसकिरहेको कम्प्युटरको हार्ड डिस्कमा भएको अपरेटिङ सिस्टम बुट स्ट्राप लोडरको मद्दतले र्‍याममा लोड गराई कम्प्युटर सुचारु गराउने प्रक्रिया नै बुटिङ हो । यो दुई प्रकारको हुन्छ । तिनीहरुको बारेमा तल छोटकरीमा दिइएको छ ।
१. कोल्ड बुटिङ (Cold Booting): बन्द अवस्थामा रहेको कम्प्युटरको पावर बटन थिची त्यसलाई प्रयोगमा ल्याउने प्रक्रियालाई कोल्ड बुटिङ भनिन्छ ।
२. वार्म बिटिङ (Warm Booting): कम्प्युटर अन भइरहेको अवस्थामा, किबोर्डका तिन ओटा संयुक्त किहरू (Ctrl-Alt-Del) थिचेर कम्प्युटरका सिस्टम फाइलहरू दोहोरो मेमोरीमा लोड गर्ने प्रक्रियालाई वार्म बुटिङ भनिन्छ ।
(ङ) डेस्कटप भनेको के हो ? चित्र बनाई नामकरण गर ।
उत्तर: डेक्टप भनेको कम्प्युटरका विभिन्न फाइल, आइकन, टास्कबार,  नोटिफिकेसन, सर्टकट वा वालपेपर देखिने मोनिटरको स्क्रिनको भाग हो । डेक्सटपको चित्र तल दिइएको छ:

४. परियोजना कार्य

(क) तल दिइएको जस्तै गरी विन्डोजमा माउसको सहयोगले ड्राइभ D वा ड्राइभ E भित्र निम्न लिखित फोल्डर तथा फाइलहरू बनाई त्यसभित्र वर्ड र एक्सेलका फाइलहरू बनाएर देखाऊ : (alert-success)

D: वा E:
  • English
    • Unit
    • Lesson
  • Nepali
  • Science
  • Math
    • Unit
    • Lesson
  • Health
(ख) तल दिइएअनुसार एमएस डसमा डाइरेक्टरी, सहायक डाइरेक्टरीहरू र फाइल बनाऊ :
उत्तर: शिक्षकको सहयोग लिई आफैले एमएस डसमा डाइरेक्टरी, सहायक डाइरेक्टरीहरू बनाउन कोशिश गर्नुहोला ।
  • English
  • Computer
    • System
    • Utility Software
    • Application
    • Word
      • CV.docx
    • Excel


पाठ - ७ वर्ड प्रोसेसिङ (Word Processing) | कम्प्युटर शिक्षा कक्षा ७

 Bika
पाठ - ७ वर्ड प्रोसेसिङ (Word Processing)
पाठ - ७ वर्ड प्रोसेसिङ (Word Processing)
परिचय
वर्ड प्रोसेसिङ भनेको शब्दहरूलाई टाइप गर्ने र तिनीहरूलाई आफूले चाहेको
 जस्तो आकारमा ल्याउने भन्ने बुझिन्छ । टाइप गरिएका शब्दहरूलाई आवश्यक फन्ट (font) को साइज, आकार र रङ मिलाएर आफूले चाहेको जस्तो डकुमेन्ट बनाई, त्यसलाई भविष्यको प्रयोजनका लागि कम्प्युटरमा सेभ गरिन्छ । यसअन्तर्गत टाइप गरेको प्याराग्राफको स्पेसिङ मिलाउने, आवश्यक मात्रामा बोल्ड तथा अन्डरलाइन गर्ने, विभिन्न स्टाइलहरू दिएर एक आकर्षक डकुमेन्ट तयार पार्ने आदि कार्यहरू पर्दछन्।
वर्ड प्रोसेसिङ सफ्टवेयर (Word Processing Software)
वर्ड प्रोसेसिङ सफ्टवेयर भनेको एक प्रकारको एप्लिकेसन प्रोग्राम हो । यो प्रोग्राम कम्प्युटरमा डकुमेन्टहरू तयार पार्नका लागि प्रयोग गरिन्छ । यसको प्रयोग गरेर विभिन्न प्रकारका रिपोर्टहरू, चिठीपत्र, निवेदन, कार्यालयका डकुमेन्ट जस्तो ब्रोसर (brochure), कानुनी पेपर (legal paper) हरूका साथै अरू विभिन्न किसिमका डकुमेन्ट तयार परिन्छ । यसरी तयार पारेका डकुमेन्टहरूलाई आवश्यकता अनुसार प्रिन्टरको माध्मबाट प्रिन्ट पनि गरिन्छ । यसको प्रयोग घर, विद्यालय, सरकारी तथा निजी कार्यलयहरू, उद्योगधन्दा, अस्पताल, बैङ्क, प्रकाशन गृह आदिमा गरिन्छ।
वर्ड पोसेसिट सफटवेयरका विशेषता (Feature of Word Processing Software)
(क) टेक्स्टलाई टाइप गर्न सकिन्छ ।
(ख) टाइप गरिएका टेक्स्टहरूलाई आफूले चाहेको जस्तो आकारमा चित्रहरूसहित त्यसलाई परिर्वतन गर्न सकिन्छ।
(ग) तयारी डकुमेन्टलाई प्रिन्ट गर्न सकिन्छ ।
(घ) विभिन्न आकारमा पेज सेटअप गर्न सकिन्छ ।
(ङ) चित्र तस्बिर आदि डकुमेन्टमा राख्न सकिन्छ।
(च) स्पेलिङ तथा ग्रामर मिलाउन सकिन्छ ।
(छ) पेज नम्बर हेडर, फुटर राख्न सकिन्छ ।
(ज) एउटा डकुमेन्ट दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाम र ठेगानाका लागि प्रिन्ट गर्न सकिन्छ।
(झ) एउटै कुरालाई कपी, पेस्ट गर्न आवश्यक कुरालाई सजिलै हटाउन सकिन्छ ।
(ज) टाइप गर्दै जाँदा लाइनको अन्तबाट अटोमेटिक अर्को लाइनमा झार्न सकिन्छ।
यस पाठमा वर्ड प्रोसेसिङ सफ्टवेयरका बारेमा विस्तृत जानकारी लिन र त्यसको प्रयोग गर्नका लागी एमएस वर्डका बारेमा विस्तृत रूपमा गरिन्छ।
एमएस वर्ड (MS-Word)
एमएस वर्डको पुरा रूप Microsoft Word हो। यो कम्प्युटरको प्रख्यात वर्ड प्रोसेसिङ प्रोग्राम हो। यो प्रोग्राम अमेरिका स्थित माइक्रोसफ्ट कम्पनी (Microsoft Company) ले बनाएको हो। यो प्रोग्राम एम.एस. अफिस प्याकेज (MS-office package) सँग आउँछ ।
एमएस वर्डको सुरु गर्ने तरिका (Start of MS-Word)
चरण-१ : स्टार्ट बटन क्लिक गर्ने
चरण-२ : अल प्रोग्राममा क्लिक गर्ने
चरण-३ : माइक्रोसफ्ट अफिसमा क्लिक गर्ने
चरण-४ : माइक्रोसफ्ट अफिस वर्डमा क्लिक गर्ने
अब माइक्रोसफ्ट वर्ड खुल्छ र सुरु गर्न सकिन्छ।

माइक्रोसफ्ट वर्डका मुख्य मुख्य भाग:

१. अफिस बटन
२. टाइटल बार
३. मिनिमाइज/रिस्टोर/क्लोज बटन
४. ट्याब मेनु
५. रिबन
६. क्विक एक्सिस टुलबार
७. कमान्ड ग्रुप
८. होरिजेन्टल
९. भर्टिकल रुलर
१०. स्क्रोल बार र स्क्रोल बटन
११. स्टाटस बार
नयाँ डकुमेन्ट बनाउने (Creating a New Document)
चरण-१ : अफिस बटनमा क्लिक गर्ने
चरण-२ : न्यु अप्सनमा क्लिक गर्ने । चित्रमा दिए जस्तो न्यु डकुमेन्ट डायलग बक्स देखिन्छ ।
चरण-३ : ब्ल्याङ्क डकुमेन्टलाई सेलेक्ट गरी क्रियट बटनमा क्लिक गर्ने ।
New Document on MS Word 2007
डुकुमेन्टमा टेक्स्ट इन्टर गर्ने (Entering text in Document)
न्यु डकुमेन्ट बनाएपछि माथि चित्रमा देखाए जस्तो एउटा फ्ल्यास ठाडो धर्को देखिन्छ । यसलाई कर्सर पनि भनिन्छ । यस ठाउँमा अक्षरहरू टाइप गर्न सकिन्छ । तलको चित्रमा टाइप गरिएका अक्षरको सानो अंश देखाइएको छ ।
Entering Text in MS Word Document
डकुमेन्ट सेभ गर्ने (Saving a Document)
डकुमेन्ट सेभ भनेको डकमेन्टलाई कम्प्युटरको हार्डडिस्कमा स्थायी रूपमा भन्डारण गर्नु हो, जुन काम निम्नानुसार गर्न सकिन्छ :

चरण-१ : अफिस बटन क्लिक गर्ने
चरण-२ : सेभमा क्लिक गर्ने । छेउको डायलग बक्स देखिन्छ :
चरण-३ : सेभ गर्ने ड्राइभ र फोल्डलाई सेलेक्ट गर्ने
चरण-४ : देखिएको फाइल नेम बक्समा फाइलको नाम टाइप गर्ने
चरण-५ : अनि सेभ बटन मा क्लिक गर्ने
खुलेको डकुमेन्टलाई बन्द गर्ने (Close the Open Document)
खुलेको डकुमेन्टलाई निम्न लिखित तरिकाले बन्द गर्न सकिन्छ :
चरण-१ : अफिस बटन क्लिक गर्ने
चरण-२ : क्लोज अप्सन क्लिक गर्ने । यदि डकुमेन्ट सेभ भएको छैन भने सेभ गर्ने भनेर तल चित्रमा देखाए जस्तो गरेर म्यासेज डायलग बक्स देखाउँछ ।


चरण-३ : अब यस बटनमा क्लिक गर्दा खुलेको डकुमेन्ट परिवर्तन सहितलाई सेभ गरी बन्द हुन्छ ।
एमएस बर्डबाट बाहिरिने तरिका (Exit From Word)
एमएस वर्डबाट बाहिर निकल्नुपर्‍यो भने निम्नलिखित विधि अपनाउनुपर्छ :
चरण-१ : अफिस बटनमा क्लिक गर्ने
चरण-२: एक्जिट वर्ड बटनमा क्लिक गर्ने । डकुमेन्ट सेभ नभएको भए तल चित्रमा देखाए जस्तो सेभ गर्ने भनेर म्यासेज बक्स आउँछ।

चरण-३ : Yes बटनमा क्लिक गर्ने। अब एमएस वार्डबाट बाहिरिन सकिन्छ।

पहिले नै सेभ भइसकेको डकुमेन्टलाई खोल्ने तरिका (Open Saved Document)
पहिले नै बनाएर सेभ गरेको डकुमेन्ट अफिस बटनको मेनुलिस्टमा हुँदैन । यस्तो डकुमेन्टलाई निम्न लिखित तरिकाबाट खोल्न सकिन्छ :


चरण-१ : अफिस बटनमा क्लिक गर्ने ।
चरण-२ : ओपन अप्सनमा क्लिक गर्ने । अब डायलग बक्स खुल्छ ।
चरण-३ : माई कम्प्युटर वा कम्प्युटरमा क्लिक गरी आफ्नो फाइल भएको ड्राइभलाई छानी आफ्नो फोल्डरलाई पत्ता लगाई खोल्नुपर्ने फाइल भएको ठाउँमा जाने ।
चरण-४ : आफूले खोल्नुपर्ने फाइल पत्ता लगाई त्यसलाई सेलेक्ट गर्ने ।
चरण-५ : फाइल सेलेक्ट गरेपछि ओपन गर्नलाई त्यस फाइलको नाममा डबल क्लिक गर्ने वा ओपन बटनमा क्लिक गर्ने । अब डकुमेन्ट खल्छ।
सेभ भएको डकुमेन्टलाई अर्को नाममा सेभ गर्ने तरिका (Save Document in Another Name)
एउटा नाममा सेभ भएको डकुमेन्टलाई अर्को नाममा सेभ गर्नुपरेमा निम्न लिखित विधि प्रयोग गरिन्छ :
चरण-१ : सेभ भएको डकुमेन्टलाई खोल्ने,
चरण-२ : अफिस बटनमा क्लिक गर्ने,
चरण-३ : सेभ एज अप्सनमा क्लिक गर्ने । चित्रमा देखाए जस्तो सेभ एज डायलग बक्स देखिन्छ।
चरण-४ : कहाँ सेभ गर्ने हो आफ्नो ड्राइभ फोल्डर सेलेक्ट गर्ने,
चरण-५ : अब फाइल नेम टेक्स्ट बक्समा नयाँ फाइलको नाम टाइप गर्ने,


चरण-६ : सेभ बटनमा क्लिक गर्ने । अब डकुमेन्ट नयाँ फाइल नाममा सेभ भएर बस्छ ।
इन्सर्ट र डिलिट टेक्स्ट (Insert and Delete Text)
कहिलेकाहीं टेक्स्टहरूको बिच बिचमा केही थप्नुपर्ने हुन्छ जसलाई इन्सर्ट टेक्स्ट भनिन्छ। कहिलेकाहीँ बढी भएको टेक्स्टलाई हटाउनुपर्ने हुन्छ । यसलाई डिलिट टेक्स्ट भनिन्छ।
इन्टर्सट टेक्स्ट (Insert Text)
एमएस वर्डको डकुमेन्टमा टेक्स्टलाई बिच बिचमा थप्न निम्न लिखित विधि अपनाउनुपर्छ :
चरण-१ : आफूले चाहेको ठाउँमा कर्सरलाई लैजाने र क्लिक गर्ने ।
चरण-२: अब थप्नुपर्ने टेक्स्ट टाइप गरेर थप्न सकिन्छ । तर insert off भएमा भएका अक्षरहरू मेटिदै जान्छन्।
डिलिट टेक्स्ट (Delete Text)
अनावश्यक टेक्स्टलाई निम्न लिखित विधिबाट हटाउन सकिन्छ :
(क) ब्याक स्पेस कि को प्रयोग गरेर
चरण-१ : जुन टेक्स्टलाई डिलिट गर्नुपर्ने हो त्यसको अन्तमा कर्सर लैजाने र क्लिक गर्ने,
चरण-२ : अब, किबोर्डको ब्याक स्पेस किलाई प्रेस गर्दै जाने। एक पटक प्रेस गर्दा एउटा अक्षर मेटिदै जान्छ । यो क्रिया दायाँबाट बायाँतर्फ हुन्छ।
(ख) डिलिट कि को प्रयोग गरेर
डिलिट कि को प्रयोग गरेर पनि अनावश्यक टेक्स्टलाई हटाउन सकिन्छ । यसका लागि निम्न लिखित विधि अपनाउनुपर्छ :
चरण-१ : आफूले डिलिट गर्नुपर्ने टेक्स्टको सुरुमा कर्सर लैजाने र क्लिक गर्ने,
चरण-२: अब एक एक गरेर डिलिट कि प्रेस गर्ने, अब एक एक अक्षर गरेर बायाँबाट दायाँतिर मेटिदै जान्छ।
चरण-३ : आफूले मेटाउन चाहेको टेक्स्टलाई सेलेक्ट गरी एक पटक डिलिट कि प्रेस गरेर पनि टेक्स्टलाई हटाउन सकिन्छ । यो विधि अत्यन्तै छिटो र प्रभावकारी विधि हो । यदि हामीलाई थुप्रै टेक्स्ट मेट्नुपर्ने छ भने त्यो विधि अपनाउनु राम्रो हुन्छ ।
टेक्स्ट सेलेक्सन (Text Selection)
टेक्स्ट सेलेक्सनलाई हाइलाइट गर्ने पनि भनिन्छ । यो कार्य टेक्स्टलाई मेट्न, एक ठाउँबाट अर्को ठाउँमा सार्न (move), कपी (copy) गर्न, त्यसको फन्ट आकार, नाम, रङ परिर्वतन गर्न गरिन्छ । टेक्स्ट सेलेक्ट गर्ने विभिन्न विधिहरू निम्न लिखित छन् :
सेलेक्सन (selection)
विधि (method)
शब्द सेलेक्सन (word selection)आफूले इच्छाएको शब्दमा डबल क्लिक गर्ने
एउटा लाइन सेलेक्सन (single line selection)दायाँ मार्जिनमा एक एक पटक क्लिक गर्ने
एक वाक्य सेलेक्सन (sentence selection)कन्ट्रोललाई प्रेस गरिराख्ने र आफूले इच्छाएको वाक्यमा क्लिक गर्ने
वाक्य सेलेक्सन (sentence selection)टेक्स्टको सुरुको भागमा क्लिक गर्ने, माउस बटनलाई प्रेस गरिराख्ने र यसलाई घिसारेर आफूले इच्छाएको ठाउँसम्म लैजाने
प्याराग्राफ सेलेक्सन (paragraph selection)सेलेक्ट गर्नुपर्ने प्याराग्राफको कुनै पनि ठाउँमा तिन पटक क्लिक गर्ने
सबै डकुमेन्ट सेलेक्सन (entire document selection)कन्ट्रोल र A (Ctrl+A) कि एकसाथ प्रेस गर्ने
फरम्याटिङ (formatting)
हामीले टाइप गरेको टेक्स्टलाई आवश्यकताअनुसार सानो ठुलो पार्ने तथा त्यसको फन्टको नाम आकार, रङ परिवर्तन गर्नुपर्ने हुन्छ । यसलाई टेक्स्ट फरम्याटिङ भनिन्छ । आफ्नो डकुमेन्टलाई आकर्षक र प्रभावकारी बनाउनका लागि टेक्स्ट फरम्याटिङको विशेष महत्त्व हुन्छ ।
फरम्याटिङका प्रकार
१. अक्षर (character) फरम्याटिङ (formatting)
२. प्याराग्राफ फरम्याटिङ (paragraph formatting)
३. पेज फरम्याटिङ (page formatting)
४. डकुमेन्ट फरम्याटिङ (document formatting)
अक्षर फरम्याटिङ (character formatting)
अक्षर भन्नाले डकुमेन्टमा भएको एक अक्षर/अङ्क/चिह्न/सङ्केत आदि बुझिन्छ । डकुमेन्टमा आवश्यकताअनुसार त्यस्ता अक्षरको रूपरेखा परिर्वतन गर्नुपर्ने हुन्छ । यसलाई अक्षर फरम्याटिङ (character formating भनिन्छ । यस्ता अक्षरहरूलाई फरम्याटिङ गर्दा डकुमेन्ट अत्यन्तै राम्रो र प्रभावकारी पनि देखिन्छ । अक्षर फरम्याटिङ (formatting) अन्तर्गत निम्न लिखित कुराहरू पर्दछन्, जुन होम ट्याबअन्तर्गत फन्ट भन्ने ग्रुपअन्तर्गत पर्दछ :
प्याराग्राफ फरम्याटिङ (Paragraph formatting)
प्याराग्राफ फरम्याटिङ भनेको डकुमेन्ट प्याराग्राफको टेक्स्टलाई नियन्त्रण गरी राम्रो र प्रभावकारी बनाउनु हो । प्याराग्राफ फरम्याटिङअन्तर्गत निम्न लिखित कार्य पर्छन् :
१. टेक्स्ट एलाइनमेन्ट (Text alignment)
२. प्याराग्राफ इन्डेन्टेसन (Paragraph Indentation)
३. लाइन स्पेसिङ (Line Spacing)
४. प्याराग्राफ कलरिङ (Paragraph Coloring)
५. प्याराग्राफ बोडरिङ (Paragraph Bordering)
६. बुलेट लिस्ट (Bullet List)
७ नम्बर लिस्ट (Number List)
८. मल्टिपल लिस्ट (Multiple List)
टेक्स्ट एलाइनमेन्ट पङ्क्ति बद्धता (Text Alignment)
टेक्स्टहरूको एलाइनमेन्ट भनेको डकुमेन्टको दायाँ र बायाँ मार्जिनसँग मिलाएर राख्न हो। एमएस वर्डले चार प्रकारका एलाइनमेन्टलाई सपोर्ट गर्छ, जुन निम्न लिखित प्रकार छन :
१. बायाँतर्फबाट पङ्क्तिबद्धता (Left Alignment)
२. दायाँतर्फबाट पङ्क्तिबद्धता (Right Alignment)
३. बिचबाट पङक्तिबद्धता (Center Alignment)
४. दायाँ बायाँ दुवैतर्फबाट पङ्क्तिबद्धता (Justify)
प्याराग्राफ पङ्क्तिबद्धता गर्ने तरिका (Align the paragraph)
प्याराग्राफलाई पङ्क्तिबद्ध गर्न निम्न लिखित विधि अपनाउनुपर्छ :

चरण-१ : प्याराग्राफलाई सेलेक्ट गर्ने
चरण-२ : होम ट्याबमा क्लिक गर्ने
चरण-३: प्याराग्राफ ग्रुपबाट आवश्यकताअनुसार चारमध्ये कुनै एक प्रकारको पङ्क्तिबद्धतालाई सेलेक्ट गर्न
प्याराग्राफ इन्डेन्टसन (Paragraph Indentation)
प्याराग्राफ इन्डेन्टसन भनेको दायाँ वा बाया मार्जिन (Page Margin) र प्याराग्राफबिचको खाली भाग हो। मार्जिनभित्र एउटा प्याराग्राफ वा धेरै प्याराग्राफको इन्डेन्टेसनलाई बढाउन वा घटाउन
सकिन्छ । नकारात्मक इन्डेन्ट (negative indent) पनि बनाउन सकिन्छ, जसलाई आउटडेन्ट पनि भनिन्छ । एमएस वर्डले चार प्रकारको इन्डेन्ट सपोर्ट गर्छ जुन निम्न लिखित छन् :
१. दायाँ इन्डेन्ट (right indent)दायाँ किनाराबाट टेक्स्टलाई इन्डेन्ट गर्छ ।
२. बायाँ इन्डेन्ट (left indent)बायाँ किनाराबाट टेक्स्टलाई इन्डेन्ट गर्छ ।
३. पहिलो लाइन इन्डेन्ट (first line)बायाँ किनार पहिलोलाई टेक्स्टलाई इन्डेन्ट गर्छ ।
४. ह्यागिङ (hanging)बायाँ किनाराको पहिलो लाइनबाहेक सबै लाइनलाई इन्डेन्ट गर्छ।
प्याराग्राफ इन्डेन्ट (Paragraph Indent)
प्याराग्राफ इन्डेन्ट (paragraph indent) सेट गर्न निम्न लिखित विधि अपनाउनुपर्छ :
चरण-१ : जहाँ इन्डेन्टसेट गर्ने हो त्यहीँ कर्सरलाई राख्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३: प्याराग्राफ समूहको फ्लायर मेनु बटनमा क्लिक गर्ने,
चित्रमा देखाए जस्तो प्याराग्राफ डायलग बक्स देखिन्छ।
चरण-४ : इन्डेन्ट र स्पेसिङ ट्याब क्लिक गर्ने,
चरण-५ : दायाँ र बायाँ इन्डेन्ट सेट गर्ने लेफ्ट र राइट ड्रपडाउन बक्समा भ्यालु सेट गर्ने,
चरण-५: पहिलो लाइनदेखि बाहेक अरू सबै लाइनमा इनडेन्ट गर्ने भए स्पेसल ड्रपडाउन बक्समा इच्छाअनुसारको भ्यालु सेट गर्ने ।
चरण-६ : बाई ड्रपडाउन बक्स स्पेसल इन्डेन्टमा बायाँ किनारा र टेक्स्टको बिचको खाली भागका लागि भ्यालु सेट गर्ने,
चरण-७ : पहिलो लाइनलाई मात्र इन्डेन्ट सेट गर्ने,
चरण-८ : अब ओके बटनमा क्लिक गर्ने,
Paragraph Indent on MS Word 2007
लाइन स्पेसिङ सेट गर्ने (Set the Line Spacing)
लाइन स्पेसिङ सेट भनेको प्याराग्राफको लाइनका बिचमा सेतो खाली ठाउँ हो। यसलाई प्वाइन्टमा नापिन्छ । विभिन्न किसिमका लाइन स्पेसिङ सेट गर्न मिल्छ, जुन निम्नानुसार छन् :
१. Single Spacing
२. 1.5 lines
३. Double
४. At least
५. Exactly
६. Multiple
प्याराग्राफमा लाइन स्पेसिङ सेट गर्न निम्न लिखित विधि अपनाउनुपर्ने हुन्छ :

चरण-१ : लाइन स्पेसिङ सेट गर्नुपर्ने प्याराग्राफ सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३: प्याराग्राफ समूहको फ्लायर मेनु बटनमा क्लिक गर्ने चित्रमा देखाए जस्तो प्याराग्राफ डायलग बक्स देखिन्छ ।
चरण-४ : आवश्यकताअनुसारको लाइन स्पेसिङ ड्रपडाउन बक्स सेलेक्ट गर्ने,
चरण-५ : अब ओके बटनमा क्लिक गर्ने,
यसरी सेलेक्ट गरेको प्याराग्राफ आफूले सेट गरेअनुसारको लाइन स्पेसिङ देखिन्छ ।
प्याराग्राफ स्पेसिङ (Paragraph spacing)
दुई वा दुईभन्दा बढी प्याराग्राफको बिचमा रहेको सेतो खाली भागलाई प्याराग्राफ स्पेसिङ भनिन्छ । प्याराग्राफ स्पेसिङ सेट गर्न निम्न लिखित बिधि अपनाउनुपर्ने हुन्छ :
Paragraph Spacing on MS Word 2007

चरण-१: इच्छाएका प्याराग्राफ सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३ : प्याराग्राफ समूहको फ्लायर बटनमा क्लिक गर्ने, छेउको प्याराग्राफ डायलग बक्स देखिन्छ ।
चरण-४ : इन्डेन्ट र स्पेसिङ ट्याब सेलेक्ट नभएको भए सेलेक्ट गर्ने,
चरण-५ : बिफोर आफ्टर ड्रपडाउन बक्समा भ्यालु सेट गर्ने,
चरण-६ : ओके बटनमा क्लिक गर्ने
अब सेलेक्ट गरिएका प्याराग्राफहरू बिचमा सेतो खाली भागको मात्र प्याराग्राफ डायलग बक्समा सेतो गरेको भ्यालु अनुसार देख्न सकिन्छ।
बुलेट सेट गर्ने (Set the Bullets)
बुलेट सेट गर्न निम्न लिखित विधि प्रयोग गरिन्छ :
चरण-१ : बुलेट सेट गर्न इच्छाएको प्याराग्राफहरूलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३ : प्याराग्राफ समूहको बुलेट बटनमा क्लिक गर्ने,
चरण-४ : अब आफ्नो इच्छाअनुसारको बुलेटको प्रकारलाई क्लिक गर्ने,

अब सेलेक्ट गरेको प्याराग्राफमा बुलेट सेट हुन्छ ।
नम्बरिङ लिस्ट (Numbering List)
प्याराग्राफहरूमा नम्बरिङ लिस्ट सेट गर्न निम्न लिखित विधि अपनाउनुपर्छ :
चरण-१ : नम्बरिङ लिस्ट सेट गर्नुपर्ने प्याराग्राफहरू सेलेक्ट गर्ने,
चरण-२ : होम मेनुमा क्लिक गर्ने,
चरण-३ : प्याराग्राफ समूहअन्तर्गत पर्ने नम्बरिङ बटनको टप डाउन बटन क्लिक गर्ने । अब नम्बरिङ लाइब्रेरी देखिन्छ।

चरण-४ : उक्त लाइब्रेरीबाट आफूले इच्छाएको नम्बरिङ लिस्टलाई क्लिक गर्ने अब सेलेक्ट गरेको प्याराग्राफमा नम्बरिङ लिस्ट देखिन्छ ।
मल्टिलेभल लिस्ट (Multi Level List)
प्याराग्राफमा मल्टिलेभल लिस्ट सेट गर्न निम्न लिखित विधिहरू अपनाउनुपर्ने हुन्छ :
चरण-१ : प्याराग्राफहरूलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याब मेनुमा क्लिक गर्ने,
चरण-३ : प्याराग्राफ समूहको मल्टिलेभल बटनको डाउन एरोमा क्लिक गर्ने,
चरण-४ : अब, आफूले इच्छाएको लिस्टको प्रकारलाई क्लिक गर्ने ।

प्याराग्राफलाई रङ्ग्याउने (Coloring the Paragraph)
कहिलेकाहीं डकुमेन्टको प्याराग्राफलाई रङ्ग्याउनुपर्ने हुन्छ। रङ्ग्याउने काम निम्न लिखित विधिबाट गर्न सकिन्छ ।
चरण-१ : रङ्ग्याउनुपर्ने प्याराग्राफहरूलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याब मेनुमा क्लिक गर्ने,
चरण-३ : प्याराग्राफ समूहको स्याडिङ बटनको डाउन एरोमा क्लिक गर्ने । तल चित्रमा देखाए जस्तो थेम्स कलर बक्स देखिन्छ ।


चरण-४ : अब आफूले इच्छाएको रङलाई क्लिक गर्ने, अब चित्रमा देखाए जस्तो एक रङको चार्ट देखापर्छ । उक्त रङको चार्टबाट प्याराग्राफहरू रङ्गीन बनाउन सकिन्छ।
प्याराग्राफमा बोर्डर हाल्ने (Bordering the Paragraph)
प्याराग्राफलाई बोर्डर हाल्न निम्न लिखित विधिहरू अपनाउनुपर्छ :
चरण-१ : बोडर हालपनुपर्ने प्याराग्राफलाई तल चित्रमा देखाए जस्तो गरेर सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याब मेनुमा क्लिक गर्ने,
चरण-३ : प्याराग्राफ समूहको बोर्डर एन्ड स्याडिङ बटनको डाउन एरोमा क्लिक गर्ने, चित्रमा दिए जस्तो बोर्डरहरूको अप्सन बक्स देखिन्छ,
चरण-४ : आवश्यक बोर्डरलाई क्लिक गर्ने, अब तल चित्रमा दिए जस्तो प्याराग्राफमा म बोर्डर सेट हुन्छ ।
चरण-५ : यदि बोर्डरलाई केही परिर्वतन गर्ने हो भने बोर्डर एन्ड स्याडिङ अप्सनमा क्लिक गर्ने । अब चित्रको जस्तो बोर्डर एन्ड स्याडिङ डायलग बक्सबाट इच्छाएको बोर्डर बनाउन सकिन्छ । 
चरण-६ : आवश्यकताअनुसारको बोर्डरको प्रकार सेलेक्ट गर्ने,
चरण-७: बोर्डरको स्टाइल सेलेक्ट गर्ने,
चरण-८ : कलर सेलेक्ट गर्ने,
चरण-९ : बोर्डरका लागि उपयुक्त लाइन साइज सेलेक्ट गर्ने,
चरण-१० : एप्लाई टुमा प्याराग्राफ सेलेक्ट गर्ने,
चरण-११ : अब ओके बटनमा क्लिक गर्ने,


प्याराग्राफलाई स्याडिङ गर्ने (Shading the Paragraph)
प्याराग्राफलाई स्याडिङ गर्न निम्न लिखित विधि अपनाउनुपर्छ :
चरण-१ : तल चित्रमा देखाए जस्तो गरेर इच्छाएको प्याराग्राफलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३ : प्याराग्राफ समूहको बोर्डर एन्ड स्याडिङ बटन डाउन एरोमा क्लिक गर्ने, तल चित्रमा जस्तो अप्सन बक्स देखापर्छ,
चरण-४ : बोर्डर एन्ड स्याडिङ अप्सनलाई सेलेक्ट गर्ने । अब चित्रमा दिए जस्तो बोर्डर एन्ड स्याडिङको डायलग बक्स आउँछ ।

चरण-५ : डायलग बक्सको स्याडिङ बटनलाई क्लिक गर्ने, चित्रमा दिए जस्तो डायलग बक्स आउँछ।
चरण-६ : इच्छाअनुसार फिल कलर छान्ने,
चरण-७ : प्याटर्न अन्तर्गत पर्ने स्टाइल र कलर सेलेक्ट गर्ने,
चरण-८ : एप्लाई टु मा प्याराग्राफ सेलेक्ट गर्ने,
चरण-९ : ओके बटनमा क्लिक गर्ने,
पेज डकुमेन्ट फरम्याटिङ (Page Document Formatting)
पेज तथा डकुमेन्ट फरम्याटिङअन्तर्गत निम्न लिखित विधिहरू पर्दछन् :
१. मार्जिन र पेज सेटअप (Margin and Page Setup)
२. हेडर एन्ड फुटर (Header and Footer)
३. पेज नम्बर (Page number)
पेज ब्रेक एन्ड सेक्सन ब्रेक (Page Breaks and Section Break)
मार्जिन र पेज सेटअप (Margin page Setup)
पेज मार्जिन भनेको पेजको वरिपरि चारैतिर भएको सेतो खाली भाग हो । मार्जिनको बिचको भागलाई प्रिन्टेवल क्षेत्र (Printable Area) भनिन्छ । जहाँ टेक्स्ट/ग्राफिक्स इन्सर्ट गरिन्छ । पेज सेटअप भन्नाले डकुमेन्टको मार्जिन ओरियन्टेसन, पेजको आकार, पेजमा हुने कलमहरूलाई आवश्यकताअनुसार व्यवस्थित गर्न भन्ने बुझिन्छ । डकुमेन्टको मार्जिन र पेज सेटअप निम्न लिखित विधिबाट गरिन्छ :
चरण-१: पेज लेआउट ट्याबमा क्लिक गर्ने
चरण-२: मार्जिन बटनको डाउन एरोमा क्लिक गर्ने । चित्रमा देखाए जस्तै कस्टम मार्जिन (custom margin) देखिन्छ,

चरण-३ः कस्टम मार्जिनमा क्लिक गर्ने, चित्रमा देखाए जस्तो पेज सेटअप डयलग बक्स आउँछ
चरण-४: आवश्यकताअनुसारको चारै किनाराका मार्जिनेको भ्यालुसेट गर्ने,
चरण-५ : इच्छा तथा आवश्यकताअनुसारको ओरिन्टेसन पोट्रेट र ल्यान्डस्केपमध्ये कुनै एकलाई सेलेक्ट गर्ने,
चरण-६ : पेपर ट्याबमा क्लिक गरेर पेपरको आकार सेलेक्ट गर्ने,
चरण-७ : ओके बटनमा क्लिक गर्ने ।
हेडर र फुटर सेट गर्ने (Set Header and Footer)
हेडर र फुटर भनेको डकुमेन्टको तल र माथि साइड मार्जिनको ठाउँ हो । यहाँ टेक्स्ट वा ग्राफिक्स राख्न सकिन्छ । पेज नम्बर, समय, मिति, कम्पनीको लोगो, डकुमेन्टको टाइटल नाम आदि पनि डकुमेन्टको हेडर र फुटरमा राख्न सकिन्छ । यहाँ यस्तै विधि दिइएको छ :

चरण-१ : इन्सर्ट ट्याबमा क्लिक गर्ने,
चरण-२ : हेडर सेट गर्न हेडर एन्ड फुटर समूहको हेडर बटनको डाउन एरो बटनमा क्लिक गर्ने । चित्रमा जस्तो हेडरको स्टाइल अप्सन बक्स देखिन्छ ।
चरण-३ : इच्छाएको अप्सनमा क्लिक गर्ने । तल चित्रमा देखाए जस्तो हेडर इडिटिङ बक्स आउँछ । उक्त हेडर अप्सनबाट उचित अप्सन छनोट गर्ने,
चरण-४ : हेडरको नाम लेख्ने
चरण-५ : क्लोज हेडर एन्ड फुटर बटनमा क्लिक गर्ने वा डकुमेन्टमा कर्सरलाई राखी डबल क्लिक गर्ने ।

अब उक्त डकुमेन्टमा हेडर सेट हुन्छ । फुटर सेट गर्न पनि हेडर सेट गरे जस्तै विधि अपनाए गर्न सकिन्छ ।
पेज नम्बर राख्ने (Insert page Number)
डकुमेन्टमा पेज नम्बर राख्न निम्न लिखित विधि अपनाउनुपर्ने हुन्छ :
चरण-१ : इन्सर्ट ट्याबमा क्लिक गर्ने
चरण-२: हेडर एन्ड फुटर समूहअन्तर्गतको पेज नम्बर बटनको डाउन एरोमा क्लिक गर्ने । तल चित्रमा देखाए जस्तो अप्सन लिस्ट आउँछ ।
चरण-३: अब, पेज नम्बर राख्न इच्छाअनुसार ठाउँ सेलेक्ट
गर्ने,
चरण-४: आवश्यकताअनुसारको अप्सनलाई छान्ने । 

अब, डकुमेन्टमा पेज नम्बर इन्सर्ट हुन्छ ।
क्रियाकलाप
वर्ड प्रोसेसिङका कस्ता कस्ता कार्यका लागि प्रयोग गरिन्छ, सूची तयार गर ।
उत्तर: वर्ड प्रोसेसिङ भनेको शब्दहरूलाई टाइप गर्ने र तिनीहरूलाई आफूले चाहेको जस्तो आकारमा ल्याउनु हो । वर्ड प्रोसेसिङ निम्न कार्यहरुको लागि प्रयोग गरिन्छ:
- विभिन्न डकुमेन्ट लेखन, सम्पादन, भण्डारण र प्रिन्ट गर्न,
- डकुमेन्टभित्रका टेक्स्ट, इमेज वा विभिन्न गणितीय आकारहरुलाई आवश्यकता अनुसार कपि, पेस्ट, मुभ र डिलिट गर्न,
- टेक्स्टहरुलाई फर्म्याटिङ जस्तै; बोल्ड, इटालिक, अन्डरलाइन, स्ट्राइक थ्रु, सुपर स्क्रिप्ट, सब स्क्रिप्ट, आदि गर्न ।
- आवश्यकता अनुसार टेबल राख्न वा सम्पादन गर्न,
- विभिन्न एलिमेन्टहरु जस्तै; हाइपरलिंक, सफ्टवेयर, फोटो, भिडियो, आदी राखेर डकुमेन्ट तयार गर्न ।
- लेखिएको डकुमेन्टको स्पेलिङ तथा ग्रामर मिलाउन ।
अन्यास
१. तलका खाली ठाउँमा मिल्ने शब्द भर :
(क) वर्ड प्रोसेसिङ सफ्टवेयर भनेको ................ हो ।
उत्तर: शब्दहरूलाई टाइप गर्ने र तिनीहरूलाई आफूले चाहेको जस्तो आकारमा ल्याउने सफ्टवेयर
(ख) ................. कम्प्युटरको प्रख्यात वर्ड प्रोसेसिङ सफ्टवेयर हो।
उत्तर: माइक्रोसफ्ट वर्ड
(ग) कर्सर भएको ठाउँमा ................. गर्न सकिन्छ ।
उत्तर: अक्षरहरू टाइप गर्न
(घ) डकुमेन्ट .............. गर्ने भन्नाले हार्डडिस्कमा स्थायी रूपमा . ............... गर्नु हो।
उत्तर: सेभ
(ङ) एमएस वर्डले ................ प्रकारका एलाइनमेन्टलाई सपोर्ट गर्छ ।
उत्तर: चार
२. ठिक र बेठिक छुट्याऊ :
(क) प्याराग्राफहरूको बिचको सेतो खाली भागलाई प्याराग्राफ स्पेसिङ भनिन्छ ।
उत्तर: ठिक
(ख) मार्जिनको बिचको भागलाई प्रिन्टेबल क्षेत्र भनिन्छ ।
उत्तर: ठिक
(ग) पेज मार्जिन भनेको पेजको वरिपरि चारैतिर भएको सेतो खाली भाग भन्ने बुझिन्छ ।
उत्तर: ठिक
(घ) हेडर र फुटरमा टेक्स्ट राख्न सकिँदैन ।
उत्तर: बेठीक
(ङ) पेज नम्बर डकुमेन्टको फुटरमा मात्र राख्न सकिन्छ ।
उत्तर: बेठीक
३. तलका प्रश्नको उत्तर लेख :
(क) वर्ड प्रोसेसिङ भनेको के हो, यसका मुख्य कामहरू के के हुन् ?
उत्तर: वर्ड प्रोसेसिङ भनेको शब्दहरूलाई टाइप गर्ने र तिनीहरूलाई आफूले चाहेको जस्तो आकारमा ल्याउनु हो । यसका कामहरुको निम्नानुसार छन्:
  • विभिन्न डकुमेन्ट लेखन, सम्पादन, भण्डारण र प्रिन्ट गर्ने,
  • डकुमेन्टभित्रका टेक्स्ट, इमेज वा विभिन्न गणितीय आकारहरुलाई आवश्यकता अनुसार कपि, पेस्ट, मुभ र डिलिट गर्ने,
  • टेक्स्टहरुलाई फर्म्याटिङ जस्तै; बोल्ड, इटालिक, अन्डरलाइन, स्ट्राइक थ्रु, सुपर स्क्रिप्ट, सब स्क्रिप्ट, आदि गर्ने ।
  • आवश्यकता अनुसार टेबल राख्न वा सम्पादन गर्ने,
  • विभिन्न एलिमेन्टहरु जस्तै; बुलेट, चार्ट, हाइपरलिंक, सफ्टवेयर, फोटो, भिडियो, आदी राख्ने,
  • लेखिएको डकुमेन्टको स्पेलिङ तथा ग्रामर मिलाउने ।
(ख) वर्ड प्रोसेसिङ सफ्टवेयरका विशेषताहरू के के हुन् ?
उत्तर: वर्ड प्रोसेसिङ सफ्टवेयरका विशेषताहरू निम्नानुसार छन्:
१. टेक्स्टलाई टाइप गर्न सकिन्छ ।
२. टाइप गरिएका टेक्स्टहरूलाई आफूले चाहेको जस्तो आकारमा चित्रहरूसहित त्यसलाई परिर्वतन गर्न सकिन्छ ।
३. तयारी डकुमेन्टलाई प्रिन्ट गर्न सकिन्छ ।
४. विभिन्न आकारमा पेज सेटअप गर्न सकिन्छ ।
५. चित्र तस्बिर आदि डकुमेन्टमा राख्न सकिन्छ।
६. स्पेलिङ तथा ग्रामर मिलाउन सकिन्छ ।
७. पेज नम्बर हेडर, फुटर राख्न सकिन्छ ।
८. एउटा डकुमेन्ट दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाम र ठेगानाका लागि प्रिन्ट गर्न सकिन्छ ।
९. एउटै कुरालाई कपी, पेस्ट गर्न आवश्यक कुरालाई सजिलै हटाउन सकिन्छ ।
१०. टाइप गर्दै जाँदा लाइनको अन्तबाट अटोमेटिक अर्को लाइनमा झार्न सकिन्छ ।
(ग) प्याराग्राफ स्पेसिङ र लाइन स्पेसिङ बिच फरक देखाऊ ।
उत्तर: प्याराग्राफ स्पेसिङ भनेको दुई वा दुईभन्दा बढि अनुच्छेहरुको बिचमा हुने खाली ठाउँ हो, भने लाइन स्पेसिङ भनेको एउटा अनुच्छेद भित्रको माथिल्लो लाइनको वाक्य र तल्लो लाइनको बाक्यहरु बिचको खाली ठाउँ (gap) हो । यिनीहरू बिचको फरकलाई तलको ताकिकामा देखाइएको छ ।

प्याराग्राफ स्पेसिङ
लाइन स्पेसिङ
१. यो दुई वा दुईभन्दा बढि अनुच्छेहरुको बिचमा हुने खाली ठाउँ हो ।१. अनुच्छेद भित्रको माथिल्लो लाइनको वाक्य र तल्लो लाइनको बाक्यहरु बिचको खाली ठाउँ 
२. यसले अनुच्छेदहरु छुट्याउन सहिलो र समग्र डकुमेन्टलाई नै आकर्षक बनाउँछ ।२. यसले डकुमेन्टका वाक्यहरु पढ्नको लागि सजिलो गराउँछ ।
३. यो दुई अनुच्देहरुको बिचमा मात्र हुन्छ ।३. यो प्रत्येक हरफहरुमा हुन्छ ।
 ४. यो जति कम गर्‍यो उति अनुच्छेदहरु नजिक देखिन्छ ।४. यसलाई जति कम गर्‍यो उति वाक्यको लाइनहरु खँदिलो देखिन्छ ।
(घ) मार्जिन र पेज सेटअप भन्नाले के बुझिन्छ ?
उत्तर: पेज मार्जिन भनेको पेजको वरिपरि चारैतिर भएको सेतो खाली भाग हो, जहाँ टेक्स्टहरु लेख्ने र आवश्यकता अनुसार ग्राफिक्स इन्सर्ट गरिन्छ । त्यस्तै, पेज सेटअप भनेको आफ्नो इच्छा अनुसार डकुमेन्टको मार्जिन ओरियन्टेसन, पेजको आकार, पेजमा हुने कोलमहरूलाई व्यवस्थित गर्ने भन्ने बुझिन्छ ।
(ङ) हेडर र फुटर भनेको के हो ? यो केका लागि प्रयोग गरिन्छ ?
उत्तर: डकुमेन्टको सबैभन्दा माथीको भाग हेडर हो, जहाँ कम्पनी नाम, स्लोगान, ब्राण्डिङ लोगो, ठेगाना, सम्पर्क फोन नंबर, इमेल, वेवसाइट, आदी र कहिले पेज नंबर पनि राखिन्छ । फुटर भनेको डकुमेन्टको सबैभन्दा तल्लो भाग हो, जहाँ विशेषगरि पेज पेज नंबर र कहिलेकाहीँ कम्पनी नाम, स्लोगान, ब्राण्डिङ लोगो, ठेगाना, सम्पर्क फोन नंबर, इमेल, वेवसाइट, आदी पनि राख्ने गरिन्छ ।
४. परियोजना कार्य (Project Work)
तल दिइए जस्तै तिन ओटा डकुमेन्ट तयार गर :
PAGE MARGIN
 To change the default margins, click Margins after you select a new margin, and then click Custom Margins. In the Page Setup dialog box, click the Default button, and then click Yes. The new default settings are saved in the template on which the document is based. Each new document based on that template automatically uses the new margin settings. To change the margins for part of a document, select the text, and then set the margins that you want by entering the new margins in the Page Setup dialog box. In the Apply to box, click Selected text. Microsoft Word automatically inserts section breaks (section break: A mark you insert to show the end of a section. A section break stores the section formatting elements, such as the margins, page orientation, headers and footers, and sequence of page numbers.) before and after the text that has the new margin settings. If your document is already divided into sections, you can click in a section or select multiple sections and then change the margins.
List of Input DeviceList of Output Device
KeyboardMonitor
MousePrinter
JoystickSpeaker
उत्तर: पेज मार्जिन मिलाउनको लागि 'पेज सेटअप' ट्याबमा गएर 'मार्जिन' भन्नेमा क्लिक गर्ने र मिलाउने गर्नुहोस् । शिक्षकको सहयोग लिएर आफैले उक्त कार्य गर्ने प्रयास गर्नुहोला ।
HomeGrade VII - Computerपाठ - ८ स्प्रेडसिट (Spreadsheet) | कम्प्युटर शिक्षा कक्षा ७
पाठ - ८ स्प्रेडसिट (Spreadsheet) | कम्प्युटर शिक्षा कक्षा ७
 Bikas Gurung
 16 minute read
2


पाठ - ८ स्प्रेडसिट (Spreadsheet) | कम्प्युटर शिक्षा कक्षा ७
पाठ - ८ स्प्रेडसिट (Spreadsheet)
Table of Contents (विषयसूचीहरु)
परिचय
स्प्रेडसिट भनेको कम्प्युटरको एप्लिकेसन सफ्टवेयर (application software) हो । यो सफ्टवेयर हिसाब गर्न र त्यसबाट निस्किएका नतिजाहरूलाई मूल्याङ्कन (evaluation) गर्नका लागि प्रयोग गरिन्छ । यी स्प्रेडसिट (spreadsheet) हरू पङ्क्ति (row) र स्तम्भ (column) हरूको मिश्रणबाट बनेको हुन्छ । म्यानुवल (manual) ग्राफको कागजी सिट प्रयोग गरे जस्तै हो तर यो विद्युतीय माध्यममा हुन्छ ।
प्रेडसिट (spreadsheet) हरू कार्यालयको हिसाब गर्न, त्यसको परिणाम तयार पार्न, आर्थिक प्रतिवेदन (financial report) तयार पार्न, तलबी प्रतिवेदन (salary sheet), विद्यालय, क्याम्पस, विश्व विद्यालयमा विद्यार्थीहरूको परीक्षा फल तयारी जस्ता काममा स्प्रेडसिट सफ्टवेयरको प्रयोग गरिन्छ।
यस्ता स्प्रेडसिट कागजमा लेखेर पनि तयार पारिन्छ जसलाई हातले बनाएको वा म्यानुबल स्प्रेडसिट भनिन्छ । तर कम्प्युटरमा बनाएका स्प्रेडसिटलाई विद्युतीय स्पेडसिट (electronic spreadsheet) भनिन्छ । Lotus 1-2-3, Quatropro, Excel, आदि Electronic Spreadsheet प्रोग्राम हुन्।

स्प्रेडसिटका विशेषताहरू (Features of Spreadsheet)
(क) सजिलो तथा गारो गणितीय कार्य गर्न सकिन्छ ।
(ख) डाटाहरूलाई टेबुलर फर्मेटमा राख्न सकिन्छ ।
(ग) सुरक्षित गरिएका डाटाहरू परिमार्जन गर्दा जोड आदि स्वत: परिमार्जन हुन्छन् ।
(घ) चार्टहरू निर्माण गर्न सकिन्छ ।
माइक्रोसफ्ट एक्सेल (Microsoft Excel)
माइक्रोसफ्ट एक्सेल अत्यन्तै लोकप्रिय स्प्रेडसिट सफटवेयर हो ।यो सफ्टवेयर विन्डोज अप्रेटिङ सिस्टम (windows operating system) भएका कम्प्युटरहरूमा माइक्रोसफ्ट अफिस प्याकेज (Microsoft Office Package) राखेपछि प्रयोग गर्न सकिन्छ । यस प्रोग्राममा कम्प्युटरमा हिसाब गर्न र हिसाब राख्न धेरै सूत्रहरू (formula) र फङ्सन (function) छन् जसले गर्दा हिसाब गर्न र नम्बर डाटाहरूलाई प्रशोधन गर्न सजिलो हुन्छ । यस प्रोग्राममा बनेका फाइललाई वर्कबुक (workbook) भनिन्छ । यसका फाइलको extension नाम .xlsx हुन्छ । यो प्रोग्राम अमेरिकाको माइक्रोसफ्ट (Microsoft) कम्पनीले बनाएको हो । MS-Excel 2003, MS-Excel 2007 र MS-Excel 2010 लोकप्रिय भर्सन हुन् । यस पाठमा MS-Excel-2007 बारेमा चर्चा गरिने छ ।
माइक्रोसफ्ट एक्सेलका विशेषताहरू (Features of MS-Excel)
(क) यसले जियुआई (GUI-graphical user interface) गर्न सपोर्ट गर्छ ।
(ख) यसले दुई वा दुईभन्दा बढी वर्क सिट (work sheet) मा काम गर्न सजिलो बनाउँछ ।
(ग) यसमा विभिन्न किसिमका रेखा चित्र (Graphic) हरू बनाउन सकिन्छ ।
(घ) यसमा विभिन्न किसिमका हिसाब सजिलै हल (solve) गर्न सकिन्छ ।
एमएस एक्सेल कसरी सुरु गर्ने (How to Start MS-Excel)
एमएस एक्सेल सुरु गर्नका लागि निम्न लिखित कुरा गर्नुपर्छ :
चरण-१ : सुरु बटन (Start button) मा क्लिक गर्ने,
चरण-२ : अल प्रोग्राम (All program) मेनुमा क्लिक गर्ने,
चरण-३ : माइक्रोसफ्ट अफिस (Microsoft office) मा क्लिक गर्ने,
चरण-४ : माइक्रोसफ्ट अफिस एक्सेल (Microsoft office excel) क्लिक गर्ने,
Starting MS Excel
यी चार ओटा चरणहरू गरिसकेपछि एमएस एक्सेल प्रोग्राम कम्प्युटरमा खुल्छ । यस सफ्टवेयरबाट विभिन्न गणितीय कार्य गर्न सकिन्छ।
वर्कबुक (Workbook)
वर्कसिटको समूहलाई वर्कबुक भनिन्छ । सेभ गरिने वा गरिएको फाइललाई पनि वर्कबुक भनिन्छ । यसमा तिन ओटा वर्कसिट पहिलो स्क्रिनमा देखिन्छ र आवश्यकताअनुसार नयाँ वर्कसिट ल्याउन सकिन्छ।

वर्कसिट (Worksheet)
सेलहरूको समूहलाई वर्कसिट भनिन्छ । यो रो (row) र कोलम (column) को समिश्रणबाट बनेको हुन्छ, जसलाई सेल (cell) भनिन्छ । यसमा अक्षर र अङ्क टाइप गरी सिट तयार गर्न सकिन्छ । एमएक्सेलको २००७ भर्सनमा एउटा वर्कसिटमा जम्मा रो १०४८५७६, कोलम १६३८४ र सेल १,७१,७९,८६,९९,१८४ ओटा हुन्छन् । तर यो सङ्ख्या पनि प्रत्येक सफ्टवेयरको संस्करणमा भर पर्छ ।
एमएस एक्सेल स्क्रिनका भागहरू (Components of MS-Excel)
१. टाइटल बार (Title Bar)
२. रो हेडिङ (Row Heading)
३. कलम हेडिङ (Column Heading)
४. वर्कसिट ट्याब (Work sheet Tab)
५. स्क्रल बटन (Worksheet tab scroll Button)
६. स्क्रल वार (Scroll Bar)
७. मेनु ट्याब बटन (Menu Tab Button)
८. रिबन (Ribbon)
९. फर्मुला बार (Formula Bar)
डेक्स्टपमा देखिने एक्सेल विन्डो
वर्कसिटमा डाटाहरू
वर्कसिटमा डाटाहरू राख्नका लागि निम्न लिखित कुराहरू गर्नुपर्दछ :
चरण-१: माउसले क्लिक गरेर सेललाई छान्ने,
चरण-२ : छानिएको सेलमा डाटा लेख्ने,
चरण-३: एरो कि हरूवाट कर्सरलाई अरू सेलमा सारेर अरू आँकडा र त्यसका नाम पनि टाइप गर्दै जाने,
उदाहरणका लागि तलको वर्कसिट हेर:


वर्कबुकलाई सेभ गर्ने (Saving the Work Book)
वर्कबुकलाई भविष्यमा फेरि प्रयोग गर्नका लागि एमएस एक्सेलमा निम्न लिखित तरिकाबाट स्थायी रूपमा कम्प्युटरमा भन्डारण गर्न सकिन्छ :
Saving Documents on Excel
चरण-१ : अफिस बटनमा क्लिक गर्ने
चरण-२: सेभ अप्सनमा क्लिक गर्ने
चरण-३: अब चित्रमा दिए जस्तो सेभ एज डाइलग बक्स (save as dialog box) आउने छ। जहाँ वर्क बुकका फाइलको नाम टाइप गर्न सकिन्छ।
चरण-४ : फाइल नेम बक्समा बर्क बुकका लागि मिल्दो र सुहाउँदो नाम टाइप गर्ने,
चरण-५ : डायलग बक्सको सेभ बटनमा क्लिक गरी सेभ गर्ने,
सेभ गरिएको वर्कबुकलाई खोल्ने (Opening Saved Workbook)
सेभ गरेर राखेको वर्कबकलाई निम्न लिखित विधिहरू पुरा गरेर गर्न सकिन्छ :
चरण-१: ओपन बटनमा क्लिक गर्ने,
चरण-२ : ओपनमा क्लिक गर्ने,
चरण-३ : अब ओपन डाइगल बक्स आउँछ,
चरण-४: देखिएको डाइगल बक्समा आफ्नो वर्कबुकको फाइलको नाम छान्ने,
चरण-५ : फाइलको नाम छानेपछि ओपन बटनमा क्लिक गर्ने,
चरण-६ : अब पहिले बनाएर सेभ गरेको उक्त नामको वर्कबुक कम्प्यटरमा खुल्छ ।

खोलिएको वर्कबुकलाई आफ्नो कार्य समाप्ति पश्चात् बन्द गर्नुपर्ने हुन्छ । यसरी खोलिएको वर्कबुक बन्द गर्नका लागि तल दिएका चरणहरू पुरा गर्नुपर्ने हुन्छ ।

चरण-१ : अफिस बटनमा क्लिक गर्ने,
चरण-२ : क्लोजमा क्लिक गर्ने,
चरण-३ : यदि वर्कबुक सेभ भएको छैन भने एक सूचना बक्स (message box) देखिन्छ । जसले वर्कबुकमा परिवर्तन भएको छ, त्यसलाई सेभ गर्नुपर्छ वा पर्दैन भन्ने सङ्केत गर्छ ।
चरण-४ : यदि हो भन्ने बटनमा क्लिक गर्दा भने त्यो सेभ हुन्छ तर होइन भन्ने बटनमा क्लिक गर्दा भने सेभ हुँदैन।
चरण-४ : हो वा होइनमा क्लिक गरिसकेपछि मात्र खोलेको वर्कबुक बन्द हुन्छ।
Exist Conformation Popup on Excel
बर्कसिटको सम्पादन (Editing worksheet)
बर्कसिटको सम्पादन भन्नाले वर्कसिटमा भएका data लाई परिमार्जन वा थप घट, काँटछाँट गर्नु भन्ने बुझिन्छ । एमएस एक्सेलले एउटा मात्र सेल, समूहगत सेल (group of cell) वा पुरा वर्कसिट (entire worksheet) लाई इच्छाअनुसार सम्पादन गर्न दिन्छ । वर्कसिटको कुनै एक सेललाई दुई तरिकाबाट सम्पादन गर्न सकिन्छ :
(क) सेलमा सम्पादन गरेर
(ख) फर्मुला बारमा सम्पादन गरेर
सेलमा निम्नअनुसार सम्पादन गरिन्छ :
चरण-१: जुन सेलमा सम्पादन गर्नुपर्ने हो त्यहीं डबल क्लिक गर्नपर्छ,
चरण-२ : त्यहाँ आफूले चाहेको परिवर्तन गर्ने सकिन्छ,
भरण-३: आवश्यक परिवर्तन गरेपछि enter key press गर्ने वा माउसलाई एक पटक सेलभन्दा बाहिर क्लिक गर्ने
फर्मुला बारमा निम्नआनुसार सम्पादन गरिन्छ :
चरण-१ : आफैले सम्पादन गर्नुपर्ने सेललाई छान्नुपर्छ,
चरण-२: फर्मुला बारमा क्लिक गर्ने र त्यहाँ आफूले चाहेको परिर्वतन गर्ने,
चरण-३ : आवश्यक परिवर्तन पश्चात् सेलभन्दा बाहिर एक पटक पुन: क्लिक गर्ने ।
सेलमा भएका डाटाहरूलाई हटाउने (Removing cell content)
कहिलेकाहीँ काम गर्दा अनावश्यक चिजहरू बढी नै टाइप गरिएको हुन सक्छ । त्यस्तो अवस्थामा त्यस्ता अनावश्यक डाटाहरूलाई सेलबाट हटाउनुपर्ने हुन्छ। यसरी सेलहरूबाट अनावश्यक डाटाहरू हटाउन निम्न लिखित चरणहरू विधिपूर्वक गर्नुपर्ने हुन्छ :
चरण-१ : एउटा सेल वा समूहअन्तर्गत सेललाई सेलेक्ट गर्ने,
चरण-२ : होम मेनु ट्याबमा क्लिक गर्ने,
चरण-३: जुन सेललाई डिलिट गर्ने हो त्यसलाई सेलेक्ट गरी डिलिट अप्सनमा क्लिक गर्ने,
चरण-४ : अब सानो डायलग बक्स आउँछ,
चरण-५ : ओके बटनमा क्लिक गर्ने ।
Delete Conformation Popup on Excel
कपी र पेस्ट (Copy & Paste)
वर्कसिटमा कपी र पेस्ट अत्यन्त महत्त्वपूर्ण हुन्छ । यसले एक ठाउँमा भएको डाटालाई अरू धेरै ठाउँमा सार्न मद्दत पुर्‍याउँछ । यो कागजको प्रिन्टलाई फोटो कपी गरे जस्तै हो । कपी र पेस्ट
गर्नका लागि निम्न लिखित चरणहरू विधिपूर्वक गर्नुपर्छ :
चरण-१ : आवश्यक सेल वा समूहगत सेल सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३ : कपीमा क्लिक गर्ने वा Ctrl+c थिच्ने,
चरण-४ : जहाँ आफूलाई कपी गरेका डाटालाई पेस्ट गर्नुपर्ने हो, त्यो सेल छनोट गर्ने;
चरण-५ : अब पेस्ट बटनमा क्लिक गर्ने ।
कट र पेस्ट (Cut & Paste)
कट र पेस्ट पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ । डाटा एक सेलबाट अन्यत्र सेलमा सार्नका लागि यसको प्रयोग गरिन्छ । कट गर्दा पहिलाको सेलमा डाटा रहँदैन । यो त्यहाँबाट स्थायी रूपमा पेस्ट
गरेको सेलमा सर्छ । कट र पेस्ट कार्य गर्न निम्न लिखित कुराहरू गर्नुपर्छ :
चरण-१ : आवश्यक सेल वा समूहगत सेललाई सेलेक्ट गर्ने,
चरण-२: होम मेनु ट्याबमा क्लिक गर्ने,
चरण-३: क्लिपबोर्ड समूहबाट कटलाई क्लिक गर्ने वा किबोर्डबाट Ctrl+x थिचेर पनि कट गर्न सकिन्छ ।
चरण-४ : जहाँ पेस्ट गर्नु पर्ने हो त्यहीं सेललाई सेलेक्ट गर्ने,
चरण-५ : समूहबाट पेस्टलाई क्लिक गर्ने वा किबोर्डबाट Ctrl+v थिचर पनि पेस्ट गर्न सकिन्छ।
इन्सर्टिङ रो र कोलम (Inserting Row & Column)
वर्कसिटमा काम गर्दा बिचबिचमा रो वा कोलमहरू थप्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा निम्न लिखित तरिकाहरू अपनाएर रो वा कोलमहरू थप्न सकिन्छ :
चरण-१ : आवश्यक सेललाई सेलेक्ट गर्ने,
चरण-२ : होम मेनु ट्याबमा क्लिक गर्ने,
चरण-३ : सेल ट्याब समूहबाट इन्सर्टमा क्लिक गर्ने,
चरण-४ : रो थप्नुपरे इन्सर्ट सिट रो वा कोलम थप्नुपरेमा इन्सर्ट सिट कोलममा क्लिक गर्ने ।
यसरी आफूले चाहेको ठाउँमा रो अथवा कोलम थप्न सकिन्छ ।
रो र कोलम हटाउने विधि (Delete Row & Column)
Removing row and column : कहिलेकाहीं वर्कसिटबाट बढी भएको अनावश्यक रो अथवा कोलमलाई हटाउनुपर्ने हुन्छ । यदि हामीलाई रो अथवा कोलम हटाउनुपर्यो भने हामी निम्न लिखित कुराहरू गर्नुपर्छ :
चरण-१ : आवश्यक वा समूहगत सेललाई सेलेक्ट गर्ने,
चरण-२ : होम मेनु ट्याबमा क्लिक गर्ने,
चरण-३ : सेल ट्याब समूहबाट डिलिटमा क्लिक गर्ने । अब यहाँ एउटा पप अप मेनु देखापर्छ,
चरण-४ : रोलाई हटाउन परेमा डिलिट सिट रो लाई क्लिक गर्ने । यदि कोलम हटाउन परेमा डिलिट सिट कोलमलाई क्लिक गर्ने ।
नयाँ वर्कसिट थप्ने विधि (Inserting Worksheet)
एमएस एक्सेलले स्वत: आफै एउटा वर्कबुकभित्र तिन ओटा वर्कसिट दिएको हुन्छ । यदि अरू धेरै वर्कसिटको आवश्यकता परेमा वर्कसिटमा निम्न लिखित तरिका अपनाएर थप्न सकिन्छ :
चरण-१ : होम मेन ट्याबमा क्लिक गर्ने,
चरण-२ : समूहबाट इन्सर्टमा क्लिक गर्ने, यहाँ एउटा पप अप मेनु देखापर्छ ।
चरण-३ : उक्त पप अप मेनबाट इन्सर्ट सिटमा क्लिक गर्ने । अब यहाँ एउटा नयाँ बर्कसिट बन्ने छ ।
बर्कसिटलाई हटाउने (Deleting Worksheet)
कहिलेकाहीं वर्कसिट बढी पनि हुन सक्छ । त्यस्तो अवस्थामा अनावश्यक वर्कसिट हटाउनुपर्ने हुन्छ । जुन काम निम्न लिखित तरिका अपनाएर गर्न सकिन्छ :
चरण-१ : होम मेनु ट्याबमा क्लिक गर्ने,
चरण-२ : सेल ट्याब समूहबाट डिलिटमा क्लिक गर्ने । अब यहाँ एउटा पप अफ मेनु आउँछ,
चरण-३ : डिलिट सिटमा क्लिक गर्ने, अब वर्कसिट हट्छ ।
अपरेटर्स (Operators)
अपरेटर्स भनेको विशेष प्रकारका सङ्केत तथा चिह्न (symbol) हुन्, जुन एक निश्चित calculation तथा दुई वा दुईभन्दा बढी डाटालाई तुलना गर्नका लागि प्रयोग गरिन्छन् । एमएस
एक्सेलसँग निम्न लिखित चार प्रकारका अपरेटर्स छन् :
अर्थमेटिक अपरेटर्स (Arithmetic Operators)
अर्थमेटिक अपरेटर्स अङ्क गणितीय हिसाब किताब गर्नका लागि प्रयोग गरिन्छन्, जस्तै : जोड, घटाउ, गुणन र भाग । तल दिइएको तालिकामा उक्त अपरेटर्सका बारेमा जानकारी दिइएको छ :
चिह्न (Operator)
अर्थ (Meaning)
उदाहरण (Example)
+जोड (Addition)
=5+2+3

घटाउ (Subtraction)
=10-5
*गुणन (Multiplication)
=10*5
/भाग (Division)
=10/5
%प्रतिशत (Percentage)
=1000*5%
^
घाताङ्क (Exponential)
=5^3
कम्प्यारिजन अपरेटर्स (Comparison Operators)
कम्प्यारिजन अपरेटर्स दुई वा दुईभन्दा बढी मान (values) हरू तुलना गर्न प्रयोग गरिन्छ । तुलना (Comparison) को परिणाम कि Yes कि No (true/false) मध्ये एक हुन्छ ।
चिह्न (Operator)
अर्थ (Meaning)
उदाहरण (Example)
=Equal
A1=B2
<Greater than
A1 < B2
>Less than
A1 > B1
>=Greater than or equal to
A1 >= B1
<=Less than or equal
A1 <= B1
<>Not equal toA1<>B1
टेक्स्ट अपरेटर्स (Text Operators)
टेक्स्ट अपरेटर्सलाई concatenation operator पनि भनिन्छ । यसले दुई वा दुईभन्दा बढी टेक्स्ट डाटालाई एकै ठाउँमा राख्ने (combine) काम गर्छ ।
चिह्न (Operator)
अर्थ (Meaning)
उदाहरण (Example)
+Combine text
"Computer"+"Science"
रिफरेन्स अपरेटर्स (Reference Operators)
रिफरेन्स अपरेटर्स अप्रेटरहरूले सेल समूहलाई calculation का बेला एकीकृत (combine) गर्ने काम गर्छ ।
चिह्न (Operator)
अर्थ (Meaning)
उदाहरण (Example)
:Range Operator
CI:A1
,Union Operator
A1:C10, B1:C2
सूत्रको प्रयोग (Use of Formula)
एमएस एक्सेलले calculation गर्नका लागि सूत्रहरूलाई सपोर्ट गर्छ । जहिले पनि सूत्र (formula bar) मा = चिहन लेखेर लेखिन्छ । सूत्र लेखिसकेपछि त्यसको परिणाम सेलमा देखिन्छ।
सूत्रलाई कपी गर्ने (Copying Formula)
एक पटक सूत्र लेखेपछि त्यही सूत्र अरू सेलहरूमा पनि प्रयोग गर्नुपर्ने छ भने त्यसलाई फेरि नलेखी कपी र पेस्ट गर्न सकिन्छ । कपी र पेस्ट गर्न निम्न लिखित कुराहरू गर्नुपर्ने हुन्छ ।
सूत्रहरूको सम्पादन (Editing Formula)
सुत्रहरू टाइप गर्दा त्यसमा गल्तीहरू हुन सक्छन् । त्यस्तो अवस्थामा सूत्रलाई सच्याउनपर्ने हुन्छ । त्यसैले सूत्रहरू सच्याउँदा निम्न लिखित कुराहरू गर्नुपर्ने हुन्छ :
चरण-१ : सूत्र भएको सेलमा कर्सरलाई राख्ने,


Outcome of Formula on Whole Cell on Excel
चरण-२ : सूत्र बारमा क्लिक गरी आवश्यक ठाउँमा कर्सरलाई सारी सूत्रलाई आवश्यकता अनुसार सच्याउने,
चरण-३: सच्याइसकेपछि इन्ट्री किमा प्रेस गर्ने । अब सच्याएको सूत्रले नयाँ मान (value) दिनेछ।
वर्कसिटलाई फर्मेट गर्ने (Formatting Worksheet)
काम गर्दा डाटा र सूचनाहरूलाई (data and information) राम्रोसँग मिलाएर ठिक ठिक ठाउँमा ठिक रङ, आकार र अक्षरको नाम दिनुपर्ने हुन्छ । यसले वर्कसिट राम्रो र आकर्षक देखिन्छ।
जसलाई फर्मेटेट भएको भनिन्छ । एमएस एक्सेलमा वर्कसिट फर्मेट गर्ने एक छुट्टै ट्लबार हुन्छ, जुन चित्रमा देखाइएको छ । अक्षरको नाम र आकार परिवर्तन गर्नु परेमा निम्नानुसार गर्न सकिन्छ ।
चरण-१: जुन सेलमा परिवर्तन गर्नुपर्ने हो ती सेलहरूलाई छान्ने,
चरण-२ : अब, अक्षरको नाम, आकार तथा अक्षरको समूहबाट सेलेक्ट गर्नुपर्छ ।
एमएस एक्सेलमा चार्ट बनाउने (Chart in MS-Excel)
एमएस एक्सेलका विशेषताहरूमध्ये चार्ट पनि एक महत्त्वपूर्ण विशेषता हो । यसले डाटाहरूलाई विभिन्न चार्ट वा ग्राफमा देखाउन सहयोग पुयाउँछ । एमएस एक्सेलमा बनाउन सकिने मुख्य चार्ट निम्न लिखित प्रकारका छन् :
१. कोलम चार्ट (Column chart)
२. रेखा चार्ट (Line chart)
३. पाई चार्ट (Pie chart)
४. बार चार्ट (Bar chart)
५. एरिया चार्ट (Area chart)
६. स्क्याटर चार्ट (Scatter chart)
७. अन्य चार्टहरू (Other chart)
वर्कसिटमा भएका डाटालाई कोलम चार्टमा उतार्न यसको प्रयोग गरिन्छ, जुन निम्नानुसार गर्नुपर्छ :
चरण-१ : चित्रमा दिएअनुसार आफ्नो वर्कसिट तयार गर्ने,
चरण-२ : त्यो वर्कसिटको डाटालाई आवश्यकताअनुसार चार्टमा उतार्न पर्ने भागलाई सेलेक्ट गर्ने,
चरण-३ : इन्सर्ट मेनु ट्याबमा क्लिक गर्ने,
Chart Data on Excel
चरण-४ : चार्ट समूहबाट कोलममा क्लिक गर्ने,

चरण-५ : आवश्यकताअनुसारको कोलमलाई छानेर क्लिक गर्ने । अब छानेको डाटाको कोलम चार्ट तल चित्रमा देखाए जस्तै गरी आफ्नो वर्कसिटमा देखिन्छ ।
Bar Chart on Excel
बार चार्ट (Bar Chart)
यो चार्टले डाटालाई बार चार्टमा उतार्नका लागि प्रयोग गरिन्छ, जुन निम्नानुसार गरिन्छ :
चरण-१ : चित्रमा दिएअनुसार वर्कसिट तयार गर्ने,
Chart Data on Excel
चरण-२: आवश्यक डाटालाई सेलेक्ट गर्ने
चरण-३ : इन्सर्ट मेनु ट्याबमा क्लिक गर्ने,
चरण-४ : चार्ट समूहबाट बार अप्सनमा क्लिक गर्ने,
चरण-५ : आफूलाई आवश्यकताअनुसारको बारचार्टलाई क्लिक गर्ने । अब सेलेक्ट गरेको डाटालाई बार चार्टमा उत्रिएको देखिन्छ । यो चित्रबाट पनि प्रस्ट हुन्छ ।
Bar Chart on Excel
क्रियाकलाप
(क) अपरेटर्सहरूलाई चार्टमा तयार गरी कक्षा कोठामा टाँस ।
उत्तर: अपरेटर्सहरु चार प्रकारको हुन्छन् । तिनको चार्ट दिइएको चित्रमा देखाएको छ:

(ख) तिम्रो विद्यालयका कक्षा-६, कक्षा-७ र कक्षा-८ मा पढिरहेका छात्र र छात्राको तथ्याङ्क लिई सोको आधारमा एक बार चार्ट तयार गरी कक्षामा छलफल तथा प्रर्दशन गर ।
नोट: यसमा एक्सल डाटाहरु देखाइएको छैन ।
अभ्यास
(१) तलका खाली ठाउँ भर :
(क) एमएस एक्सेलमा ..................... ओटा कोलम हुन्छन् ।
उत्तर: १६३८४
(ख) एमएस एक्सेलमा ................... ओटा Row हुन्छन् ।
उत्तर: १०४८५७६
(ग) एमएस एक्सेल .................... कम्पनीले बनाएको हो ।
उत्तर: माइक्रोसफ्ट
(घ) एमएस एक्सेल भनेको कम्प्युटर को ................ हो ।
उत्तर: स्प्रेडसिट सफ्टवेयर
(ङ) स्प्रेडसिट .................... प्रयोग गर्न सकिन्छ।
उत्तर: हिसाब गर्न तथा तथ्यांक विश्लेषण गर्न
(२) तलका प्रश्नको उत्तर दिऊ :
(क) स्प्रेडसिट भनेको के हो ?
उत्तर: स्प्रेडसिट भनेको कम्प्युटरमा डाटाहरुलाई टाइप गरि तिनको हिसाब गर्न, निस्किएका नतिजाहरूलाई मूल्याङ्कन तथा विश्लेषण गरी आवश्यकता अनुसार चार्टमा देखाउन, प्रिण्ट गर्न वा भण्डारण गर्न सघाउने एप्लिकेसन सफ्टवेयर हो ।
(ख) एमएस एक्सेल भनेको के हो ?
उत्तर: एमएस एक्सेल भनेको माइक्रोसफ्ट कम्पनीले विकास गरेको माइक्रोसफ्ट अफिस प्याकेजसंगै आउने लोकप्रिय एप्लिकेसन सफ्टवेयर हो । यसको विभिन्न भर्सनहरु रहेका छन् । जस्तै; MS Excel 2003, MS Excel 2007, MS Excel 2010, MS Excel 2013, MS Excel 2019, MS Excel 2021 आदी ।
(ग) एमएस एक्सेल कुन कामको लागि प्रयोग हुन्छ ?
उत्तर: एमएस एक्सेल डाटाहरुलाई टाइप गरि तिनको हिसाब गर्न, निस्किएका नतिजाहरूलाई मूल्याङ्कन तथा विश्लेषण गरी आवश्यकता अनुसार चार्टमा देखाउन, प्रिण्ट गर्न वा भण्डारण गर्ने कामको लागि प्रयोग हुन्छ ।
(घ) एमएस एक्सेलका फाइदाहरू लेख ।
उत्तर: एमएस एक्सेलका फाइदाहरु निमनाअनुसार रहेका छन्:
  • सजिलो तथा गारो गणितीय कार्य गर्न सकिन्छ ।
  • यसले ग्राफिकल युरज इन्टरफेसमा काम गर्ने भएकाले चलाउन सजिलो हुन्छ ।
  • यसमा विभिन्न फङ्सन, कन्डिसन, लोजिकल एक्स्प्रेसनहरु उपलब्ध हुने भएकाले जस्तोसुकै समस्यामूलक हिसाबहरु एकै सेकेन्डमा गर्न सकिन्छ ।
  • एउटै वर्कबुकभित्र धेरै वर्कसिटमा कामहरु गर्न सकिन्छ ।
  • आवश्यकता अनुसार विभिन्न चार्ट र ग्राफिक्सहरु राख्न वा तयार गर्न सकिन्छ ।
(ङ) एमएस एक्सेलका विशेषताहरू के के हुन् ?
उत्तर: एमएस एक्सेलका विशेषताहरू निम्नानुसार छन्:

  • यसले यसले ग्राफिकल युजर इन्टरफेस सपोर्ट गर्छ ।
  • यसले दुई वा दुईभन्दा बढी वर्क सिटमा काम गर्न सजिलो बनाउँछ ।
  • यसमा विभिन्न किसिमका रेखा चित्रहरू बनाउन सकिन्छ ।
  • यसमा विभिन्न किसिमका हिसाब सजिलै हल गर्न सकिन्छ ।
(च) वर्क सिट र वर्कबुकको भिन्नता लेख ।
उत्तर: उत्तर: रो र कोलम मिलि बनेको सेलहरुको समुहलाई वर्क सिट भनिन्छ भने, वर्कसिटहरुको समूहलाई वर्कबुक भनिन्छ । यिनीहरू बिचको फरकलाई तलको तालिका देखाइएको छ ।

वर्कसिट (Worksheet)

वर्कबुक (Workbook)
१. रो र कोलम मिलि बनेको सेलहरुको समुह वर्क सिट हो ।
२. वर्कसिटहरुको समूह वर्कबुक हो ।
२. यसलाई वर्कबुकमा सजिलै थप्न सकिन्छ । २. यसलाई वर्कसिटमा थप्न सकिन्नँ ।
३. यो सिकारुहरुले भर्खर स्प्रेडसिटमा डाटा टाइप गर्न सिक्दा उपयोगी हुन्छ ।३. यो व्यापार व्यवसायमा वा अन्य क्षेत्रमा रिपोर्ट बनाउँदा उपयोगी हुन्छ ।
४. डाटा टाइप गरि हिसाब वा तथ्यांक विश्लेषण गर्न वर्कसिटमा मात्र सम्भव हुन्छ ।४. यो धेरेै वर्कसिटहरुको एउटा बन्डल मात्र हो । यसमा हिसाब वा तथ्यांक विश्लेषण सम्भव हुँदैन ।
५. दुई वा दुईभन्दा बढि वर्कसिटहरुबिच सजिलै सम्बन्ध  स्थापित गर्न सकिन्छ र यो काम निकै सुरक्षित हुन्छ ।
 ५. दुई वा दुईभन्दा बढि वर्कबुकहरु बिच सम्बन्ध स्थापित गर्न गाह्रो हुन्छ र सुरक्षाको दृष्टिले यो काम निकै संवेदनशील हुन्छ ।
(छ) Copy/Paste र Cut/Paste को बिचमा फरक देखाऊ ।
उत्तर: एक ठाउँमा भएको डाटाहरुलाई जस्ताको तस्तै अरू धेरै ठाउँमा प्रतिलिपी वा डुब्लिकेट बनाएर सार्ने कामलाई कपि पेस्ट (Copy/Paste) भनिन्छ भने, एक ठाउँमा भएको डाटाहरु अर्को ठाउँमा सार्ने कामलाई कट पेस्ट (Cut/Paste) भनिन्छ । यिनीहरू बिचको फरकलाई तलको तालिका देखाइएको छ ।

Copy/Past

Cut/Past
१. यो मुख्य डाटाहरुलाई जस्ताको तस्तै अरू धेरै ठाउँमा डुब्लिकेट बनाएर सार्ने काम हो ।
२. यो एक ठाउँमा भएको मुख्य डाटाहरु अर्को ठाउँमा सार्ने काम हो । 
२. यसको सर्टकट कमाण्ड Ctrl+C र Ctrl+V हुन्छ । २. यसको सर्टकट कमाण्ड Ctrl+X र Ctrl+V हुन्छ ।
३. क्लिपबोर्डमा कपि भेैसकेपछि पनि पहिलेको ठाउँमा डाटा रहन्छ ।३. क्लिपबोर्डमा कपि भेैसकेपछि पहिलेको ठाउँमा डाटा रहँदैन।
४. कपि पेस्ट गर्दा पहिलेको डाटा हराउने सम्भावना कम हुन्छ ।४. कट पेस्ट निश्चित समयभित्र नगरेमा डाटा हराउने सम्भावना रहन्छ ।
५. कपि पेस्ट कट पेस्ट भन्दा तुलनात्मक रुपमा अलि ढिलो हुन्छ ।
५. कट पेस्ट कपि पेस्ट भन्दा तुलनात्मक रुपमा अलि छिटो हुन्छ ।
(ज) एमएस एक्सेल कसरी सुरु गर्ने, त्यसका चरणहरू लेख ।
उत्तर: एमएस एक्सेल सुरु गर्ने धेरै तरिकाहरु छन ती मध्ये केही तरिकाहरु तल उल्लेख गरिएको छ: 
पहिलो तरिका

  • चरण-१: सुरु बटन (Start Button) मा क्लिक गर्ने,
  • चरण-२: अल प्रोग्राम (All Program) मेनुमा क्लिक गर्ने,
  • चरण-३: माइक्रोसफ्ट अफिस (Microsoft Office) मा क्लिक गर्ने,
  • चरण-४: माइक्रोसफ्ट अफिस एक्सेल (Microsoft Office Excel) मा क्लिक गर्ने । 
यी चार ओटा चरणहरू गरिसकेपछि एमएस एक्सेल प्रोग्राम कम्प्युटरमा खुल्छ ।

दोस्रो तरिका

  • चरण-१ : विन्डोज बटन (Start button) र 'R' कि मा एकैचोटि थिच्ने,
  • चरण-२ : यसो गर्दा रन माण्डको लायलग बक्स खुल्छ,
  • चरण-३ : अब, कमाण्ड बक्समा 'Excel' लेखेर Enter गर्ने वा Ok बटनमा मा क्लिक गर्ने, अब माइक्रोसफ्ट अफिस एक्सेल खुल्छ ।
तेस्रो तरिका

  • चरण-१ : सुरु बटन (Start Button) मा क्लिक गर्ने,
  • चरण-२ : सर्च बटनमा 'Excel' लेखेर सर्च गर्ने ।
  • चरण-३ : अब माइक्रोसफ्ट एक्सेलकोको आइकन देखिन्छ लिस्ट भिउमा देखिन्छ,
  • चरण-४ : माइक्रोसफ्ट एक्सेलकोको आइकनमा क्लिक गरेपछि माइक्रोसफ्ट अफिस एक्सेल खुल्छ ।
(३) जोडा मिलाऊ :

समूह क

समूह ख
UP arrow
कर्सरलाई आफ्नो इच्छाअनुसार सार्ने
Ctrl+Up arrow
यसले कर्सरलाई तत्काल कर्सर भएको लाइन रोको पहिलो सेलमा सार्छ
Home
यसले कर्सरलाई अन्तिम सेलमा सार्छ
Ctrl + END
कर्सरलाई तत्काल कर्सर भएको कलमको कोलम सबैभन्दा माथिको सेलमा सार्छ
Ctrl + Home
यसले कर्सरलाई पहिलो सेलमा सार्छ
उत्तर: जोडा मिलाउको उत्तर तल दिएको छ:

  • F5
     = कर्सरलाई आफ्नो इच्छाअनुसार सार्ने
  • UP arrow = कर्सरलाई एक सेलमाथि सार्ने
  • Ctrl+Up arrow = कर्सरलाई तत्काल कर्सर भएको कलमको कोलम सबैभन्दा माथिको सेलमा सार्छ
  • Home = यसले कर्सरलाई पहिलो सेलमा सार्छ
  • Ctrl + END = यसले कर्सरलाई अन्तिम सेलमा सार्छ
  • Ctrl + Home = यसले कर्सरलाई तत्काल कर्सर भएको लाइन रोको पहिलो सेलमा सार्छ ।
४. प्रयोगात्मक क्रियाकलाप (Practical Activities)
(क) तल दिइएका आँकडाहरूलाई स्पिडसिटमा टाइप गरी कुल जम्मा पत्ता लगाऊ :
Excel Project Work 1
दिइएको डाटालाई शिक्षकको सहयोग लिई कम्प्युटरमा आफैले टाइप गरि दिइएको निर्देशन अनुसार आफै प्रयोगात्मक कार्य गर्ने कोशिश गर्नुहोस् । यदि केही समस्या महसुस भएमा हामीलाई help@esikai.com.np मा email लेखी पठाउनुहोला हामी तपाईंलाई अवस्य सिकाउनेछौँ ।

Tips: 


  • Gross Total Formula
    = D2*E2 ----> Enter and Series fill to all.
  • Discount Formula: = E2*8/100 ----> Enter and Series fill to all.
  • Net Total Formula: = E2-F2 ----> Enter and Series fill to all.

(ख) तल दिइएका आँकडाहरूलाई स्पिडसिटमा टाइप गरी प्रतिशत पत्ता लगाऊ :
Excel Project Work 2
दिइएको डाटालाई शिक्षकको सहयोग लिई कम्प्युटरमा आफैले टाइप गरि दिइएको निर्देशन अनुसार आफै प्रयोगात्मक कार्य गर्ने कोशिश गर्नुहोस् । यदि केही समस्या महसुस भएमा हामीलाई help@esikai.com.np मा email लेखी पठाउनुहोला हामी तपाईंलाई अवस्य सिकाउनेछौँ ।

Tips: 


  • H1
     र I1 सेलमा क्रमशः Total र Result शिर्षक दिएर नयाँ काेलम थप्ने,
  • Total Formula=SUM(C2:G2) ----> Enter and Series fill to all.
  • Percent Formula=H2*100/500 [Note: We have full mark 500 of 5 subjects. If you want to make 8/9 subjects your cell reference will be different]
(ग) तल दिइएका आँकडाहरूलाई स्प्रिडसिटमा टाइप गरी विभिन्न चार्टमा देखाऊ :
Excel Project Work 3
दिइएको डाटालाई शिक्षकको सहयोग लिई कम्प्युटरमा आफैले टाइप गरि दिइएको निर्देशन अनुसार आफै प्रयोगात्मक कार्य गर्ने कोशिश गर्नुहोस् । यदि केही समस्या महसुस भएमा हामीलाई help@esikai.com.np मा email लेखी पठाउनुहोला हामी तपाईंलाई अवस्य सिकाउनेछौँ ।

Tips: 


  • Total Formula
    =SUM(C2:G2) ----> Enter and Series fill to all.
  • Percent Formula=H2*100/500
  • To add chart: Click on Insert Tab >> click on Chart option >> Choose Bar Chart/Pie Chart/Line Chart or other >> make necessary change according to your choice >> Save your workbook.
(घ) आफ्नो कक्षाका साथीहरूको प्राप्ताङ्क सङ्कलन गरेर मार्कसिट तयार पार ।
उत्तर: तल दिइएको उदाहरण जस्तै गरि आफ्नो साथीहरुको प्राप्ताङ्क सङ्कलन गरेर मार्कसिट तयार पार्ने कोशिश गर्नुहोस् । यदि केही समस्या महसुस भएमा हामीलाई help@esikai.com.np मा इमले लेखी पठाउनुहोला हामी तपाईंलाई अवस्य सिकाउनेछौँ ।
Here is an example (Disclaimer: given marks are just the random numbers. They are not belong to any student)



पाठ - ९ प्रिजेन्टेसन सफ्टवेयर (Presentation Software) | कम्प्युटर शिक्षा कक्षा ७

 Bikas Gurung
 7 minute read
4


प्रिजेन्टेसन सफ्टवेयर (Presentation Software)
पाठ - ९ प्रिजेन्टेसन सफ्टवेयर (Presentation Software)
Table of Contents (विषयसूचीहरु)
परिचय
प्रिजेन्टेसन सफ्टवेयर भनेको कम्प्युटरको एप्लिकेसन सफ्टवेयर (application software) हो । यसको प्रयोग मल्टिमिडिया प्रोजेक्टर (multimedia projector) बाट प्रस्तुत गरिने दस्तावेज तयार गर्न प्रयोग गरिन्छ । यसमा अक्षर, चित्र, रेखाचित्र, टेबल, श्रव्य, श्रव्य दृश्यहरू समावेश गरी वृत्त चित्रका रूपमा प्रस्तुत गर्न सकिन्छ । उदाहरणका लागि एमएस पावर प्वाइन्ट (MS-PowerPoint) प्रिजेन्टेसन सफ्टवेयर हो।
माइकोसफ्ट पावर प्वाइन्ट (Microsoft PowerPoint)
माइकोसफ्ट पावर प्वाइन्ट अत्यन्तै लोकप्रिय प्रिजेन्टेसन सफ्टवेयर (Presentation Software) हो । यो सफ्टवेयर विन्डोज अपरेटिङ सिस्टम (Windows Operating System) भएका कम्प्युटरहरूमा इन्सल गरी प्रयोग गर्न सकिन्छ । साथै, यसको प्रयोग अध्ययन गर्न, अध्यापन गराउन, ठुला ठुला हलहरूमा दस्तावेजहरू प्रस्तुत गर्न लगायत अन्य कार्यमा पनि प्रयोग गरिन्छ । यसका फाइलको Extension नाम .ppt हुन्छ । यो प्रोग्राम अमेरिकाको माइक्रोसफ्ट कम्पनीले बनाएको हो । यसले विभिन्न भर्सनहरूमा यसलाई निकालेको छ । तीमध्ये MS-PowerPoint 2003, MS-PowerPoint 2007, MS-PowerPoint 2010 र MS-PowerPoint 2013 संस्करणहरू उपलब्ध छन् । यस पाठमा MS-PowerPoint 2007 बारेमा चर्चा गर्ने गरिने छ।
माइकोसफ्ट पावर प्वाइन्टका विशेषता (Features of MS-PowerPoint)
(क) यसले GUI (Graphilal Uscar Interface ) सपोर्ट गर्छ।
(ख) यसबाट दुई वा दुईभन्दा बढी अक्षर बक्स (text box) मा काम गर्न सकिन्छ ।
(ग) यसमा विभिन्न किसिमका अक्षरहरू, टेबल, चित्र, श्रव्य, श्रव्य दृश्य, रेखा चित्रहरू राख्न सकिन्छ ।
(घ) यसमा विभिन्न किसिमका प्रिजेन्टेसनहरू सजिलैसँग तयार गर्न सकिन्छ ।
एमएस पावर प्वाइन्ट सुरु गर्ने तरिका (Method of Start MS-Powerpoint)
एमएस पावर प्वाइन्ट सुरु गर्नका लागि निम्न लिखित करा गर्नुपर्छ :
चरण-१ : स्टार्ट बटनमा क्लिक गर्ने,
चरण-२ : अल प्रोग्राम मेनुमा क्लिक गर्ने,
चरण-३ : माइक्रोसफ्ट अफिसमा क्लिक गर्ने,
चरण-४ : माइक्रोसफ्ट अफिसको पावर प्वाइन्टमा क्लिक गर्ने ।


वा
चरण-१ : Start >> Run मा क्लिक गर्ने ।
चरण-२ : ओपन बक्समा PowerPoint टाइप गर्ने ।
Step-३ : क्लिक बटनमा क्लिक गर्ने ।


यी माथिका चरणहरू गरिसकेपछि MS-Powerpoint  Program कम्प्युटरमा खुल्छ। यो तलको चित्रमा देखाए जस्तो देखिन्छ :

प्रिजेन्टेसन भन्डारण गर्ने तरिका
चरण-१ : अफिस बटनमा क्लिक गर्ने,
चरण-२ : सेभमा क्लिक गर्ने,
चरण-३ : प्रिजेन्टेसनको नाम टाइप गर्ने,
चरण-४ : सेभ बटनमा क्लिक गर्ने ।
एमएस पावर प्वाइन्ट स्क्रिनका भागहरू (Components of MS-Powerpoint)
१. टाइटल बार (Title Bar)
२. मेनु ट्याब बटन (Menu Bar)
३. रिबन आइकन (Ribon leon)
४. स्लाइड (Slide)
५. स्क्रल बार (Scroll bar)
६. स्लाइड प्रिभ्यु (Slide preview)

स्लाइडमा टाइप गर्ने तरिका
चरण-१ : माथिल्लो बक्स (click to add title box) भित्र क्लिक गर्ने,
चरण-२ : टाइप गर्ने,
चरण-३ : त्यसपछि तल्लो बक्स (click to add subtitle box) भित्र क्लिक गर्ने,
चरण-४ : टाइप गर्ने
नयाँ स्लाइड थप्ने तरिका

चरण-१ : होम ट्याबमा क्लिक गर्ने,
चरण-२ : न्यु स्लाइडमा क्लिक गर्ने,
चरण-३: कुनै एउटा Title slide मा क्लिक गर्ने वा
चरण-४ : स्लाइडहरूमा माउसको दाहिने बटनमा क्लिक गर्ने
चरण-५ : न्यु स्लाइडमा क्लिक गर्ने
डुप्लिकेट स्लाइड थप्ने तरिका

चरण-१ : स्लाइडहरूमा माउसको दाहिने बटन क्लिक गर्ने,
चरण-२ : डुप्लिकेट स्लाइडमा क्लिक गर्ने,
नचाहेको स्लाइड हटाउने तरिका
चरण-१ : स्लाइडहरूमा माउसको दाहिने बटन क्लिक गर्ने
चरण-२ : डिलिट स्लाइडमा क्लिक गर्ने ।

डिजाइन वा थिम (design/theme)
थिमले एकै पटकमा सम्पूर्ण स्लाइडहरूलाई फर्मेटिङ गर्छ, जस्तै : अक्षरको रङ, अक्षरको आकार तथा प्रकार, वाक्यहरू बिचको दुरीहरूलाई परिमार्जन गरी सजिलोसँग लोकप्रिय तथा आकर्षक प्रिजेन्टेसन तयार हुन्छ ।
चरण-१ : डिजाइन ट्याबमा क्लिक गर्ने,

चरण-२ : मन पर्ने कुनै थिममा क्लिक गर्ने (जस्तै : पहिलो थिममा क्लिक गर्दा)
अब, स्लाइडलाई निम्न लिखित फर्मेटमा परिवर्तन गर्न सकिन्छ :

चित्र राख्ने तरिका (insert picture)
चित्र वा वृत्त चित्रहरू स्लाइडलाई आकर्षक तथा रोचक बनाउनका लागि राखिन्छ । अक्षरहरूको समूहलाई वृत्त चित्रमा देखाउन सकिन्छ जसले गर्दा हेर्न र बुझ्न सजिलो हुन्छ ।
चित्रहरू स्लाइडमा राख्ने तरिका :

चरण-१ : इन्सर्ट ट्याबमा क्लिक गर्ने,
चरण-२ : पिक्चर अप्सनमा क्लिक गर्ने,
चरण-३: अब एउटा डायलग बक्स देखिन्छ । जसको माध्ययमबाट कम्प्युटरमा सुरक्षित भएको फोटो छान्ने,
चरण-४ : इन्सर्ट बटनमा क्लिक गर्ने,
चरण-५ : अब, छानिएको फोटो वा चित्र स्लाइडमा देखिन्छ । साथै फोटोमाथि क्लिक गरी तान्ने र चाहिएको ठाउँमा छोड्ने । यसरी चित्र वा फोटो राख्न सकिन्छ ।
फर्मेटिङ (Formatting)
अक्षर वा शब्द वा वाक्यहरूको रङ र रूप परिवर्तन गर्ने कार्यलाई फर्मेटिङ भनिन्छ ।
बोल्ड गर्ने तरिका
चरण-१: शब्द वा वाक्यलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३ : B बी बटनमा क्लिक गर्ने,
इटालिक गर्ने तरिका
चरण-१: शब्द वा वाक्यलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३ : I आई बटनमा क्लिक गर्ने ।
अन्डरलाइन गर्ने तरिका
चरण-१: शब्द वा वाक्यलाई रोलेक्ट गर्ने,
चरण-२: होम ट्याबमा विलक गर्ने
चरण-४: U यु बटनमा क्लिक गर्ने ।
वाक्यहरूको ठाउँ (alignment) परिबर्तन गर्ने तरिका

चरण-१ : शब्द वा वाक्यलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३: कुनै एउटामा क्लिक गर्ने (left, center, right, justified)
शब्दहरूको दिशा (direction) परिवर्तन गर्ने तरिका

चरण-१ : शब्द वा वाक्यलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३ : टेक्स्ट डाइरेक्सन बटनमा क्लिक गर्ने,
चरण-४: मन पर्ने दिशामा क्लिक गर्ने,
फन्ट फेस परिवर्तन गर्ने तरिका
Font Face on MS Powerpoint 2007
चरण-१ : शब्द वा वाक्यलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३ : फन्ट बटनमा क्लिक गरी कुनै एउटा मन पर्ने फन्ट छान्ने ।
अक्षरको आकार परिवर्तन गर्ने तरिका
Font Size on MS Powerpoint 2007
चरण-१ : शब्द वा वाक्यलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३ : फन्ट आकारमा क्लिक गर्ने,
चरण-४ : दिइएको अङ्क छानी क्लिक गर्ने ।
अक्षरको रङ (font color) परिवर्तन गर्ने तरिका
Font Colour on MS Powerpoint 2007
चरण-१ : शब्द वा वाक्यलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३ : अन्डरलाइन ए लाई क्लिक गर्ने,
चरण-४ : रङ छानी क्लिक गर्ने ।
वर्ड आर्ट ल्याउने तरिका

चरण-१ : शब्द वा वाक्यलाई सेलेक्ट गर्ने,
चरण-२ : इन्सर्टमा क्लिक गर्ने,
चरण-३ : वर्ड आर्टमा क्लिक गर्ने,
चरण-४ : प्रस्तुत भएको मध्ये छानी क्लिक गर्ने ।
टेक्स्ट बक्सको लम्बाइ वा चौडाइ बढाउने वा घटाउने (Resize Text-box)

चरण-१: टेक्स्ट बक्समा क्लिक गर्ने,
चरण-२ : माउसको प्वाइन्टरलाई बाकसको कुनै कुनामा लाने,
चरण-३ : क्लिक गरी तान्ने (drag) भित्र वा बाहिर तान्ने ।
बुलेट र नम्बरिङ ल्याउने तरिका
Bullet on MS Powerpoint 2007
चरण-१ : शब्द वा वाक्यहरूलाई सेलेक्ट गर्ने,
चरण-२ : होममा क्लिक गर्ने,
चरण-३ : बुलेट वा नम्बरिङमा क्लिक गर्ने ।
क्रियाकलाप
(क) विद्यालयका बारेमा प्रिजन्टेसन तयार गरी कक्षा कोठामा प्रस्तुत गर ।
उत्तर: उत्तरः तलको उदाहरण हेरी शिक्षकको सहयोगमा तपाईंको आफ्नै विद्यालयको प्रिजेन्टेसन तयार गर्नुहोस् ।
(ख) तिम्रो परिवारका बारेमा प्रिजन्टेसन तयार गरी सार्थीसँग छलफल गर ।
उत्तरः तलको उदाहरण हेरी शिक्षकको सहयोगमा तपाईंको आफ्नै विद्यालयको प्रिजेन्टेसन तयार गर्नुहोस् । 
अभ्यास
१. खाली ठाउँ भर :
(क) ...................... बक्सको प्रयोग गरी अक्षर टाइप गर्न सकिन्छ ।
उत्तर: टेक्स्ट बक्स
(ख) ...................... मेनु ट्याबबाट अक्षरलाई ठुलो वा सानो बनाउन सकिन्छ ।
उत्तर: भिउ
(ग) .................... मेनु ट्याबबाट नयाँ स्लाइड राख्न सकिन्छ ।
उत्तर: होम
(घ) फोटाहरू राख्न ................... मेनु ट्याबको प्रयोग गरिन्छ ।
उत्तर: इन्सर्ट
(ङ) ..................... ट्याबबाट थिमहरू परिवर्तन गर्न प्रयोग गरिन्छ ।
उत्तर: डिजाइन
२. ठिक र बेठिक छुट्याऊ :
(क) टेक्स्ट बक्सको प्रयोग गरी अक्षर टाइप गर्न सकिन्छ ।
उत्तर: ठिक
(ख) भ्यु मेनु ट्याबबाट अक्षरलाई ठुलो वा सानो बनाउन सकिन्छ ।
उत्तर: ठिक
(ग) इन्सर्ट मेनु ट्याबबाट नयाँ स्लाइड राख्न सकिन्छ ।
उत्तर: बेठीक 
(घ) फोटाहरू इन्सर्ट मेनु ट्याबबाट राखिन्छ ।
उत्तर: ठिक
(ङ) डिजाइन मेनु ट्याब अक्षरलाई बोल्ड गर्न प्रयोग गरिन्छ ।
उत्तर: बेठीक
३. तल दिएका प्रश्नको उत्तर लेख :
(क) प्रिजेन्टेसन प्रोग्राम भनेको के हो ?
उत्तर: उत्तर: प्रिजेन्टेसन सफ्टवेर भनेको छोटो समयमा प्रभावकारी ढङ्गमा आफ्ना कुरा, विचार तथा विषयवस्तुलाई टेक्स्ट, अडियो, भिडियो, एनिमेसन वा ट्रान्जिसनहरुको संयोजनबाट बनाइने डकुमेन्ट वा स्लाइडहरु तयार गर्न प्रयोग हुने उपयोगी एप्लिकेसन सफ्टवेर वा टुल हो । जस्तै: MS PowerPoint, Prezi, Google Slides, Slidebean, Keynote, Slides, SlideDog, Canva, Beautiful.ai, Open Office Impress, etc.
(ख) प्रिजेन्टेसन प्रोग्रामका विशेषताहरू के के हुन् ?
उत्तर: उत्तर: प्रिजेन्टेसन प्रोग्रामका विशेषताहरू यसप्रकार छन्:
१. यसले ग्राफिकल युजर इन्टरफेस सपोर्ट गर्ने भएकाले चलाउन निकै सजिलो छ । 
२. दुई वा दुईभन्दा बढी अक्षर बक्समा विभिन्न किसिमका अक्षरहरू, टेबल, चित्र, श्रव्य, श्रव्य दृश्य, रेखा चित्रहरू राख्न सकिन्छ ।
३. छोटो समयमा नै आकर्षक प्रिजेन्टेसन स्लाइडहरू बनाउन सकिन्छ । 
४. विभिन्न किसिमका थिम वा डिजाइन टुलहरु उपलब्ध हुन्छन । 
(ग) प्रिजेन्टेसन प्रोग्रामको कार्य क्षेत्रहरू लेख ।
उत्तर: प्रिजेन्टेसन प्रोगामको कार्य क्षेत्र वा प्रयोग हुने ठाउँहरु निम्नानुसार छन्:
१. विद्यालय, क्याम्पस तथा विश्वविद्यालयमा शिक्षण गर्न ।
२. विभिन्न व्यापारीक रिपोर्ट तयार पार्न तथा उत्पादनहरुको विज्ञापन गर्न ।
३. सभा, समाहरोह, गोष्टि तथा तालिमहरु सञ्चालन गर्न ।
४. ईमेडिसिन तथा स्वास्थ्य सचेतना कार्यक्रमहरुमा सञ्चालन गर्न ।
(घ) फोटाहरू स्लाइडमा राख्ने तरिका क्रमबद्ध लेख ।
उत्तर: फोटाहरू स्लाइडमा राख्ने तरिका तल दिइएको छ:
चरण-१ : इन्सर्ट ट्याबमा क्लिक गर्ने,
चरण-२ : पिक्चर अप्सनमा क्लिक गर्ने,
चरण-३ : अब एउटा डायलग बक्स देखिन्छ । जसको माध्ययमबाट कम्प्युटरमा सुरक्षित भएको फोटो छान्ने,
चरण-४ : इन्सर्ट बटनमा क्लिक गर्ने,
चरण-५ : अब, छानिएको फोटो वा चित्र स्लाइडमा देखिन्छ । साथै फोटोमाथि क्लिक गरी तान्ने र चाहिएको ठाउँमा छोड्ने । यसरी चित्र वा फोटो राख्न सकिन्छ 
(ङ) शब्दको दिशा परिवर्तन गर्ने तरिका क्रमबद्ध लेख ।
उत्तर: शब्दको दिशा परिवर्तन गर्ने तरिका तल दिइएको छ ।
चरण-१ : शब्द वा वाक्यलाई सेलेक्ट गर्ने,
चरण-२ : होम ट्याबमा क्लिक गर्ने,
चरण-३ : टेक्स्ट डाइरेक्सन बटनमा क्लिक गर्ने,
चरण-४: मन पर्ने दिशामा क्लिक गर्ने,
४. प्रयोगात्मक कार्य
(क) आफ्नो परिवारका बारेमा प्रिजेन्टेसन तयार पार ।
उत्तरः तलको उदाहरण हेरी शिक्षकको सहयोगमा तपाईंको आफ्नै परिवारको प्रिजेन्टेसन तयार गर्नुहोस् ।Example Presentation Link (About Our Family): Demo PresentationOr simply copy past this link into browser address bar: https://www.slideshare.net/slideshow/embed_code/key/kBpnapAbS4aP11
(ख) आफ्नो विद्यालयका बारेमा प्रिजेन्टेसन तयार पार ।उत्तरः तलको उदाहरण हेरी शिक्षकको सहयोगमा तपाईंको आफ्नै विद्यालयको प्रिजेन्टेसन तयार गर्नुहोस् ।
Example Presentation Link (About Our School): Demo Presentation
Or, simply copy past this link into browser address bar: https://www.slideshare.net/slideshow/embed_code/key/FQs6gzJG3PSWxk
(ग) कम्प्युटर विज्ञानका बारेमा प्रिजेन्टेसन तयार पार ।उत्तरः तलको उदाहरण हेरी शिक्षकको सहयोगमा तपाईंको आफ्नै शेैलीमा कम्प्युटर विज्ञानको बारेमा प्रिजेन्टेसन तयार गर्नुहोस् ।Example Presentation Link (About Computer): Demo PresentationOr simply copy past this link into browser address bar: https://www.slideshare.net/slideshow/embed_code/key/mg0vUtfbKyRcAs


पाठ १० - साइबर नीति (Cyber Ethics) | कम्प्युटर शिक्षा कक्षा ७
 Bikas Gurung


पाठ १०: साइबर नीति (Cyber Ethics)
पाठ १०: साइबर नीति (Cyber Ethics)
Table of Contents (विषयसूचीहरु)
परिचय
हिजो आज कम्प्युटर निकै प्रभावकारी र शक्तिशाली यन्त्रका रूपमा विकसित भएको छ । यसको कुराहरूमा प्रयोगले हामीलाई फाइदा तथा बेफाइदा दुवै पुयाउन सक्छ । यसको प्रयोग गर्दा धेरै ध्यान पुयाएर यसको कार्य क्षमतालाई ध्यानमा राखी अधिकतम प्रयोग गर्नुपर्ने हुन्छ । यसरी कम्प्युटरलाई आफ्नो हितमा प्रयोग गर्न यसको हितकारी कार्यक्षमतालाई राम्रोसँग बुझ्न सक्नुपर्छ ।
कम्प्युटरका प्रयोगकर्ता (users) हरूले कम्प्युटरलाई कसरी आफ्नो हितमा मात्र प्रयोग गर्न सकिन्छ भन्ने कुरा बुझ्न साइबर नीतिका बारेमा जानकारी पाउनुपर्छ ।
साइबर भनेको कम्प्युटरको प्रयोगबाट एक ठाउँबाट अर्को ठाउँमा हाम्रा सूचनाहरू (information) 'लाई सञ्चार (communicate) गर्नु हो । यसको अर्थ कम्प्युटरको प्रयोगबाट हामी संसारको कुनै पनि कुनामा हाम्रा सूचनाहरू आदान प्रदान गर्न सक्छौं । यस्ता सूचना आफ्नो कम्प्युटरमा भन्डारण गर्न सक्छौ जसलाई साइबर भनिन्छ ।
आफना सूचनाहरू आफ्नो कम्प्युटरमा भन्डारण गर्दा, अन्यत्र पठाउँदा, सूचना प्राप्त गर्दा, पढ्दा, र सुन्दा सकेसम्म आफ्नो र अरूको हित र फइदा हुने मात्र गर्नुपर्छ । यस्तो कार्य गर्दा अरू कसैलाई हानि पुग्ने, अरूलाई नराम्रो असर पुग्ने तथा अरूको व्यक्तित्वमा नकारात्मक प्रभाव पर्ने खालका कार्य वा क्रियाकलाप गर्नुहुँदैन, जसलाई साइबर नैतिकता वा साइबर नीति
भनिन्छ ।
साइबर नैतिकता वा साइबर आचार संहिता भनेको एक अन्तर्राष्ट्रिय स्तरको व्यवस्था हो । यसमा कम्प्युटरका प्रयोगकर्तालाई आफ्ना सूचनाहरूको प्रकाशन, सञ्चार प्राप्त गर्दा आफ्नो हितमा मात्र प्रयोग गर्नुपर्दछ र अरूलाई हानि नोक्सानी पुऱ्याउनु हुँदैन भन्ने कुराको सार्थकता प्रदान गराउने विषय वस्तु समेटिएको छ ।
संक्षेपमा साइबर नीति भन्नाले कम्प्युटरको प्रयोग गर्दा यसका नियमहरूलाई राम्रोसँग पालना गर्ने र जानेर वा नजानेर अरू कसैको हितमा कम्प्युटरको प्रयोग गर्नुहुँदैन भन्नु हो ।
साइबर आचार संहिताका मुख्य व्यवस्था (Provision of cyber Ethic)
(क) हामीले अरूलाई हानि नेक्सानी पुयाउने गरी कम्प्युटरको प्रयोग गर्नुहुँदैन । अरू व्यक्तिहरूको फाइल तथा डाटा खोज्ने र हेर्ने गर्नु हुँदैन ।
(ख) अरूको पासवर्डलाई मेटाउने, परिर्वतन गर्ने र चोरी गर्ने जस्ता कार्य गर्नु हुँदैन ।
(ग) अरूको विद्युतीय सही (digital signature) चोरी गर्ने, नष्ट गर्ने वा प्रयोग गर्ने काम
गर्नुहुँदैन।
(घ) कम्प्युटरका गोप्य सूचनाहरू कहिल्यै खुलासा गर्नु हुँदैन ।
(ङ) गैरकानुनी तथा झुटा सूचना कम्प्युटरका माध्यमबाट प्रकाशन गर्नु हुँदैन ।
(च) आफूले पैसा भुक्तानी नगरी कम्प्युटरका सफ्टवेयरहरू नक्कल (copy) गरी प्रयोग गर्नु हुँदैन । अरू व्यक्तिका सूचना तथा डाटालाई बिनाअनुमति वा उचित मूल्य भुक्तानी नगरी प्रयोग गर्नु हुँदैन ।
युरोपियन देशहरूमा साइबर सम्बन्धी कानुन र यस सम्बन्धी आचार संहिता इ. सं. १९९० मा ल्याइएको हो । तर हाम्रो देशमा साइबर सम्बन्धी कानुन वि.सं. २०६१ भाद्र ३० गते मात्र ल्याइएको हो ।
क्रियाकलाप
साइबर आचार संहिता र व्यवस्थाका उद्देश्यका बारेमा कक्षामा छलफल गर ।
उत्तर: कम्प्युटर वा कम्प्युटर जन्य विद्युतीय उपकरणहरु प्रयोग गर्ने क्रममा हुनसक्ने सम्भावित अपराधिक कृयाकलाहरु न्यूनीकरण तथा नियमन गर्नका लागि साइबर आचार संहिता र व्यवस्था लागू गरेका हुन् । यसको उदेश्यहरु निम्नानुसार बुँदाहरुमा यसरी लेख्न सकिन्छ:
१. कम्प्युटर, मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गर्ने क्रममा अनैतिक, गैरकानुनी वा अपराधिक कार्यहरू गर्न नदिनु,
२. कम्प्युटर प्रयोगकर्तालाई उपकरणको सहि सदुपयोग गर्न उत्प्रेरित गर्नु ।
अभ्यास
तलका प्रश्नको उत्तर देऊ ।
(क) साइबर भनेको के हो ?
उत्तर: साइबर भनेको कम्प्युटर वा कम्प्युटर जन्य विद्युतीय उपकरणहरु प्रयोग गरि एक ठाउँबाट अर्को ठाउँमा हाम्रा सूचनाहरूलाई आदानप्रदान वा सञ्चार गर्ने माध्यम हो ।
(ख) साइबर आचार संहिता भन्नाले के बुझिन्छ, यो किन आवश्यक छ ?
उत्तर: कम्प्युटर वा कम्प्युटर जन्य विद्युतीय उपकरणहरु प्रयोग गर्ने क्रममा हुनसक्ने सम्भावित अपराधिक कृयाकलाहरु न्यूनीकरण तथा नियमन गर्नका लागि बनाइएको नीति, नियम, आचार संहितामा वा व्यवस्था हो ।
(ग) साइबर आचार संहितामा व्यवस्था भएका मुख्य पाँच बँदाहरूको सूची बनाऊ ।
उत्तर: कम्प्युटर वा कम्प्युटर जन्य विद्युतीय उपकरणहरु प्रयोग गर्ने क्रममा हुनसक्ने सम्भावित अपराधिक कृयाकलाहरु न्यूनीकरण गर्नका लागि बनाइएको आचार संहितामाहरु निम्नानुसार छन्:
१. हामीले अरूलाई हानि नेक्सानी पुयाउने गरी कम्प्युटरको प्रयोग गर्नुहुँदैन । अरू व्यक्तिहरूको फाइल तथा डाटा खोज्ने र हेर्ने गर्नु हुँदैन ।
२. अरूको पासवर्डलाई मेटाउने, परिर्वतन गर्ने र चोरी गर्ने जस्ता कार्य गर्नु हुँदैन ।
३. अरूको विद्युतीय सही (digital signature) चोरी गर्ने, नष्ट गर्ने वा प्रयोग गर्ने काम
गर्नुहुँदैन।
४. कम्प्युटरका गोप्य सूचनाहरू कहिल्यै खुलासा गर्नु हुँदैन ।
५. गैरकानुनी तथा झुटा सूचना कम्प्युटरका माध्यमबाट प्रकाशन गर्नु हुँदैन ।
६. आफूले पैसा भुक्तानी नगरी कम्प्युटरका सफ्टवेयरहरू नक्कल (copy) गरी प्रयोग गर्नु हुँदैन । अरू व्यक्तिका सूचना तथा डाटालाई बिनाअनुमति वा उचित मूल्य भुक्तानी नगरी प्रयोग गर्नु हुँदैन ।

पाठ ११ - कम्प्युटर भाइरस (Computer Virus) | कम्प्युटर शिक्षा कक्षा ७
 Bikas Gurung
 7 minute read
0


पाठ ११ - कम्प्युटर भाइरस (Computer Virus) | कम्प्युटर शिक्षा कक्षा ७
पाठ ११ - कम्प्युटर भाइरस (Computer Virus)
Table of Contents (विषयसूचीहरु)

परिचय
कम्प्युटर भाइरस भनेको जीवित जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोग्राम हो । कम्प्युटर भाइरस कम्प्युटर प्रोग्रामर्सहरूले बनाउँछन् । यो बनाउनुको प्रमुख कारण कम्प्युटरभित्र राखिएका प्रोग्राम, फाइल तथा फोल्डर आदिलाई बिगार्नु वा नाश गर्नु हो । यसले कम्प्युटरको नियमित क्रियाकलापलाई बाधा पुयाउँछ । जसले गर्दा कम्प्युटरमा काम गर्ने बेलामा असजिलो हुन्छ । यी भारसहरू हामीले थाहा नपाई आफै आफ्नो कपी बनाएर इन्टरनेट, पेनड्राइभ, सिडी वा डिभिडी (CD/DVD) जस्ता विभिन्न माध्यमबाट अरू कम्प्युटरमा सर्छन् ।
यिनीहरूका काम साधारणतया क्षति अथवा काममा बाधा पुयाउने हुन्छन्, जस्तै : फाइल डिलिट गर्ने, फाइलहरूलाई लुकाउने, प्रोग्रामहरू चल्नबाट वञ्चित गराउने आदि ।
कम्प्युटर भाइरसका प्रकार (Types of Computer Virus)
हिजो आज कम्प्युटर जगत्मा धेरै प्रकारका कम्प्युटर भाइरसहरूको विकास भएको छ । तर सामान्यतया कम्प्युटर भाइरसहरूलाई यिनीहरूको सङ्क्रमण गर्ने विधि तथा विशेषताका आधारमा यिनीहरूको प्रकार छुट्याएको छ, जुन निम्नानुसार छन् :
बुट सेक्टर भाइरस (Boot Sector Virus)
बुट सेक्टर भाइरसले मास्टर बुट रेकर्ड (MBR-Master Boot Record) तथा भण्डारण भएको डिस्कको बुट सेक्टरमा आक्रमण गरी कम्प्युटर सुरु गर्ने प्रोग्रामलाई नाश गर्छन् । यस्ता भाइरसहरू कम्प्युटरलाई सुरु हुनबाट वञ्चित गराउने दृष्टिले बनाइएको हुन्छ ।
मास्टर बुट रेकर्ड भनेको कम्प्युटर स्टार्ट गर्ने एउटा सानो प्रोग्राम हो । यस्ता भाइरसहरूले हार्डडिस्कमा अपरेटिङ सिस्टम फाइल भएको ठाउँमा आक्रमण गर्छन् र मास्टर बुट रेकर्डलाई परिर्वतन गरिदिन्छन् ।
प्रोग्राम भाइरस वा फाइल भाइरस (Program virus or file virus)
विशेष गरी प्रोग्राम भाइरस वा फ्राइल भाइरसहरू एप्लिकेसन (Application) प्रोग्रामहरूमा सक्रमण भई यस्ता प्रोग्रामलाई कम्प्युटरमा चल्नबाट वञ्चित गराउने, प्रोग्राम नष्ट बनाउने दृष्टिले बनाइएको हुन्छ । यस्ता भाइरसहरू स्वचालित प्रोग्राम फाइलहरू जसका सेकेन्डरी नाम COM, SYS, EXE आदि छन् । त्यस्ता फाइल वा प्रोग्रामहरूमा स्वत: टाँस्सिएर आक्रमण गर्छन् । यी भाइरसहरूले स्वत: एक्ज्युक्टेबल फाइलहरूको नाम परिर्वतन गर्ने, त्यसमा भएका कन्टेन्टलाई परिवर्तन गर्ने, अरू केही कुरा थप्ने (over write) गर्छन् जसले गर्दा प्रोग्राम चल्दैन ।
मल्टिपार्टी भाइरस (Multiparti Virus)
जुन भाइरसहरूमा प्रोग्राम भाइरस वा फाइल भाइरस (file virus) र बुट सेक्टर भाइरसका विशेषताहरू पाइन्छन्, त्यस्ता भाइरसहरूलाई मल्टिपार्टी भाइरस भनिन्छ । यी भाइरसहरूले एप्लिकेसन प्रोग्राम र डिस्कको बुट सेक्टर दुवै ठाउँमा सङ्क्रमण गर्छन् । जब सङ्क्रमित प्रोग्राम चल्न थाल्छ, तब प्रोग्राम फाइलमा पनि यी भाइरसहरू आफै सङ्क्रमित हुन थाल्छन् र बुट रेर्कडमा पनि सङ्क्रमित हुन थाल्छन् । बुट रेकर्डमा सङ्क्रमण भएपछि हामीले अर्कोपटक कम्प्युटर चलाउँदा कम्प्युटर स्टार्ट नै नहुन पनि सक्छ ।
स्टिल्थ भाइरस (Stealth Virus)
स्टिल्थ भाइरस सबैभन्दा खतरनाक भाइरस हुन् । यी भाइरसहरूको सङ्क्रमण तथा कम्प्युटरमा सङ्क्रमण भएको सूचना यसले दिँदैन । यदि कहिलेकाही सूचना देखाएर पनि हामीले यो भाइरस लागेको सूचना हो भनेर हामीले थाहा पाउँदैनौ । सामान्यतया भाइरसहरूले पनि प्रोग्राम फाइल बुट रेर्कड आदिमा आक्रमण गर्छन् । यी भाइरसहरूलाई कम्प्युटरमा पत्ता लगाउन निकै गारो पर्दछ किनकि यी अपरेटिङ सिस्टम र एन्टिभाइरस सफ्टवेयरबाट लुकेर बस्छन् । यी भाइरसहरूमा अत्यन्तै फरक खालको डिटेक्सनलाई इग्नोर गर्न सक्ने प्रविधिको प्रयोग हुन्छ ।
म्याक्रो भाइरस (Macro Virus)
म्याक्रो भाइरस नयाँ प्रकारको भाइरस हो। यी भाइरसहरू एप्लिकेसन प्रोग्रामले बनाएका डकुमेन्ट वा टेम्पेलेटहरूमा सङ्क्रमण हुन्छन् जब हामी वर्ड प्रोसेस स्प्रेडसिटका डकुमेन्ट वा टेम्प्लेट खोल्छौं, यी भाइरसहरू पनि सक्रिय हुन्छन् र अरू सामान्य डकुमेन्टमा सङ्क्रमण हुन थाल्छ । यसरी जब हामीले सङ्क्रमित डकुमेन्ट जुन कम्प्युटरमा खोलिन्छ त्यहाँ यस प्रकारको भाइरसको सङ्क्रमण भइहाल्छ ।
भाइरसका लक्षणहरू (Symptom of Computer virus)
भाइरसहरूले हामीले थाहा नपाई कम्प्युटरमा सङ्क्रमण भएर आफ्नो काम गरिराखेका हुन्छन् । तर केही समान्य लक्षण भने देखा पर्छन् जसले गर्दा हामीलाई कम्प्युटरमा भाइरस लागेको छ कुरा थाहा पाउन सकिन्छ ।
(क) प्रोग्राम खुल्न लामो समय लाग्छ ।
(ख) फाइल बनेको मिति र समयलाई परिवर्तन गर्छ ।
(ग) बिनाकारण डिस्क आफै खुल्न थाल्छ ।
(घ) फाइलको आकारलाई बढाउँछ र छिटो डिस्क भरिन्छ ।
(ङ) फाइलको फोल्डरको नाम परिवर्तन गरिदिन्छ ।
(च) सिस्टमका डाटालाई बिगार्छ ।
भाइरसबाट बचावट (Prevention from Virus)
कम्प्युटरलाई विभिन्न प्रकारका भाइरसहरूबाट बचाउन सकिन्छ । भाइरसबाट बचाउने थुप्रै उपायहरू छन्, जसमध्ये मुख्य मुख्य निम्न लिखित छन् :प्रयोगकर्ताको सावधानी (Awareness of User)
कम्प्युटरका प्रयोगकर्ता (user) आफै सचेत हुनुपर्छ । बाहिरबाट ल्याएका डिस्क भाइरस छ कि छैन भनेर राम्रोसँग जाँच गर्नुपर्छ । यदि भाइरस छ भन्ने पत्ता लागेमा तुरुन्तै हटाउनुपर्छ, पछि हटाउँला भनेर अल्छी गर्नु हुँदैन। दिनको एक पटक आफ्नो कम्प्युटरमा भाइरस छ कि छैन भनेर जाँच गर्नुपर्छ ।

आधिकारिक सफ्टवेयरको प्रयोग (Legalization)
भाइरसबाट आफ्नो कम्प्युटरलाई जोगाउन कानुनी मान्यता पाएका सफ्टवेयरको प्रयोग गर्नुपर्छ । त्यस्ता सफ्टवेयरमा भाइरस सङ्क्रमण हुँदैन । सरकारले पनि भाइरस बनाउने व्यक्तिलाई सजाय दिने खालको कानुन बनाउनुपर्छ ।
एन्टिभाइरसको प्रयोग (Use of Antivirus)
आफ्नो कम्प्युटरलाई भाइरसबाट बचाउने सबैभन्दा राम्रो र उत्तम उपाय भनेकै एन्टिभाइरस प्रोग्रामको प्रयोग गर्नु हो । हिजो आज बजारमा विभिन्न ब्रान्डका एन्टिभाइरस प्रोग्राम निस्किएका छन्, जसले कम्प्युटरमा भाइरस लाग्नबाट जोगाउँछन् र लागिहालेमा यस्ता प्रोग्रामले भाइरसलाई पत्ता लगाएर हटाउने काम पनि गर्छन् ।
क्रियाकलाप
कम्प्युटर भाइरसका बारेमा छलफल गरी त्यसका बेफाइदाहरूको सूची तयार पारेर चार्टपेपरमा लेखी कक्षा कोठामा टाँस ।
उत्तर: कम्प्युटर भाइरस भनेको खराब नियत भएका प्रोगामरले कम्प्युटरको माध्यमबाट गैरकानुनी कामहरु गर्न, अरुको कामलाई वाधा पुर्‍याउन र अरुको डाटाहरु माथि पहुँच पुर्‍याउन बनाएको नकारात्मक कम्प्युटर प्रोगाम हो । यसका वेफाइदाहरु यस प्रकार छन्:
१. प्रोग्राम खुल्न लामो समय लाग्छ ।
२. फाइल बनेको मिति र समयलाई परिवर्तन गर्छ ।
३. बिनाकारण डिस्क आफै खुल्न थाल्छ ।
४. फाइलको आकारलाई बढाउँछ र छिटो डिस्क भरिन्छ ।
५. फाइलको फोल्डरको नाम परिवर्तन गरिदिन्छ ।
७. सिस्टमका डाटालाई बिगार्छ ।
तिमीले कस्ता कस्ता कम्प्युटर एन्टिभाइरस देखेका वा सुनेका छौ ? त्यसबारे कक्षामा छलफल गरी सूची बनाऊ ।
उत्तर: मैले देखेको वा प्रयोग गरेको एन्टिभाइरसहरु निम्नलिखित छन्:
१. एभिजी (ABC)
२. कास्परकाई (Kasperky)
३. इ-सेट (E-Set)
४. विन्डोज डिफेन्डर (Windows Defender)
५. बिड डिफेन्डर (Bid Defender)
६. ई-स्क्यान (E-Scan)
७. एभास्ट (Avast)
८. नोर्टन (Norton)
९. एभिरा (Avira)
१०. डक्टर वेव (Doctor Web)
अभ्यास
१. तलको खाली ठाउँमा मिल्ने शब्द भर :
(क) कम्प्युटर भाइरस भनेको एक ............. हो ।
उत्तर: नकारात्मक कम्प्युटर प्रोग्राम
(ख) बुट सेक्टर भाइरसले डिस्कको ............ बुट रेकर्डमा आक्रमण गर्छ ।
उत्तर: मास्टर
(ग) फाइल भाइरसहरू ............. प्रोग्रामहरूमा सङ्क्रमण हुन्छन् ।
उत्तर: एप्लिकेसन
(घ) मल्टिपार्टी भाइरसमा ............ र ............ हरूको विशेषता पाइन्छ ।
उत्तर: प्रोगाम वा फाइल भाइरस र बुट सेक्टर
(ङ) भाइरसहरूको सङ्क्रमणबाट बच्ने उत्तम उपाय ............ प्रोग्रामहरूको प्रयोग गर्नुपर्दछ ।
उत्तर: एन्टिभाइरस
२. ठिक र बेठिक छुट्याऊ:
(क) कम्प्युटर भाइरस भनेको जीवित जीवाणु हो ।
उत्तर: बेठीक
(ख) भाइरसका कारणले प्रोग्राम खोल्न लामो समय लाग्छ ।
उत्तर: ठिक
(ग) भाइरसको सङ्क्रमण भएको डिस्क बिनाकारण आफै खुल्न थाल्छ ।
उत्तर: ठिक
(घ) बाहिरबाट ल्याएका डिस्क राम्रोसँग नजाँची प्रयोग गरे भाइरस सङ्क्रमणबाट बच्न सकिन्छ ।
उत्तर: बेठीक
(ङ) म्याक्रो भाइरसले एप्लिकेसन प्रोग्रामले बनाएका डकुमेन्टमा सङ्क्रमण गर्छ ।
उत्तर: ठिक
३. तलका प्रश्नका उत्तर देऊ :
(क) कम्प्युटर भाइरस भनेको के हो ? यो किन बनाइन्छ ?
उत्तर: कम्प्युटर भाइरस भनेको खराब नियत भएका प्रोगामरले कम्प्युटरको माध्यमबाट गैरकानुनी कामहरु गर्न, अरुको कामलाई वाधा पुर्‍याउन र अरुको डाटाहरु माथि पहुँच पुर्‍याउन बनाएको नकारात्मक कम्प्युटर प्रोगाम हो । जस्तै; मङ्की भाइरस (monkey virus), आइ लभ यु (I love you virus), क्रिप्टो लकर भाइरस (crypto locker virus), ट्रोजन भाइरस (trojan virus), स्टोन (stone), सि-ब्रेन (C-Brain), एभिल (evil), आदि । यो निम्न उदेश्यले बनाएको हुन्छ:
१. कम्प्युटर भित्र राखिएका प्रोगाम, फाइल तथा फोल्डरहरुलाई बिगार्नु वा नाश गर्न,
२. कम्प्युटरको माध्यमबाट गैरकानुनी कामहरु जस्तै; चोरी, ह्याकिङ, ब्लाकमेलिङ, फिरौती (पैसा माग्नु), फिसिङ वा अरुलाई झुक्याएर आफूले फाइदा लुट्न,
३. अरुको कम्प्युटरमा अनाधिकृत पहुँच राख्न ।
(ख) कम्प्युटर भाइरसका लक्षणहरूको सूची बनाऊ ।
उत्तर: कम्प्युटर भाइरसका लक्षणहरू निम्नानुसार छन्:
१. प्रोग्राम खुल्न लामो समय लाग्छ ।
२. फाइल बनेको मिति र समयलाई परिवर्तन गर्छ ।
३. बिनाकारण डिस्क आफै खुल्न थाल्छ ।
४. फाइलको आकारलाई बढाउँछ र छिटो डिस्क भरिन्छ ।
५. फाइलको फोल्डरको नाम परिवर्तन गरिदिन्छ ।
७. सिस्टमका डाटालाई बिगार्छ ।
(ग) कम्प्युटर भाइरसबाट बच्न अपनाउनुपर्ने उपायहरूको सूची बनाऊ ।
उत्तर: कम्प्युटर भाइरसबाट बच्नको लागि निम्न उपायहरु अपनाउनुपर्छ:
१. अरुको पेन ड्राइभ, मेमोरी, सिडी, डिभिडी वा हार्ड डिस्क प्रयोग गर्नु अघि भाइरस स्क्यान गर्ने,
२. आधिकारिक वा कानूनी मान्यता पाएका सफ्टवेयर मात्र प्रयोग गर्ने ।
३. कम्प्युटरमा एन्टिभाइरस राख्ने र दिनहुँ भाइरस स्क्यान गर्ने ।
(घ) मल्टिपार्टी भाइरसका विशेषता के के हुन् ?
उत्तर: मल्टिपार्टी भाइरसका विशेषता निम्नानुसार छन्:
१. यसमा प्रोगाम वा फाइल भाइरस र बुट सेक्टर भाइरस दुबैको साझा गुण हुन्छ ।
२. यसले एप्लिकेसन प्रोगाम र बुट सेक्टर दुबैमा आक्रमण गर्छ ।
३. यो भाइरस संक्रमित भएपछि कम्प्युटर बुट नहुने वा नखुल्ने हुन्छ ।
(ङ) बुट सेक्टर भाइरस कसरी सङ्क्रमण हुन्छ ?
उत्तर: बुट सेक्टर भाइरस इन्टरनेट, स्टोरेज मिडिया (पेन ड्राइभ, मेमोरी, सिडी, डिभिडी वा हार्ड डिस्कहरु) वा मेलेसियस सफ्टवेयरहरुको माध्यमबाटको माध्यमबाट कम्प्युटरमा सरी अपरेटिङ सिस्टम फाइललाई आक्रमण गर्छ र मास्टर बुट रेकर्डलाई परिवर्तन गरिदिन्छ । त्यसपछि कम्प्युटर सिस्टम सुचारु हुन सक्दैनँ ।
(च) प्रोग्राम भाइरस कसरी सङ्क्रमण हुन्छ ?
उत्तर: प्रोग्राम भाइरस इन्टरनेट, स्टोरेज मिडिया वा मेलेसियस सफ्टवेयरहरुको माध्यमबाट कम्प्युटरमा संक्रमण हुन्छ । जब, यो भाइरस कम्प्युटरमा प्रवेश गर्छ यसले कम्प्युटरको फाइलहरुलाई परिवर्तन गर्ने र खोल्न नमिल्ने बनाइदिन्छ । यसरी संक्रमित फाइललाई खोल्नको लागि विशेष प्रकारको टुल वा कि आवश्यक पर्छ जुन त्यो भाइरस बनाउने व्याक्तिसंग हुन्छ । हाम्रो फाइल पहिलाकै अवस्थामा ल्याइदिने आश्वसन दिँदै ह्याजरले हामीसंग पैसा माग्न सक्छ ।
(छ) स्टिल्थ भाइरस कसरी सङ्क्रमण हुन्छ ?
उत्तर: स्टिल्थ भाइरस भाइरस इन्टरनेट, स्टोरेज मिडिया वा मेलेसियस सफ्टवेयरहरुको माध्यमबाट कम्प्युटरमा संक्रमण हुन्छ । यो भाइरसको अत्यन्तै फरक खालको डिटेक्सन प्रविधिबाट लुक्न सक्ने खतरनाक गुण रहेको हुन्छ । त्यसैले यसलाई एन्टिभाइरस टुलले पनि पत्ता लगाउन सक्दैन । जब यो भाइरस कम्प्युटर प्रवेश गर्छ, यसले कम्प्युटरको मास्टर बुट रेकर्डमा आक्रमण गरेर कम्प्युटरको सबै सिस्टम नाश गरिदिन्छ ।




Comments

Popular posts from this blog

कम्प्युटर शिक्षा कक्षा ७